२७ पुस २०८१ शनिबार
image/svg+xml

'स्थानीय सरकार जनचाहना विपरीत चल्यो'

नेपाली कांग्रेसले स्थानीय सरकार जनचाहना विपरीत चलेको आरोप लगाएको छ। जुम्लाको गुठीचौर गाँउपालिकामा सोमवार गरिएको खबरदारी सभामा बोल्ने अधिकांश वक्ताहरुले स्थानीय सरकारले जनताको चाहना अनुसार विकास निर्माणका काम गर्न नसकेको भन्दै खवरदारी गरेको हो।

करबारे काँग्रेसको प्रशिक्षण

स्थानीय तहहरुले जथाभावी कर संकलन गरेको भन्ने आरोप आइरहेका बेला नेपाली कांग्रेसले स्थानीय तहमा आफ्नो पार्टीका तर्फबाट विजयी भएका प्रमुख तथा उपप्रमुखलाई करबारे प्रशिक्षण दिन थालेको छ।

सरकार कुनै क्षेत्रमा पनि सफल हुन सकेन : कांग्रेस नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकार पूर्णरुपमा असफल भएको दाबी गरेका छन्। पानीजहाज चलाउने सपना देखाउनेले सडकका खाल्डा खुल्डीसमेत पुर्न नसकेको भन्दै उनले सरकारको आलोचना पनि गरे।

निर्मला पन्त हत्याकाण्डको अध्ययनका लागि कांग्रेसले टोली पठाउने

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले १३ वर्षीय निर्मला पन्तको हत्या काण्डबारे स्थलगत अध्ययनका लागि एक टोली कञ्चनपुर पठाउने निर्णय गरेको छ।

कांग्रेस महासमिति बैठक मंसिर ५ देखि ९ सम्म

नेपाली कांग्रेसको महासमिति बैठक आगामी मंसिर ५देखि ९ गतेसम्म काठमाडाैंमा हुने भएकाे छ। शनिवार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रिय समितिको बैठकले स्थान र मिति तय गरेको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बिहान ११ बजे पार्टी कार्यालय सानेपामा बस्दै छ।

कांग्रेस केन्द्रीय समितिको बस्दै, महासमिति बैठकबारे छलफल हुने

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक अाज बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा बस्दै छ।

कांग्रेस भ्रातृ संगठन लथालिंग

नेपाली कांग्रेसका प्रमुख भ्रातृ संगठनहरू आन्तरिक विवादले लथालिंग बन्न पुगेका छन्। प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा माउ पार्टी पराजित भएसँगै संगठन निर्माणमा सक्रिय रहनुपर्ने नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघसहितका संगठनहरू आन्तरिक विवादले आफ्नै महाधिवेशन गर्न नसक्ने अवस्थामा पुगेका छन्।

करको ‘रेट’ हैन दायरा बढाउनुपर्छ : महत

नेपाली कांग्रेसका नेता एवं पूर्व अर्थमन्त्री रामशरण महतले सरकारले करको ‘रेट’ नभई दायरा बढाउनुपर्ने बताएका छन्।

कांग्रेसले बनायो विधान मस्यौदा समिति

नेपाली काङ्ग्रेसले सङ्घीय संरचनाअनुसार पार्टीको विधानमा आवश्यक संशोधन र परिमार्जन गर्न विधान संशोधन मस्यौदा समिति गठन गरेको छ।

कार्यकर्ता हत्याको छानविन गर्न कांग्रेसको माग

नेपाली कांग्रेसले ओखलढुंगाका आफ्ना कार्यकर्ता सन्तोष कार्कीको सुनियोजित हत्या भएको भन्दै छानविन गर्न माग गरेको छ।

कांग्रेस महामन्त्री कोइराला भन्छन् : सरकारले ट्रयाक छोडिसक्यो

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले वर्तमान सरकारले ट्रयाक छाडिसकेको बताका छन्। ‘एक वर्ष नपुग्दै सरकार दिशाहिन भईसक्यो, उसले गलत ट्रयाक समातिसक्यो,’ प्रेस युनियन बाँकेले बुधबार गरेको पत्रकार भेटघाटमा भने।

प्रदेशसभामा प्रधानमन्त्रीले झुठो वक्तव्य दिएको कांग्रेसको आरोप

प्रधानमन्त्री केपी शर्मा ओलीले झुठो अभिव्यक्ति दिएर जनतालाई भ्रममा पार्ने काम गरेको प्रदेश कांग्रेसले आरोप लगाएको छ । गत शनिबार प्रदेश २ को संसद्लाई सम्बोधन गर्ने क्रममा ओलीले प्रमुख दुई विषयमा झुठो बोलेको कांग्रेस प्रदेश संसदीय दलका नेता रामसरोज यादवको जिकिर छ।

‘प्रधानमन्त्री र मन्त्रीहरु माफियाबाट सञ्चालन भएका छन्’

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता एवम् राष्ट्रिय सभाका सांसद जितेन्द्र नारायण देवले प्रधानमन्त्री कार्यालय र हरेक मन्त्रालयहरु माफियाहरुले चलाएको आरोप लगाएका छन्। रिपोर्टर्स क्लबमा मंगलबार आयोजित साक्षात्कारमा उनले भने, ‘सरकार त कम्युनिष्ट नामधारी मात्रै हो। कामधारी होइन्। सरकारसँग दुई तिहाई भएकोले केही गर्छ कि भन्ने आशा थियो। तर, केही गर्न सकेन्।’

कर बढाएको विरोधमा कांग्रेस आन्दोलित

जिल्लाको भीमेश्वर नगरपालिकाले कर बढाएको विरोधमा मंगलबारबाट कांग्रेस आन्दोलनमा उत्रिएको छ। करमा बढाइएको मूल्य फिर्ता लिन माग गर्दै नेपाली कांग्रेस भीमेश्वर नगर समितिको अगुवाईमा मंगलबार कांग्रेस कार्यकर्ताले भीमेश्वर नगरपालिका कार्यालयमा एक घण्टा धर्ना दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्