१० मंसिर २०८१ सोमबार
image/svg+xml

अब कोलकातामा नेपालको आफ्नै ‘सिएफएस’

नेपाली भारतको कोलकातास्थित बन्दरगाहसँगै नेपालको आफ्नै कन्टेनर फ्रेट स्टेसन (सिएफएस) उपलब्ध भएको छ। मालवस्तु कन्टेनरमा लोड वा अनलोड गर्न, त्यसलाई गन्तब्यतिर पठाउन र व्यापारका लागि आएका मालवस्तुलाई तोकिएअनुसार दिशानिर्देश गरी अगाडि बढाउन बन्दरगाह र विमानस्थल नजिक ‘सिएफएस’ राखिन्छ।

लेकसाइडमा अवाञ्छित गतिविधि रोक्न महानिरीक्षक निर्देशन

रात्रिकालीन व्यवसायले पर्यटकीय क्षेत्र लेकसाइमा कोलाहल मच्चाएको भन्ने गुनासो बढिरहँदा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले त्यस्ता गतिविधि गर्नेलाई तुरुन्त नियन्त्रणमा लिन गण्डकी प्रदेश प्रहरीलाई निर्देशन दिएका छन्। लेकसाइडमा मध्यरातपछि डान्स र डिस्कोबाट बाहिरिएको समूहले गर्ने अवाञ्छित गतिविधि रोक्न उनले प्रहरीलाई निर्देशन दिएका हुन्। एउटाले व्यवसाय गर्दा अर्काेलाई असर पार्न नहुने उनले बताएका छन्।

‘मध्यरातपछि लेकसाइडमा जहिल्यै कोलाहल’

जगतकुमारी थापा, (८०) राति मस्तसँग निदाउन नपाएको बषौँ भयो। लेकसाइडको मूल बजारमा बस्ने थापाको निन्द्रा हराउनुमा घरायसी र शारीरिक अशक्तताको कारण होइन, बाहिरी कोलाहलपूर्ण वातावरणले हरेक रात उनको निद्रा खोसिन्छ।

कोल्ड स्टोर सञ्चालनको तयारीमा

पूर्वी सुर्खेतको भेरीगंगामा चिस्यान केन्द्र (कोल्ड स्टोर) सञ्चालनको तयारीमा रहेको छ। एक करोड ७९ लाख रुपैयाँको लागतमा कोल्ड स्टोर सञ्चालनमा आउन लागेको हो।

पहाडमा इ–कोली, तराईमा आर्सेनिक

मानिस वा जनावरको दिसाको मात्रा मिसिएको पानीमा इ–कोली ब्याक्टेरिया हुने र त्यस्तो पानी प्रयोग गर्दा हैजा, झाडापखाला, आउँजस्ता रोग लाग्ने तथा आर्सेनिक भएको पानी लामो समयसम्म पिउँदा क्यान्सर हुने खतरा हुन्छ।

भेनेजुएला सरकारको सम्पूर्ण सम्पत्ति रोक्का गर्न ट्रम्पको आदेश

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्तराज्य अमेरिकामा रहेको भेनेजुएला सरकारको सम्पूर्ण सम्पत्ति रोक्का राख्न सोमबार आदेश दिएका छन्। भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको कार्यशैलीको विपक्षमा रहेका राष्ट्रपति ट्रम्पले भेनेजुएला सरकारसँग कुनै पनि कारोबार नगर्ने आदेशमा पनि हस्ताक्षर गरेका छन्।

भेनेजुएलाको सरकार र विपक्षी बीच पुनः वार्ता

भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोका प्रतिनिधि र विपक्षी नेता हुवाँ गुएइदोबीचमा बिहीबार फेरि वार्ता सुरु भएको छ। देशको राजनीतिक सङ्कट समाधानका लागि भन्दै उहाँहरुबीच बारबादोसमा वार्ता भएको अधिकारीहरुले जनाएका छन्।

'कोलकातामा थप सुविधा'

कोलकाता भएर हुँदै आएको आयात बिशाखापटनमतिर मोडिन थालेको तथ्यांक देखा परेका बेला कोलकाता बन्दरगाह सञ्चालन गर्ने कोलकाता पोर्ट ट्रस्टका अध्यक्ष बिनितकुमार मंगलबार वीरगन्ज आइपुगेका छन्।

स्वदेशमै ‘कोल्ड प्लाज्माजेट’

पदार्थको चौथो तह भनिने प्लाज्मालाई औषधिका रुपमा विकास गर्न खोजिएको करिब एक दशक भएको छ। यो अवधिमा वैज्ञानिकहरूले दाँतको उपचार गर्न मिल्ने ‘प्लाज्मा ब्रस’, जीवाणु निर्मूल पार्ने प्लाज्मा जेट (पेनसिल), घाउ तथा क्यान्सर कोषिकामा सफल परीक्षण गरिसकेको कुरा विभिन्न वैज्ञानिक लेखोटमा प्रकाशित छन्।

भेनेजुयलाका राष्ट्रपतिपुत्र नेपालमा

भेनेजुयलाका राष्ट्रपति निकोलास मडुरोका छोरा निकोलास मडुरो गुयराले नेपाल भ्रमणका क्रममा उच्चस्तरीय राजनीतिक भेटघाट गरेका छन्। नेकपाको युवा संघठनको निमन्त्रणामा नेपाल आएका उनले सोमबार नेकपाका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेको युवा संघका अध्यक्ष रामप्रसाद सापकोटाले जानकारी दिए।

‘बढ्दो अमेरिका विरोधी धारणा प्रमुख कारण’

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले आउँदो बिहीबार गर्ने भनिएको श्रीलंका भ्रमण अन्तिम समयमा आएर रद्द भएको छ।

भेनेजुएला–कोलम्बिया सीमा चार महिनापछि खुला

भेनेजुएला र कोलम्बियाको बन्द रहेको सिमाना चार महिनापछि पहिलोपटक खुलेको छ। सीमा खुलेसँगै दशौं हजार मानिसले सीमा पार गरेको अधिकारीहरुले बताएका छन्। फेबु्रअरी महिनामा विपक्षी नेता उवान गुआइडोले अमेरिकी समर्थनको मानवीय सहायता भित्र्याउने तयारी गरेपछि राष्ट्रपति निकोलस मादुरोको अनुरोधमा दुई देशबीचको सीमा बन्द गरिएको थियो।

विद्यार्थीको कपाल काट्न शिक्षकलाई तालिम

सिन्धुपाल्चोकको थुम्पाखरस्थित कोल्दौङदेवी मावि टिमुरेका विद्यार्थी कपाल बढ्न थालेपछि चिन्तामा रहन्थे। खासगरी छात्रहरु लामो कपाल कहाँ गएर काट्ने भन्ने तनावमा हुन्थे। गाउँमा कपाल काट्ने सीप कोहीसँग थिएन। कपाल काट्नकै लागि उनीहरु गाउँबाट एक घण्टा पैदल र अर्को एक घण्टा बस यात्राद्धारा खाडिचौर बजार पुग्थे। समय र पैसाको बर्बादी हुन्थ्यो, पढाइसमेत छुट्थ्यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्