१० मंसिर २०८१ सोमबार
image/svg+xml

भेनेजुएला र प्रजातान्त्रिक विपक्षीबीच वार्ता

देशमा राष्ट्रपति निकोलस मादुरोविरुद्धको प्रदर्शनमा वृद्धि भइरहेकै समयमा समस्या समाधानका लागि सम्भावित हल खोज्नका लागि दुई पक्षबीच वार्ता भएको सरकारी वार्ता प्रतिनिधिले बिहीबार जानकारी दिएको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ।

कोकाकोला १३३ वर्षमा

कोकाकोला १३३ वर्षमा प्रवेश गरेको छ। ८ मे १८८६ मा यसको उत्पादन सुरु भएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ। एटलान्टाका फार्मासिस्ट जोन एस पेम्बर्टनको उत्सुकता र नेतृत्वमा हल्का पेय पदार्थको रुपमा यसको उत्पादन सुरु भएको थियो।

भेनेजुएला : विपक्षी नेता गुएडोका शीर्ष सहयोगी पक्राउ

भेनेजुएलामा राष्ट्रपति निकोलश मादुरो विरुद्ध प्रदर्शन गर्दै आएका विपक्षी स्वघोषित अन्तरिम राष्ट्रपति क्आन गुएडो क्आन गुएडोका सहयोगी नेता पक्राउ परेका छन् । गुएडोका सहयोगी तथा नेशनल एसेम्ब्लीका उपाध्यक्ष एड्गर जाम्ब्रानोलाई काराकासबाट भेनेजुएलाको गुप्तचर निकायले पक्राउ गरेको हो । गुप्तचर निकायका अधिकारीले एड्गर र उनको कारलाई नियन्त्रणमा लिएका हुन् ।

आइपिएलको प्लेअफ समीकरण पूरा

मुम्बई इन्डियन्सले आइतबार कोलकाता नाइट राइडर्सलाई निराश पारेसँगै इन्डियन प्रिमियर लिग (आइपिएल)को प्लेअफ समीकरण पूरा भएको छ ।

भेनेजुएलाका राष्ट्रपति क्युबा निर्वासनमा जान लागेको अमेरिकी दाबी

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले भेनेजुएलामा विपक्षी नेता हुवा ग्वाइदोले विद्रोहको आह्वान गरेपछि राष्ट्रपति निकोलस मडुरो क्युबा निर्वासनमा जान तयार भएको दाबी गरेका छन्। तर मडुरोले भने पोम्पेओको यो दाबी झुठो भएको भन्दै खण्डन गरेका छन्।

विपक्षीले ‘कू’ को प्रयास गरेको सरकारी आरोप

भेनेजुएली सरकारले देशको विपक्षी दलले ‘कू’ को प्रयास गरेको आरोप लगाएको छ। विपक्षी नेता उवान गुआइडोले राष्ट्रपति निकोलस मादुरोको शासनको अन्त्य गर्नका लागि आफू अन्तिम चरणमा पुगेको घोषणा गरेलगत्तै भेनेजुएली प्रशासनले विपक्षीले गरेको ‘कू’ को सानो प्रयासलाई समाधान गर्न लागेको बताएको हो।

कोलकाताको प्लेअफ सम्भावना जीवित

आन्द्रे रसेलको अलराउन्ड प्रदर्शनप्रेरित कोलकाता नाइट राइडर्सले आइतबार मुम्बई इन्डियन्सलाई ३४ रनले निराश पार्दै इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफ प्रवेश सम्भावना जीवित राखेको छ।

श्रीलंकामा पुनः बम विस्फोट

श्रीलंकाको राजधानी कोलम्बोबाट पूर्वतर्फको बाहिरी इलाकामा बिहीबार पुनःबम बिस्फोट भएको प्रहरीले जानकारी दिएको छ। बम विस्फोटबाट मानवीय हताहत नभएको प्रहरी स्रोतलाई उद्धृत गर्दै फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएको छ।

आइपीएल क्रिकेटः कोलकाताको लगातार छैठौं हार

१२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत राजस्थान रोयल्सले कोलकत्ता नाइट राईडर्सलाई ३ विकेटले पराजित गरेको छ। इडेन गार्डेन स्टेडियममा बिहिबार भएको खेलमा राजस्थानले कोलकत्तालाई ३ विकेटले पराजित गरेको हो ।

शोकमा श्रीलंका

जातीय वा धार्मिक अतिवादले अल्पसंख्यकको जीवनलाई खतरामा पार्छ। यस अर्थमा पनि बहुसंख्यक र शक्तिशाली समुदाय वा वर्गले अल्पसंख्यकको हितका निम्ति क्रियाशील हुनुपर्छ। त्यसमा मात्र अनाहकका द्वन्द्वबाट मुलुकलाई जोगाउन सक्छ। श्रीलंकामा भएको यो घटनालाई नेपालले पनि आत्मसात् गर्नुपर्छ। सार्क मुलुकको एउटा महत्वपूर्ण देश भएका कारणले मात्र होइन, बौद्ध धर्मका कारणले समेत नेपालसँग निकटता राख्ने श्रीलंकाको यो दुःखमा हामी सँगै छौं। नेपालले समयमै यसबारे आफ्नो धारणा प्रस्ट पारेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले घटनालगत्तै ट्विट गरी आफ्ना समकक्षी रणिल बिक्रमासिंघेलाई बम विस्फोट र निर्दोष सर्वसाधारणको मृत्युले दुःखी भएको सन्देश पठाएका छन्।

आइपीएल क्रिकेटः हैदराबादको सहज जित

इण्डियन प्रिमियर लिग (आईपीएल) मा गए राति भएको खेलमा हैदराबादले कोलकाता नाइट राइडरलाई पराजित गरेको छ। कोलकाले दिएको एक सय ६० रनको लक्ष्य हैदरावादले मात्रै १५ ओभरमा एक विकेटको क्षेतिमा पूरा गर्यो।

कोही नेपाली हताहत भएका छैनन्

आइतबार बिहान श्रीलंकामा भएको श्रृङ्खलावद्ध विष्फोटमा कोहि नेपाली हताहत नभएको श्रीलंका स्थित नेपाली राजदूत विश्वम्भर प्याकुरेलले बताएका छन्।

कोलम्बो विस्फोट अपडेटः ज्यान गुमाउनेको संख्या १ सय ३८ पुग्यो

श्रीलंकाको राजधानी कोलम्बोमा भएका छुट्टाछुट्टै बिस्फोटमा परी ज्यान गुमाउनेको संख्या १ सय ३८ पुगेको छ। ३ गिरिजाघर र ३ वटै पाँचतारे होटलमा भएको आक्रमणमा परेर ४ सय बढी घाइते भएको समाचार संस्था रोयटर्सले जनाएको छ।

आइपिएल : काेलकतामाथि दिल्लीकाे सानदार जित

दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को २६ औं खेलमा कोलकाता नाइट राइडर्सलाई ७ विकेटले पराजित गरेको छ। नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको क्यापिटल्सले भारतमा जारी १२ औं संस्करणको क्रिकेटमा चौंथो जित निकालेको हाे।

होलेरीको हुटहुटी

त्यसो त रोल्पाका अरू गाउँ जस्तै आम्दानीको मुख्य स्रोत यहाँ पनि रेमिट्यान्स नै हो। हरेक घरबाट विदेश नजाने युवा भेटिन गाह्रै पर्छ, यहाँ पनि। तर, यहाँ कतिपय विदेशबाट फर्केर काम थाल्नेहरू पनि छन्। खासगरी पर्यटन, तरकारी, नगदेबाली प्रतिको आकर्षण बढ्न थालेकाे छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्