१० मंसिर २०८१ सोमबार
image/svg+xml

एसएलसी परीक्षाको अन्योल

शिक्षा ऐन २०२८ को आठौँ संशोधनपश्चात् सबैभन्दा धेरै सोधिएको प्रश्न अब एसएलसी परीक्षा हुन्छ कि हुँदैन भन्ने थियो र त्यो आजका दिनसम्म पनि उत्तिकै मात्रामा सोधिने गरेको छ। किनकि १९९० सालदेखि सञ्चालनमा ल्याइएको एसएलसी परीक्षाले आममानिसमा एउटा गज्जबको छाप बसालिसकेको छ।

एक हजारमा एसएलसीको प्रमाणपत्र

प्रहरीले एकहजार रुपैयाँमा एसएलसीको प्रमाण पत्र बनाउने ब्यक्ती सहित तीनजनालाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाले नक्कली शैक्षिक प्रमाणपत्र देखि सरकारी कार्यालय र मन्त्रालयसम्मका नक्कली पत्र बनाउने तीनजनालाई पक्रेको हो।

एसएलएलसीको ग्रेडअनुसार सरकारी सेवा प्रवेशको मापदण्ड बनाइँदै

निजामती सेवा र अन्य सरकारी सेवामा प्रवेश गर्नेको एसएलसीको न्युनत्तम ग्रेड निर्धारण हुने भएको छ। सरकारले यसै वर्षदेखि ग्रेडिङ प्रणाली लागू गरेर एसएलसीमा कोही पनि अनुत्तिर्ण हुने व्यवस्था ल्याएपछि सरकारी सेवामा प्रवेश गर्नका लागि आवश्यक पर्ने न्युनत्तम ग्रेड निर्धारण गरिने भएको हो।

एसएलसी पूरक परीक्षा आजदेखि सुरु

परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीले देशभरका १९२ वटा परीक्षा केन्द्रमार्फत आजबाट प्रवेशिका (एसएलसी) पूरक अर्थात ग्रेड वृद्धि परीक्षा सुरु गरेको छ। परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीका परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले आजदेखि सुरु भएको परीक्षामा नियमित तर्फ एक लाख आठ हजार ३२६ जना र एक्जाम्टेड तर्फ ३९ हजार २५७ जना गरी कुल एक लाख ४७ हजार पाँचसय ८३ जना सहभागी भएको जानकारी दिए।

एसएलसीको पूरक परीक्षा साउन १४ गतेदेखि, तयारी पूरा

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यही साउन १४ गतेबाट सुरु हुने एसएलसी पूरक अर्थात् ग्रेड वृद्धि परीक्षाको तयारी पूरा गरेको छ। कार्यालयका परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले १४ गतेदेखि सुरु हुने ग्रेड वृद्धि परीक्षाको तयारी पूरा गरेको आज जानकारी दिए। उनले परीक्षाका लागि आवश्यक प्रश्नपत्र, उत्तरपुस्तिका र अन्य सामग्री जिल्लाहरुमा पठाइसकिएको जानकारी दिए ।

एसएलसीपछि विषय छनोटका आधार

एसएलसीपछि विद्यार्थीलाई कुन विषय अध्ययन गर्ने भन्ने अन्योल हुने गर्छ। एकातिर विद्यार्थीलाई पेसागत परामर्श दिइएको हुँदैन, अर्कातर्फ परिवारले चाहेको विषय पढ्न दबाब हुने गर्छ। एसएलसीपश्चात् विद्यार्थीमा मानसिक दबाब तीव्र हुन्छ।

प्राविधिक एसएलसीको नतिजा प्रकाशन

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले बुधबार दिउँसो प्राविधिक धार तर्फको एसएलसीको नतिजा प्रकाशीत गरेको छ। नियमित र इक्जाम्टेड गरी कुल ३ हजार २ सय २६ विद्यार्थी सहभागित रहेका थिए।

एसएलसी नतिजाः खेलाडी पढाइमा पनि अब्बल

काठमाडौं-खेलमा जस्तै पढाईमा पनि नेपाली खेलाडी अब्बल देखिएका छन्। एसएलसको परीक्षामा खेलाडीले पाएको सफलताले यस्तै संकेत गरेको छ। न्यु डायमन्ड एकेडेमीकी भलिबल खेलाडी सबिता ‘लो’, पनमिका राई र १२औं सागमा नेपालको लागि स्वर्ण पदक जितेकी निमा घर्ती मगरले एसएलसी परीक्षा उत्तीर्ण गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्