१ मंसिर २०८१ शनिबार
image/svg+xml

भन्सार दर दुई तह गर्न परिसंघको माग

अर्थ मन्त्रालयका राजसव सचिव डा. रामप्रसाद घिमिरे र भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढाको उपस्थितिमा आयोजित अन्तरक्रियामा परिसंघ राजस्व समिति सभापति राहुल अग्रवालले भन्सार सन्दर्भ पुस्तिकामा सुधार ल्याउन आग्रह गरे।

उद्योग बाणिज्य महासंघको टोली र सभामुखबीच व्यवसायीका समस्याबारे छलफल

नेपाल उद्योग बाणिज्य महासंघ नेतृत्वको टोलीले आइतबार प्रतिनिधि सभाका नवनिर्वाचित सभामुख देवराज घिमिरेलाई भेटेको छ।

कानून बमोजिम सञ्चालन भएका उद्योग गृह मन्त्रालयले बन्द गर्नु आपत्तिजनकः महासंघ

क्रसर तथा खानी उद्योगी व्यवसायी महासंघले कानून बमोजिम दर्ता भएर सञ्चालन भएका उद्योग गृह मन्त्रालयले बन्द गराउनु कानूनविपरित भएको भन्दै आपत्ति जनाएको छ।

खस्किएको अर्थतन्त्र पुनर्जीवित गर्ने नीति अँगाल्न अनुरोध

परिसंघका अध्यक्ष विष्णु अग्रवालले औद्योगीकरणले मात्रै दिगो विकास प्राप्त गर्न सकिने र यसले पर्याप्त रोजगारीका अवसर सिर्जना गर्न सक्ने हुँदा नेपालको औद्योगीकरणलाई उच्च प्राथमिकताका साथ अघि बढाउन अनुरोध गरेका छन्।

८ सय बढी क्रसर उद्योग बन्द: आयोजनाको काम प्रभावित

गृहले निर्देशन दिएपछि हालसम्म ८ सयभन्दा धेरै अवैध क्रसर उद्योगलाई बन्द गरिएको छ। गृह मन्त्रालयले अवैध क्रसर उद्योग बन्द गरेसँगै सम्बद्ध आयोजना प्रमुख र निर्माण व्यवसायीले पूर्वाधार निर्माणमा आवश्यक पर्ने निर्माण सामग्रीको चर्काे अभाव भएको दाबी गरेका छन्।

दाङका सबै क्रसर उद्योग बन्द

गत पुस २० गते मन्त्रालयले निर्देशन दिएसँगै २१ गते जिल्ला प्रशासन कार्यालय दाङले सार्वजनिक सूचना जारी गरी जिल्लामा रहेका सबै क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको थियो।

राजधानीमा अन्तर्राष्ट्रिय व्यापार मेला

महासंघले हरेक वर्ष आयोजना गर्दै आइरहेको अन्तर्राष्ट्रिय व्यापार मेला कोभिड १९ को कारणले रोकिएको थियो। सोही मेलालाई फेरि निरन्तरता दिन लागिएको हो।

मल उद्योगको नाममा क्रसर उद्योग संचालन

कास्कीमा सञ्चालित क्रसर उद्योगहरु दर्ताविहीन, मापदण्ड पुरा नगरेको, कर नतिरी सञ्चालनमा रहेको पाईएको अनुगमन समितिले जनाएको छ। जिल्लास्थित नदीजन्य तथा खानीजन्य पदार्थको कास्की जिल्ला अनुगमन समितिले अनुगमन गरेको थियो। यतिसम्मकी की मल उद्योगको नाममा दर्ता गरेर क्रसर उद्योग चलाएको पनि अनुगमनका क्रममा भेटिएको समितिले बताएको छ।

सातौं म्याग्दी महोत्सवको तयारी पूरा

म्याग्दी उद्योग वाणिज्य संघको मूल आयोजनामा बिहिबारदेखि सुरु हुन लागेको सातौं म्याग्दी महोत्सवको तयारी पूरा भएको छ।

अवैध तथा मापदण्डविपरीत क्रसरलाई कारबाहीमा उदासीनता

गत पुसमा नदीजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समितिको उपसमितिले १७ वटा क्रसर तथा बालुवा प्रशोधन उद्योग मापदण्डविपरीत सञ्चालन भएको प्रतिवेदन तयार पारेको थियो।

मापदण्ड विपरित संचालित क्रसर उद्योगलाई कारवाहि गरिने

ठाँउठाँउमा स्थापित क्रसर उद्योगले वातावरण तथा विकासका पूर्वाधारमा समेत असर परेको जनाउँदै त्यस्ता क्रसर उद्योगको स्थलगत अनुगमन गर्ने निर्णय गरिएको छ।

के साच्चिकै बन्द हाेलान त अवैध क्रसर ? याे अर्काे स्टन्ट त हाेइन !

पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले जिल्लामा अवैध क्रसर संचालन नभएको दाबी गरे। उनले भने, ‘एकआध होलान्, यहाँ त्यस्तो क्रसर स्रसरको लफडा छैन।’

राजधानीमा फागुनको पहिलो साता व्यापार मेला

नेपाल घरेलु तथा साना उद्योग महासंघले स्वदेशी उत्पादनको प्रवर्द्धन गर्न आगामी फागुनको पहिलो साता १६ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र छैठौं प्राङ्गारिक कृषि मेला–२०७९ गर्ने भएको छ।

मार्गदर्शन संशोधनले माग सम्बोधन भएन: महासंघ

गत कात्तिकदेखि कार्यान्वयनमा आएको चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन २०७९ मा संशोधन गरी सीमाभन्दा बढी लिएको कर्जा चुक्ता गर्न समय दिने र न्यूनतम सीमा ५० लाखबाट बढाएर १ करोड कायम गर्ने निर्णय सकारात्मक भए पनि उद्योगीका कयौं माग सम्बोधन हुन नसकेको महासंघले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्