१९ आश्विन २०८१ शनिबार
image/svg+xml

नयाँबसपार्कमा यात्रुको झोला तान्दा...

नेपाल प्रहरीले काठमाडौँको नयाँ बसपार्कमा यात्रुको झोला जथाभावी तानेर यात्रुलाई दुःख हैरानी दिने व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरी प्रभाग नयाँ बसपार्कको टोलीले पछिल्लो समय गोँगबुस्थित नयाँबसपार्कमा यात्रुको झोला तानेर दुःख हैरानी दिने व्यक्तिलाई पक्राउ गरी कारबाही गर्दै आएको छ।

भन्सार छलिएको सामान बरामद

गस्तीमा खटिएको नेपाल प्रहरीको टोलीले पूर्वीनाका काँकडभिट्टा भन्सारबाट छली गरी ल्याइएको रू एक करोड २० लाखभन्दा बढी मूल्यको सामान बरामद गरेको छ।

चर्चित प्रकरणको अनुसन्धानः आत्मबल जगाउँदै नेपाल प्रहरी

तालुकदार मन्त्रालयबाट पाँच महिनाअघि मात्रै बिदाइ भएका ‘हाई–प्रोफाइल’ व्यक्ति खाणलाई पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याउन हच्किएको एक अनुसन्धान अधिकारी बताउँछन्।

सुशासनको दिशामा प्रहरी

निहित स्वार्थका कुख्यात दबाब सामना गर्ने र आवश्यक पर्‍यो भने दबाबकर्तालाई उदाङ्ग बनाइदिने हिम्मत पनि प्रहरीले राख्नुपर्छ ।

विशेष तथा उत्कृष्ट काम गर्ने १० प्रहरीकाे बढुवा

नेपाल प्रहरीले आफ्ना १० प्रहरी कर्मचारीलाई ‘विशेष बढुवा’ गर्ने निर्णय गरेको छ। प्रहरी महानिरीक्षकले आर्थिक वर्षभरि विशेष तथा उत्कृष्ट काम गर्ने प्रहरीलाई बढुवा गर्न पाउने अधिकार प्रयोग गरी ‘विशेष बढुवा’ गरेको नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुँवेर कडायतले जानकारी दिए।

गुरुङलाई पक्राउ गरेकोमा निजी क्षेत्रका तीन संस्थाको बिरोध

ललिता निवासको जग्गा प्रकरणमा अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले भाटभटेनी डिपार्टमेन्टल स्टोरका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ गरेकोमा निजीक्षेत्रका छाता संस्थाहरूले बिरोध जनाएका छन्।

नेपाल प्रहरीको कार्ययोजना–२०८० तयार,आगामी साउन १ देखि लागू हुने

प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरी कार्ययोजना–२०८० तयार पारेको छ। मुलुकभर सुदृढ शान्ति–सुव्यवस्था कायम राख्ने, अपराध रोकथाम तथा नियन्त्रण गर्ने, विशिष्टिकृत तथा वैज्ञानिक अपराध अनुसन्धान क्षमता अभिवृद्धि एवं प्रहरी सेवा प्रवाहको गुणस्तरमा व्यावसायिक सुदृढिकरण गरी समग्र प्रहरी सङ्गठनको दीर्घकालीन विकास तथा रूपान्तरण गर्ने सन्दर्भमा कार्ययोजना तयार पारी लागू गर्न लागिएको हो।

प्रतिवेदन तयार गर्दै प्रहरी

नक्कली भुटानी शरणार्थी प्रकरणबारे रायसहितको अनुसन्धान प्रतिवेदन लेखनमा नेपाल प्रहरीको टोली सक्रिय भएको छ।

प्रहरीको भर्ती जिल्लाबाटै गर्ने व्यवस्था हुनुपर्छः बडू

नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले नेपाल प्रहरीको भर्ती जिल्लाबाटै गर्ने व्यवस्था गर्न माग गरेका छन्।

शरणार्थी प्रकरण: तथ्यमा आधारित समाचार सम्प्रेषण गर्न प्रहरीको अनुरोध

भूटानी शरणार्थी प्रकरणका विषयमा तथ्य र प्रमाणका आधारमा समाचार सम्प्रेषण गर्न नेपाल प्रहरीले सञ्चारमाध्यामसँग अनुरोध गरेको छ।

मूल्यांकन पद्धति नै अस्तव्यस्त

एक वर्षअघि सरकारले नेपाल प्रहरीको २९औं प्रहरी महानिरीक्षक(आइजिपी)मा धीरजप्रताप सिंहलाई गरेको नियुक्ति विवादित बन्यो।

बारा–२ उपनिर्वाचनः एकघण्टामा पाँच प्रतिशत मतदान

बारा क्षेत्र नं २ मा उप निर्वाचन अन्तर्गत आज बिहान ७ बजेदेखि मतदान सुरु भएको छ। बारा–२ का सबै मतदान केन्द्रमा मतदान सुरु भइसकेको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिए।बिहान ७ बजेदेखि मतदान सुरु भइसकेको र एक घन्टाको अवधिमा करिब पाँच प्रतिशत मतदाताले मतदान गरिसकेको मुख्य निर्वाचन अधिकृत उपाध्यायले बताए।

भुटानी शरणार्थी प्रकरण: पाँच करोड १९ लाख ठगिएको भन्दै १० जना प्रहरी सम्पर्कमा

भुटानी शरणार्थी बनाई अमेरिका लैजाने बहानामा नागरिकलाई फसाएर पाँच करोड १९ लाख ठगी भएको भन्दै १० जना प्रहरीको सम्पर्कमा आएका छन्।

प्रहरी रिपोर्ट लिने प्रणालीमा समस्या

सिस्टम अपग्रेड गर्ने क्रममा शनिबारदेखि नै आएको समस्या अहिलेसम्म पनि समाधान हुन नसकेपछि सेवाग्रहीलाई समस्या भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्