१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

ग्रामीण सडक निर्माणमा ४४ करोड खर्च

भीमदत्तनगर– ग्रामीण क्षेत्रका नागरिकलाई यातायातमा सहज पहुँच पुर्‍याउने उद्देश्यले राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण कार्यक्रम अन्तर्गत भिमदत्त नगरपालिकाका सडक कालोपत्रे, ग्राभेल तथा पुल निर्माण गरिएको छ। उक्त भौतिक योजना निर्माण गर्न साँढे ४४ करोड लागत लागेको छ।

उक्त योजना पाँच वर्षअघि कैलाली र कञ्चनपुरलाई लक्षित गरी सुरु गरिए थियो। ‘कञ्चनपुरमा स्तरोन्नतितर्फ ६ वटा सडक र दोधारा चादँनीको मलेरिया नालामा पक्की पुल निर्माण गरिएको छ’ राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण कार्यक्रमका इञ्जिनियर प्रदीपराज पन्तले भने, ‘हामीले स्तरोन्नति, पुलनिर्माण, नियमितमर्मत र आवधिक मर्मतलगायतका शीर्षकमा काम सम्पन्न गर्यौ।’

कार्यक्रमको अवधि सकिन तीन महिना मात्रै बाँकी छ। कार्यक्रम विश्व बैंकको आर्थिक सहयोगमा सञ्चालन गरिएको हो। कञ्चनपुरमा सडक स्तरोन्नतितर्फ शुक्लाफाँटा, वेदकोट, महाकाली, बेलौरी, पुर्नबास नगरपालिका तथा लालझाडी गाउँपालिकामा सडक कालोपत्रे र ग्राभेल गरिएको उनले जानकारी दिए।

उक्त क्षेत्रमा  साढे २१ किलोमिटर सडक कालोपत्रे र साढे २९ किलोमिटर सडक ग्राभेल र १ सय ३२ किलोमिटर सडक मर्मत गरिएको छ । त्यस्तै शुक्लाफाँटा नगरपालिका–५ बनमिती, पिपलाडी, जोनापुर र बन्साह जोड्ने १० किलोमिटर सडक ग्राभेल गरिएको छ। 

यता कैलालीमा सडकपुर बौनिया, भजनी रोडको २२ किलोमिटर सडक कालोपत्रे गर्ने कार्य दुई वर्षअघि सम्पन्न भइसकेको छ। जुटपानी नालामा २० मिटर पक्की पुल निर्माण गरिएको छ।  कार्यक्रम अन्तर्गत साँढे १२ किलोमिटर सडक ग्राभेल गरिए र दुई सय किलोमिटर सडक मर्मत गरिएको छ। रासस 

प्रकाशित: ३० भाद्र २०७६ १२:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App