१० मंसिर २०८१ सोमबार
image/svg+xml

उपराष्ट्रपतिका पिता रामसुर भन्छन्- ‘माइलो छोराको डेरा कारागार जस्तै’

चैतको पहिलो हप्ता रोल्पाको राङ्सी भनभने पुग्दा यस्तै थियो दृश्य। थवाङ, मिरुल, कुरेली, इरिवाङ, चुनवाङ हुँदै फर्कँदै थिएँ। शहीद मार्गमै पर्ने चप्काबाट १५÷२० मिनेट उकालो चढेपछि राङ्सी भनभने पुगियो।  यो त्यहीँ ठाउँ हो, जहाँ उपराष्ट्रपति नन्दकिशोर पुन (पासाङ) का पिता रामसुर पुन अहिले पनि एक्लै बस्छन्। यी दुई घर कुरेर। एउटा घरमा आफैँ बस्छन्। सधैँजसो बन्द हुने अर्को घर उनै उपराष्ट्रपति पुनको हो।

गुलजार हुँदै घर्तीगाउँ

कमी–कमजोरी, असन्तुुष्टिका भाव रोल्पाका गाउँमा थुुप्रै सुुनिन्छ, तर सँगसँगै राज्यको मुुलधारबाट एक्लिएको यो ठाउँ विगतको तुुलनामा परिवर्तनउन्मुख हुँदै गरेको पनि प्रस्टै देखिन्छ ।

चुनवाङको चिन्ता

चुनवाङ बैठकले तय गरेको बाटो हिँडेर माओवादीका धेरै नेताले व्यक्तिगत अनि राजनीतिक जीवनमा ‘छलाङ’ नै मारे तर त्यही चुनवाङ भने उस्तै छ, उदास र विकासको प्रतिक्षारत।

आइपीएल : सन्दीपले लिए काेलकाताकाे पहिलाे विकेट

१२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आइपीएल)मा नेपाली स्पिनर सन्दीप लामिछानेले कोलकाता नाइट राइडर्सको पहिलो विकेट लिएका छन्।

कोलकाताको विजयी सुरुआत

हैदराबादले प्रस्तुत गरेको १ सय ८२ रनको लक्ष्य कोलकाताले १९.४ ओभरमा ४ विकेटको क्षतिमा पूरा गरेको थियो । कोलकाताका नीतेश रानाले सर्वाधिक ६८ रन जोड्दा आन्दे्र रसेलले अविजित ४९ र रोबिन उत्थपाले ३५ रनको योगदान गरे।

त्यो गुराँसे माला

काठमाडौंको कोलाहल। धुवाँधुलो। बिहान कलेज आएपछि फेरि समाचारका लागि रिपोर्टिङमा कुदाकुद। कहिलेकाहीँ बाहिर घुम्न पाए हुन्थ्यो नि ! भन्ने सोचिरहेको थिएँ। नभन्दै कुटुम्ब कलेजबाट शैक्षिक भ्रमण जाने सल्लाह भयो। ठाउँ पनि पोखरा, लुम्बिनी, पाल्पा, लम्जुङ। अहो ! ठाउँ सुन्दै कहिले पुगौंला भन्ने लाग्यो। राति सुत्दा समेत रमाइलो गर्ने योजना बनाउने गर्थें म। फागुन २० गतेबाट हाम्रो घुमफिर सुरु भयो। स्नातक तह प्रथम वर्ष र दोस्रो बर्ष गरी १८ विधार्थी, सामाजिक कार्य विषयका शिक्षक लोकनाथ दुलाल र अंग्रेजी विषयकी शिक्षिका मेमलत्ता नेपाल गरी २० जना थियौं।

बुद्ध एयरले जेष्ठ १३ देखि कोलकाता उडान गर्ने

निजी क्षेत्रको अग्रणी वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले आगामी जेष्ठ १३ देखि कोलकाता उडान गर्ने भएको छ। यसअघि वैशाख २ देखि कोलकाता उडान भर्ने योजना बनाएको बुद्धले भारतमा लोकसभा निर्वाचन हुने भएकाले उडान समय परिवर्तन गरेको हो।

भेनेजुएला राजनीति : राष्ट्रपति मादुरोले गरे सेनाको प्रशंसा

भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोले देशको सेनाको खुलेर प्रशंसा गरेका छन् । अमेरिका र विपक्षी नेता उवान गुआइडोको नेतृत्वको ‘कू’ लाई परास्त गरेको र आफूप्रति वफादार रहेको भन्दै मादुरोले देशको सुरक्षा फौजको तारिफ गरेको बिबिसीले उल्लेख गरेको छ।

‘पागल अल्पसंख्यक’ लाई परास्त गरेरै छाड्ने मादुरोको प्रतिबद्धता

आफूलाई शक्तिबाट हटाउन चाहेका ‘अल्पसंख्यक पागल’ लाई जसरी भए पनि परास्त गरैरै छाड्ने भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोले बताएका छन्। देशका विपक्षी नेता उवान गुआइडोलाई चेतावनी दिँदै राष्ट्रपति मादुरोले विपक्षीले शनिबार गर्न लागेको प्रदर्शनविरुद्ध उत्रन आग्रहसमेत गरेको बिबिसीले उल्लेख गरेको छ ।

कोलेनिकाद्वारा उखुको सरकारी अनुदान रकम इन्दुशंकर चिनी उद्योगलाई प्रदान

सर्लाहीका उखु किसानले सरकारी अनुदानको रकम पाउने भएका छन्। कोष तथा लेखा नियन्त्रक कार्यालय मलंगवाले पहिलो चरणमा ४ वटा स्थानीय तहका उखु किसानको सरकारी अनुदान रकमको चेक इन्दुशंकर चिनी उद्योगलाई प्रदान गरेको छ।

कोलम्बियासँगको सम्बन्ध तोडिएको घोषणा

भेनेजुयलामा सरकार र प्रतिपक्षी समूहको खिचातानीबीच सहयोगका लागि ल्याइएको खाद्यान्न तथा औषधिजन्य सामान प्रवेशमा राष्ट्रपति निकोलस मदुरोले रोक लगाएपछि शनिबार व्यापक झडप भएका छन्।

भेनेजुएलाले कोलम्बियासँग कुटनीतिक सम्बन्ध तोड्यो,  सबै सिमाना बन्द

भेनेजुएलाले कोलम्बियासँग राजनीतिक तथा कुटनीतिक सम्बन्ध तोड्ने निर्णय गरेको छ। अमेरिकी सहायता सामग्री भेनेजुएला भित्र्याउन कोलम्बियाले सहयोग गरेको भन्दै राष्ट्रपति निकोलस मदुरोले कोलम्बियासँगको सम्बन्ध तोडेको घोषणा गरेका हुन। ‘मैले कोलम्बिया सरकारसँगको राजनीतिक तथा कुटनीतिक सबै सम्बन्ध तोड्ने निर्णय गरिसकेको छु। भेनेजुएलास्थित कोलम्बियाको राजदूताबासका सबै कर्मचारीले आगामी २४ घण्टाभित्र भेनेजुएलाबाट फर्किउन्’, उनले भने।

कोलकाता बन्दरगाहमा इसिटिएस शुभारम्भ

नेपाली आयातकर्ताले तेस्रो मुलुकसँगको व्यापारमा उपयोग गर्दै आएको भारतको कोलकाता बन्दरगाहबाट रेलमार्फत हुने कन्टेनर ढुवानीमा शुक्रबार साँझ इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ प्रणाली (इसिटिएस)को शुभारम्भ भएको छ।  कोलकातास्थित भारतीय भन्सार कार्यालयको आयोजनामा राखिएको ‘इसिटिएस’को भारतका लागि कोलकातास्थित नेपाली महावाणिज्यदूत एकनारायण अर्याल र भारतीय अधिकारीले उद्घाटन गरेका थिए। उनीहरुले ‘इसिटिएस’ जडित कन्टेनर लिएर कोलकाताबाट रक्सोल हुँदै वीरगन्ज सुक्खा बन्दरगाह आउन लागेको मालवाहक रेललाई हरियो झण्डा देखाएर बिदा गरेका थिए।

कोलकतामा ढुवानीकर्ताको हडताल

‘कार्गो ह्यान्डलिङ एजेन्ट’ (सिएचए)ले गरेको हडताल स्थगित भएको एक हप्ता नबित्दै नेपाली कार्गो ढुवानी गर्ने कोलकाताका व्यवसायीले हडताल सुरु गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्