२१ आश्विन २०८१ सोमबार
image/svg+xml

पूर्व प्रधानमन्त्री नेपाल रौतहटका दुई क्षेत्रबाट सिफारिस

एकीकृत समाजवादीको रौतहट क्षेत्र नम्बर १ को क्षेत्रीय समितिको बैठकबाट अध्यक्ष नेपाललाई प्रतिनिधि सभाका लागि उम्मेदवार सिफारिस गरिएको छ भने क्षेत्र नम्बर ४ बाट पनि नेपालको नाम सिफारिश गरिएको छ।

माधव नेपालले नेतृत्व गरेको पार्टी कहिल्यै कमजोर हुँदैनः सहरी मन्त्री चौधरी

नेकपा एकीकृत समाजवादीका पोलिट्व्यूरो सदस्य एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले माधव नेपालले नेतृत्व गरेको पार्टी कहिल्यै कमजोर हुन नसक्ने बताएका छन्।

नेकपा एसको जिल्ला समिति एमालेमा समाहित

सर्लाहीमा नेकपा एकीकृत समाजवादीलाई ठूलो धक्का लागेको छ। नेकपा एसको सर्लाही जिल्ला समिति नै नेकपा एमालेमा प्रवेश गरेको छ।

काँग्रेसमा सोहोर्ने बानी छ, उभ्रेको, फालेको चिज दिन खोजे स्वीकार्य हुँदैनः नेपाल

‘सम्मानका साथ सहमति भयो भने स्वीकार्य हुन्छ। तर सबै सोहोरौं र उभ्रेको, फालिएको चिज कसैले दिन खोज्छ भने हामीलाई त्यो स्वीकार्य हुँदैन।’ ‘हामीले अघिल्लो चुनावमा गठबन्धन भनेर बस्दा धेरै हण्डर र ठक्कर खाएका छौँ। यसपटक त्यस्तो हुन दिने छैनौँ,’ उनले भने।

काठमाडौँ ५ मा एकीकृत समाजवादीका पराजुली र पोखरेलको नाम सिफारिस

काठमाडौँ क्षेत्र नम्बर ५ कमिटीको बुधबार बसेको बैठकले पार्टीको जनवर्गीय संगठन अनेरास्ववियूको अध्यक्ष पराजुली र कानुन व्यवसायी पोखरेलको नाम सिफारिस गरेको हो।

कलम चिन्हबाटै चुनाव लड्छौँ: माधव नेपाल

मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले यहि गठबन्धनलाई आधार मानेर निर्वाचनको तयारी गरेको बताए।

यी ८ मापदण्ड पूरा गरे एकीकृत समाजवादीबाट उम्मेदवार बन्न पाइने

केन्द्रीय सचिवालय बैठकका निर्णयहरु सार्वजनिक गर्दै महासचिव डा. बेदुराम भुसालले भदौ २० गतेभित्र केन्द्रीय कमिटीले उम्मेदवारको निर्णय गरिसक्ने बताएका छन्।

चुनावपछि माओवादी केन्द्रसँग पार्टी एकताका लागि संयोजन समिति बनाउन एकीकृत समाजवादी तयार

बुधबार बसेको एकीकृत पार्टी सचिवालय बैठकले यसका लागि छलफल अघि बढाउने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।

पद र पैसाको निम्ति पार्टी भित्र जे पनि गर्ने प्रवृत्ति देखापर्‍यो: माधव नेपाल

‘पद र पैसाको निम्ति जे पनि गर्ने प्रवृत्ति सुरु भएको छ। मैले पाइँन भनेर कुकर्म गर्न र गुटबन्दी गर्न थाल्छन्। अनेक षडयन्त्र र जालझेल गर्न थाल्छन्, उनले भने,‘यस्ता प्रवृत्ति नियन्त्रण हुनुपर्छ।’

निर्वाचन तयारीका लागि एकीकृत समाजवादीले तोक्यो केन्द्रीय नेताहरूको जिम्मेवारी

नेकपा एकीकृत समाजवादीले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन तयारीका लागि केन्द्रीय नेताहरूलाई जिम्मेवारी तोकेको छ।

कांग्रेससँग बार्गेनिङ गर्न बहसमा समाजवादी केन्द्र

एमालेबाहेक सत्ता गठबन्धनमा रहेका वामपन्थी दलहरूले समाजवादी केन्द्र निर्माणको प्रयास थालेका छन्।

एकीकृत समाजवादीका विद्यार्थीद्वारा त्रिवि उपकुलपतिको कार्यकक्ष तोडफोड

उपकुलपति कार्यालयबाहिर प्रहरी परिचालन गरेकाले विरोध स्वरुप तोडफोड गरेको अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले बताएका छन्। अनेरास्ववियूले त्रिविमा प्रश्नपत्र बाहिरिने, प्रश्नपत्र हुबहु हुने, आंगिक क्याम्पसले निजी क्याम्पस सर शुल्क लिने समस्या देखिएको भन्दै उपकुलपतिलाई ज्ञापन पत्र बुझाउन गएको पराजुलीले बताए।

नेकपा एकीकृत समाजवादीको रुपन्देही अध्यक्षमा अविराम विक

पार्टीको प्रदेश सचिव एवं रुपन्देही अध्यक्ष रहेका राजु गुरुङले जिल्ला अध्यक्षको जिम्मेवारी छाडेका छन्।

गठबन्धन इमानदार देखिएन: नेपाल

नेकपा एकीकृत समाजवादीले स्थानीय तहको निर्वाचन समीक्षा गर्दै गठबन्धन इमानदार नभएको निष्कर्ष निकालेको छ। गठबन्धन गर्न नचहाने र गठबन्धन भएपनि कतिपय स्थानमा कार्यान्वयन नभएका कारण इमानदार नभएको निष्कर्ष निकालिएको हो।

पार्टीभन्दा मन्त्री शक्तिशाली

नेकपा एकीकृत समाजवादी (नेकपा एस) सचिवालय बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्री फेर्ने निर्णय गरे पनि बजेटको कारण देखाएर त्यसलाई कार्यान्वयन हुनबाट रोकिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्