२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

अमेरिकी राष्ट्रपति निर्वाचन, अझै पनि समान ज्याला मुद्दा

बस्टन (अमेरिका)-संयुक्त राज्य अमेरिकालाई बाहिरबाट हेर्नेले समान अवसर र समानताको देश भनेर बुझ्छन्। तर नोभेम्बर ८ मा हुने अमेरिकी राष्ट्रपतिको चुनावी मुद्दाहरूले यो बुझाइलाई खण्डित गर्छन्। चुनावी एउटा मुद्दा छ– समान कामका लागि महिला र पुरुष दुवैलाई समान ज्याला उपलब्ध गराउने।

जसले अलैंची रोप्दा राजकाज मुद्दा खेप्नुपर्‍यो

खोटाङ – ‘अलैंचीका पिता’कारुपमा सम्मानित खोटाङको बाँझेच्यानडाँडा–९ मबु, डाँडाखर्कका किसान पर्खनबहादुर राईको निधन भएको छ। परम्परागत कृषि प्रणालीलाई परिमार्जन गर्दै जिल्लामा आधुनिक र व्यवसायीक कृषि खेतीको सुरुवातमा योगदान पुर्‍याएका राईको ९१ वर्षको उमेरमा निधन भएको हो।

पहिला चुनावमा जाऔं अनि जनमत लिएर आफ्ना मुद्दा स्थापित गराै‌ : ज्ञवाली

नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले संविधान कार्यान्वयनको लागि आफ्नो पार्टी गम्भिर रहेको बताएका छन्। उनले अहिले संविधान संशोधन गर्ने बेला नै नभएको जिकिर गरे।

मारकस बाबालाई मुद्दा !

म सगरमाथाको चुचुरोबाट मारकस बाबालाई फेरि नालिस ठोक्दै छु । मेरो यो दोस्रो फिरादपत्र हो । यसलाई उच्च अदालतसामु अपिल भनेर बुझियोस् । पहिलो नालिस नेपालमा जनयुद्ध चल्दै गर्दाको थियो, दोस्रो अहिले घनघोर मनोयुद्ध चल्दै गर्दाको हो । नालिस दिनुको कारण मारकस–पिशाच लागेपछि दुनियाँमा भाँडभैलो मच्चियो भनेर हो ।

छुवाछूतसम्बन्धी बझाङ घटनाबारे मुद्दा चलाउन माग

काठमाडौँ- बझाङ जिल्ला रिलु गाविस–८, रिसिन्डी गाउँमा अवस्थित कालिका मन्दिरमा भदौ २० गते भएको जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी घटनाको ऐनअनुसार मुद्दा चलाउन दलित समुदायले माग गरेका छन्।

विभागमै लागुऔषध भटेपछि अधिकृत गुप्ताविरुद्ध मुद्दा दायर

औषधि व्यवस्था विभागको कार्यालयमा लागुऔषध फेला परेपछि पानस फर्मास्युटिकल्स संस्थाका सम्पर्क अधिकृत सुनिल गुप्तालाई प्रहरीले लागुऔषध अपराधअन्तर्गत मुद्दा चलाएको छ।

मुख्य आरोपीको मुद्दा फिर्ता हुँदैनः निधि

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले मधेस आन्दोलनका क्रममा भएका गम्भीर घटनाका मुख्य आरोपीको मुद्दा फिर्ता नहुने बताएका छन् ।

दसैंअघि नै मुद्दा फिर्ता

सरकारले गत वर्ष साउनयता देशभर भएका राजनीतिक घटनाक्रममा पक्राउ परेकाको मुद्दा दसैंअघि नै फिर्ता लिने तयारी गरेको छ। गृह मन्त्रालयमा शनिबार आन्दोलनरत पक्ष, कानुन मन्त्रालय र महान्याधिवक्ता सहितको बैठकले कानुनी प्रक्रिया पूरा गर्दै मुद्दा फिर्ता लिने प्रक्रिया सुरु गरेको हो।

बढी भाडा लिए ठगी मुद्दा

काठमाडौं– प्रहरीले हुँदै नभएका सुविधा भन्दै बढी भाडा लिने बस संचालकलाई ठगी मुद्दा चलाउने भएको छ। यस्तै अनावश्यक रुपमा लगेज भन्दै भाडा लिने र तोकेको दररेट भन्दा बढी भाडा लिए ठगी मुद्दामा कारवाही चलाउने तयारी प्रहरीले गरेको हो।

मधेस आन्दोलनका मुद्दा दशै अघि नै फिर्ता लिने सरकारको तयारी

काठमाडौं- सरकारले गत साउन यता देशभर भएका राजनीतिक घटनाक्रममा दोषी बनाएर दर्ता भएका मुद्दा फिर्ता गर्ने अन्तिम तयारी थालेको छ। गृह मन्त्रालय शनिबार आन्दोलनरत पक्ष, कानुन मन्त्रालय र महान्याधिवक्ता सहितको बैठकले कानुनी प्रकृया पुरागर्दै दशै अघि नै मुद्दा फिर्ता लिने तयारी थालेको हो।

लोकमान मुद्दा पुनरवलोकन अनुमति

सर्वोच्च अदालसतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा लोकमानसिंह कार्कीको नियुक्तिविरुद्धको रिट खारेज गर्ने आफ्नै फैसला पुनरवलोकन गर्ने भएको छ । सर्वोच्चले शुक्रबार दिएको यो आदेशपछि कार्कीलाई अख्तियार प्रमुखमा नियुक्त गर्ने निर्णय कानुनसम्मत भए/नभएको र जनआन्दोलनपछिको सरकारले गरेको निर्णयबारे पुनः अदालतमा बहस हुने छ ।

अख्तियार प्रमुख कार्कीकाे मुद्दा सर्वाेच्चले व्युतायाे

सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा लोकमानसिंह कार्कीको नियुक्तिविरुद्धको रिट खारेज गर्ने आफ्नै फैसला पुनरावलोकन गर्ने भएको छ। सर्वोच्चका प्रधान न्यायाधीश सहितको इजलासले गरेको यो निर्णय सँगै अख्तियार प्रमुख कार्कीको पद धरापमा पर्ने देखिएको छ।

भूपू गोर्खाले पेन्सन मुद्दा इयु अदालतमा पनि हारे

भूपू गोर्खाहरुले समान पेन्सन सुविधा पाउनु पर्ने माग राख्र्दै दर्ता गरेको मुद्दामा पराजयको सामना गरेका छन्। भूपू गोर्खाहरुले आफुहरुले पनि अन्य मुलुकका गोर्खा सैनिक सरह पेन्सन सुविधा पाउनु पर्ने माग राख्दै मुद्दा दर्ता गरेका थिए।

अखिल अध्यक्ष नविना लामाले साइबर अपराध अन्तर्गत मुद्दा दर्ता गर्ने

लामाले आफूलाई विभिन्न कार्यक्रममा जादाँ सम्मान स्वरुप आयोजकले ढाकाको खादा ओढाइ दिएको र उक्त तस्बिर फेसबुकमा पोस्ट गर्दा संस्कृति विरोधी भएको भन्दै अपशब्द प्रयोग गरेपछि आफ्नो आत्मसम्मान र न्यायका लागि साइबरक्राइम अन्तर्गतको मुद्दा दर्ता गर्न लागेको बताइन्।

हुँदै नभएको कर्मचारीको सेवा सुविधा लिनेविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुँदै नभएका कर्मचारीको नाममा तलब भत्तालगायतका सेवा सुविधा लिएको भन्दै राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत अनुसन्धान अधिकृतसहित तीन जना कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्