२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

सम्बन्धविच्छेदको ५७७ मुद्दा दर्ता

यस वर्ष मकवानपुर जिल्ला अदालतमा १३५ पुरुषले सम्बन्धविच्छेदका लागि मुद्दा दायर गरेका छन्। चालू आर्थिक वर्षको भदौदेखि जेठ महीनासम्म सम्बन्धविच्छेदका लागि ५७७ वटा मुद्दा दायर भएकामा पुरुषको सङ्ख्या १३५ पुगेको उक्त अदालतले जनाएको हो।

सुनको शुद्धता

काठमाडौँको न्युरोडमा कुनै सटर खाली भयो भने निश्चितरूपमा त्यस ठाउँमा नयाँ सुन पसल खोलिन्छ। नेपालमा अचेल अत्यन्तै फस्टाएको छ सुनको व्यापार। तीज, दसैँ र विवाहको समय बजारमा सुनको माग प्रतिदिन ५० केजीसम्म पुग्ने अनुमान छ। सामान्य दिनमा पनि सुनको माग दैनिक करिब ३० केजी भएको सुनिन्छ। तर सरकारले बैंकहरूलाई दैनिक २० किलोमात्र सुनको कोटा तोकेको छ।

बढ्दै विदेशी पुरुषसँग अनमेल बिहे

नागार्जुनकी ३६ वर्षीया महिलाले चीनको हेनान प्रान्तका ५६ वर्षीय पुरुषसँग विवाह गरिन्।दुवै जनाले मंसिर ८ मा काठमाडौं जिल्ला अदालतमा दर्ता विवाहका लागि निवेदन दिए।सबै कानुनी प्रक्रिया पुगेकाले निवेदन स्वीकृत भयो।

विवाहको आश देखाएर करणी, एक पक्राउ

विवाहको आश्वासन देखाई एक युवतीलाई करणी गरेको अभियोगमा मोरङ प्रहरीले एक युवकलाई पक्राउ गरी यहाँ आज सार्वजनिक गरेको छ।

धेरै बाल विवाह हुने मुलुकमा नेपाल पनि

संयुक्त राष्ट्रसङ्घीय बाल विकास कोष (युनिसेफ)ले गरेको अध्ययनले बालकको बालविवाह धेरै हुने मुलुकमध्ये नेपाल पनि परेको देखाएको छ।

विवाह गर्ने उम्मेरमा सम्बन्ध विच्छेद

चालु आवमा जिल्ला अदालतमा दर्ता भएका १ सय २६ वटामध्ये ४० वटा मुद्दा सम्बन्ध विच्छेदका छन्। तीमध्ये ६ वटा पुरुषले गरेका उजुरी छन् भने बाँकी ३४ वटा महिलाले हालेका मुद्दा रहेका छन्।

विदेशीसँग बिहे, सुखी जीवनकोे सपना भताभुंग !

चीनमा चार वर्ष आठ महिना बन्दीजस्तै भएर बसेकी सुनिता तामाङ (परिवर्तित नाम) नेपाल फर्कन सफल भएकी छन्। चिनियाँ नागरिकसँग बिहे गरेर चीन आएकी उनी चरम घरायसी हिंसामा परेकी थिइन्। उनलाई नेपालका आफन्त र चीनमा बस्ने अन्य नेपालीसँग पनि सम्पर्क र बोलचाल गर्न बन्देज लगाइएको थियो। सुनिताको स्थायी घर सिन्धुपाल्चोक हो।

बालविवाहमुक्त वडा घोषणा

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ लाई बालविवाहमुक्त वडा घोषणा गरिएको छ। गाउँपालिकाको कार्यालयमा वडा कार्यालयद्वारा आयोजित बालविवाहमुक्त घोषणा सभामा प्रदेश नं २ का भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले बालविवाहले समाजमा परिवर्तन नहुने बताए।

मण्डपमै बेहुली छाडेर भाग्ने पक्राउ

मागेबमोजिम दाइजो नदिएको भन्दै विवाह अस्वीकार गर्ने मोरङ जहदा–४ का लक्ष्मण राजवंशी पक्राउ परेका छन्। बिहीबार जहदा–४ बाट राजवंशीलाई पक्राउ गरिएको हो।

बालविवाह रोक्ने रणनीति बनाउँदै स्थानीय तह

बालविवाह रोकथामको लागि बैतडीका स्थानीय तह रणनीतिक योजना बनाउन थालेका छन्। जिल्लाका ६ वटा स्थानीय तह रणनीतिक योजना बनाउन जुटेका हुन्।

प्रेम विवाहमा धोका पाएपछि न्याय खोज्दै गङ्गा

“दुई वर्षसम्म फोनबाट माया पिरती गाँसियो, जात भात पनि मिल्ने समाजले राम्रै ठान्ला भनेर वैवाहिक जीवनमा बाँधियो, मनले मन पराएर विवाह गरियो अहिले आएर धोका होला भन्ने के थाहा”, रोल्पा नगरपालिका–१ कालापानीकी गङ्गा कवरले रुँदै भनिन्। सोही नगरपालिका–२ निवासी हुकुम कवर सँग २०७५ साल असारमा प्रेम विवाह गरेकी कवरले जीवनमा धोका खाइएला भन्ने कहिले सोच्नु भएन। “हामीले एक अर्कालाई औधि माया गर्दथ्यौँ, सबथोक उहाँलाई सुम्पे र विश्वास गरे, विवाह गरेको कुनै प्रमाणसमेत बनाइन”, कवरले भावुक हुँदै भन्नुभयो।

गढिमाईमा विवाहमण्डप र धर्मशाला बनाइँदै

महागढिमाई नगरपालिका–१ को बरियारपुरस्थित गढिमाई मन्दिरपरिसरमा विवाह मण्डप र धर्मशालाको शिलान्यास गरिएको छ। प्रदेश सरकारको सहयोगमा निर्माण गरिने विवाह मण्डप र धर्मशालाको प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले शनिबार एक कार्यक्रमबीच शिलान्यास गरेका हुन्।

एकै वडामा १६३ को बालबिबाह

बालविवाह समाज, क्षेत्र वा जाति विशेषभन्दा पनि सबैमा समान रहेको पाइएको छ। यसरी पुण्यका नाममा बालविवाह गर्नेमा जनजाति पाँच, दलित ६०, क्षेत्री समुदायमा ९८ रहेको उक्त संस्थाले गरेको अनुसन्धानमा देखिएको छ। मुख्यतया बालविवाह परिवारको दवाब, मोबाइल तथा इन्टरनेटको प्रयोग, लहैलहैमा, गरीबी, राम्रो घर परिवार पाउँदा, चाँडो विवाह गर्ने मान्यता, मेला पर्वमा, भविष्य राम्रो हुने आशामा हुने गरेको छ।

किन हुन्छ पश्चाताप ?

केही प्रतिशत मानिसमात्र होलान्, पश्चातापरहित जीवन बाँचेका। नत्र सबैजसो व्यक्ति जीवनमा केही न केही कुरामा पश्चाताप महसुस गरिरहकेकै हुन्छन्। नोकरी, व्यवसाय, सम्बन्ध, शिक्षा, विवाह, धर्म आदि कुनै न कुनै विषयमा कुनै क्षणमा आफूले चाहेअनुसार गर्न नसकेकाले पश्चातापमा रहेको उनीहरू बताउने गर्छन्। जीवनलाई पनि परिकल्पना गरेका कुनै आयोजनाजस्तै ठान्दै यसका उद्देश्य र लक्ष्य के हुन् भनेर खोज्न र विचार गर्न थाल्छौँ हामी। प्रत्येक मनुष्यलाई जीवनमा पटक–पटक, मेरो उद्देश्य के हो ? म कहाँ पुग्नुपर्ने हो ? के हुन् जीवनका उपलब्धि ? आदि प्रश्नले सताउने गर्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्