coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

मण्डपमै बेहुली छाडेर भाग्ने पक्राउ

विराटनगर– मागेबमोजिम दाइजो नदिएको भन्दै विवाह अस्वीकार गर्ने मोरङ जहदा–४ का लक्ष्मण राजवंशी पक्राउ परेका छन्। बिहीबार जहदा–४ बाट राजवंशीलाई पक्राउ गरिएको हो।

केटा र केटी पक्षबीच कुराकानी भई सहमतिका आधारमा जेठ–३ गतेलाई विवाहको मिति तय भएको थियो। विवाहको मिति तय भइसकेपछि वर राजवंशीले दाइजोमा थप मोटरसाइकल, सुनको सिक्री, डाइनिङटेबल माग गरेको मोरङ प्रहरीले जनाएको छ। मोरङ प्रहरीका प्रबक्ता घनश्याम श्रेष्ठका अनुसार विवाहको मिति तय भई परम्परागत रुपमा विवाहसमेत सुरु भइसकेका बेला थप दाइजो मागेर राजवंशीले विवाह गर्न अस्वीकार गरेका थिए।

आर्थिक अवस्था कमजोर भएकाले केटाले मागेजति दाइजो दिन नसक्ने केटीपक्षले बताएपछि विवाहको मण्डपमै बेहुलीलाई छाडेर राजवंशी भागेका थिए। दाइजो कम भएको निहु“मा मण्डपमै बेहुलीलाई छाडेर भाग्ने राजवंशीलाई मुलुकी अपराध ऐन २०७४ को विवाहसम्बन्धी कसुरबमोजिम जिल्ला अदालत मोरङबाट म्याद थपी अनुसन्धान थालिएको प्रबक्ता श्रेष्ठले जानकारी दिए।

प्रकाशित: १० जेष्ठ २०७६ ०७:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App