१८ असार २०८१ मंगलबार
image/svg+xml

कतारी राजकुमारी अलथानीले गरिन अन्नपूर्ण हिमालको आरोहण

कतारी राजपरिवारकी सदस्य शेखा अस्मा अलथानीले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको सफल आरोहण गरेका छन्।

एक्यापक्षेत्रको वन समुदायलाई हस्तान्तरण गर्न सरकारसँग आग्रह

सामुदायिक वन उपभोक्ता महासंघ कास्कीले वन पैदावारको सहजरुपमा उपयोग गर्ने खालको नीतिनिर्माण गर्नुका साथै अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) खारेज गरी स्थानीय वासिन्दालाई हस्तान्तरण गर्न सरकारसँग माग गरेको छ। महासंघको बैठकले स्थानीयबासिन्दालाई हस्तान्तरण गर्दै त्यसको अनुगमन र नियमन सरकारी निकायले गर्नुपर्ने आवाज उठाएका छन्।

हिमाल सफाइ टोलीलाई महानगरको सहयोग

अन्नपूर्ण हिमाल सफाइ गर्न जाने नेपाली सेनाको टोलीलाई पोखरा महानगरपालिकाले १५ लाख रूपैयाँ सहयोग गर्ने भएको छ।

अन्नपूर्ण आधारशिविरमा हेलिकप्टर अवतरण गराउँदा दशहजार तिर्नुपर्ने

समुन्द्री सतहदेखि ४१३० मिटर उचाइको अन्नपूर्ण आधारशिविर (एबिसी) मा जथाभावि भईरहेको हेलिकप्टर उडानलाई नियमन गर्न नसकेपछि गाउँपालिकाले कानुन नै बनाएर उडानलाई वैधानिकता दिने भएको छ। उद्धार र राहत बाहेकका उडानलाई नियमन गर्नेगरि कास्कीको अन्नपूर्ण गाउँपालिकाले ‘अन्नपूर्ण आधारशिविरमा हेलिकप्टर उडान पर्यटन शुल्क व्यवस्थापन सम्बन्धि कार्यविधि २०७९’ बनाएको छ।

अन्नपूर्ण आधारशिविरबाट सुरु भई घान्द्रुक झर्नेगरि अन्नपूर्ण म्याराथन गरिँदै

आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्न साहसिक खेल गतिविधि ‘अन्नपूर्ण म्याराथन’ आयोजना गर्ने तयारी भएको छ। खेल पर्यटन मार्फत साहसिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित अन्नपूर्ण पदयात्रा क्षेत्रलाई समेटेर बनेको सेन्चुरी पर्यटन व्यवस्थापन समितिले अन्नपूर्ण म्याराथन आयोजना गर्न लागेको हो। म्याराथनले पर्यटनमा नयाँ आयाम थप्ने विश्वास स्थानीय पर्यटन व्यवसायीले गरेका छन्।

सेती नदीको दोहन रोक्न संरक्षण अभियान

अन्नपूर्ण हिमशृङ्खलाबाट उद्गम भई कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका र पोखरा महानगरपालिकाको मध्यभाग भएर बग्ने सेती नदीको संरक्षणका लागि संरक्षण अभियान सुरु भएको छ।

अन्नपूर्ण म्याराथनको तेस्रो संस्करण आयोजना हुँदै

अन्नपूर्ण प्रथम हिमाल आरोहण दिवसका सन्दर्भमा सेन्चुरी पर्यटन समितिले अन्नपूर्ण आधार शिविरबाट घान्द्रुकसम्म (४२.१९५ किमी)को अन्नपूर्ण म्याराथन आउँदो जेठ महिनामा आयोजना गर्ने भएको छ।

अन्नपूर्ण क्षेत्रका पदमार्गमा घट्यो आकर्षण

विश्वभर रोमाञ्चक पदयात्राको पहिचान स्थापित गरेको अन्नपूर्ण क्षेत्रका पदमार्गमा अहिले पहिले जस्तो चहलपहल छैन।

पदयात्रा रुटमा बढ्दैछ विदेशी पदयात्रीको चहलपहल

लामो समयदेखि सुस्ताएको पदयात्रा क्षेत्रले बिस्तारै गति लिन थालेको व्यवसायीले बताएका छन्। अन्नपूर्ण पदयात्रा क्षेत्रका रुटमा अहिले विदेशी पाहुना बढ्न थालेका छन्। विदेशी पदयात्री पुगेसँगै पदयात्रा क्षेत्रमा चहलपहल बढेको छ। लामो समयसम्म सुस्ताएको पर्यटन क्षेत्र पदयात्री बढेसँगै व्यवसायी उत्साही बनेका छन्।

अन्नपूर्ण क्षेत्रमा केबुलकार: इआइए स्वीकृत गर्नु कानुनविपरीत

वनसचिव पेमनारायण कँडेलले सेवाबाट अवकाश हुने दिन यही मंसिर १३ गते अन्नपूर्ण संरक्षण क्षेत्रमा केबुलकार निर्माणका लागि वातावरणीय प्रभाव मूल्याँकन (इआइए) प्रतिवेदनको फाइल स्वीकृत गरेका हुन्। वातावरणीय प्रभाव मूल्याँकन प्रतिवेदन स्वीकृत गर्नु भनेको सरकारी जग्गा भोगाधिकारका लागि अनुमति प्रक्रियाको पहिलो खुड्किलो हो।

म्याग्दीमा चन्दा जुटाएर सङ्ग्रहालय

करबाकेली बाबा संरक्षण समितिको अगुवाइमा लोप हुन लागेका सामग्रीको संरक्षण र पर्यटन विकास गर्ने उद्देश्यले पुनः सङ्ग्रहालय सञ्चालन गरिएको हो।

दोसल्ले गाउँमा बोटबाटै सुन्तला बिक्री

व्यावसायिक सुन्तला खेती गर्दै आएका यहाँका किसानले उत्पादन गरेका सुन्तला पोखरा, चितवन र काठमाडौँबाट आएका व्यापारीले बगैँचाबाटै प्रतिकिलो ९५ रुपैयाँमा किनेका हुन्।

अन्नपूर्ण–धौलागिरि पदमार्गले फेरिएको टिकोट गाउँ

‘पदमार्गले नछोउञ्जेलसम्म विदेशी पर्यटक भनेका कस्ता हुन्छन् भन्ने कुरा देख्नै नपाएका यहाँका बासिन्दा अहिले दिनहुँ जसो पर्यटकलाई स्वागत गर्न पाउँदा मख्ख छन्’, उनले भने, ‘गाउँमा होमस्टे (घरबास सेवा) सञ्चालन भएका छन्, स्थानीय उत्पादनको बिक्री बढेको छ, गाउँलेको आम्दानीमा वृद्धि भएको छ।’

दश शारीरीक अशक्तसहित ६० इजरायली पदयात्रीको टोली अन्नपूर्ण ट्रेलतर्फ प्रस्थान

‘उनीहरुको सहयोगमा इपिएसए नेपाल (अपाङता केन्द्र नेपाल) को प्रतिनिधिहरुले पनि यस अभियानमा साथ दिएर सँगै जानु भएको छ,’ अधिकृत जोशीले भनिन् ‘इजरायल र नेपालको निकै पुरानो सम्बन्ध छ। यसले पनि वर्षेनी सयौंको सख्यामा इजरायलीहरु नेपाल भ्रमणमा आउने गर्नु भएको छ।’

अन्धगल्छी, रुप्से झरना र बाजाढुङ्गा गुफा जोड्ने पदमार्ग निर्माण

अन्नपूर्ण गाउँपालिकाको अनुदान सहयोगमा अन्धगल्छी नजिकैको काभ्रे गाउँदेखि रुप्से झरना हुँदै बाजाढुङ्गासम्म जोड्ने रेलिङसहितको पदमार्ग निर्माण भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्