२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
अन्य

अखिल अध्यक्ष नविना लामाले साइबर अपराध अन्तर्गत मुद्दा दर्ता गर्ने

काठमाडौं–एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु अध्यक्ष  नविना लामाले आफूमाथि सामाजिक संजाल फेसबुकमा दुव्र्यवहार भएको भन्दै साइबर अपराध अन्तर्गत मुद्दा दर्ता गर्ने बताएकी छन्।

संस्कृति विरोधी भएको भन्दै अपशब्द प्रयोग गरेपछि आफ्नो आत्मसम्मान र न्यायका लागि साइबरक्राइम अन्तर्गतको मुद्दा दर्ता गर्न लागेको  बताइन्।

लामाले  आफूलाई विभिन्न कार्यक्रममा जादाँ सम्मान स्वरुप आयोजकले ढाकाको खादा ओढाइ दिएको र उक्त तस्बिर फेसबुकमा पोस्ट गर्दा संस्कृति विरोधी भएको भन्दै अपशब्द प्रयोग गरेपछि आफ्नो आत्मसम्मान र न्यायका लागि साइबरक्राइम अन्तर्गतको मुद्दा दर्ता गर्न लागेको  बताइन्।
‘नेपाल धर्म निरपेक्ष राष्ट्र हो, म यहाँ भएको सबै जात, भाषा र धर्मको सम्मान गर्छु,’ उनले नागरिकन्युजसँग भनिन्, ‘त्यसैले मैले खादा ओढ्दैमा म तामाङ सस्कृति व्यवहार विरोधी भए भन्नु सरासर गलत हो।’

गत हप्ता फोटोपत्रकार क्लब पिजे क्लबले नेपाल आर्ट काउन्सिलमा आयोजना गरेको फोटो प्रर्दशनी हेर्न जादाँ आयोजकले उनलाई सम्मान स्वरुप ढाकाको खादा ओढाइदिएको र उनले उक्त तस्बिर फेसबुकमा पोस्ट गरेपछि उनलाई  बुद्ध र तामाङ  संस्कृतिको विरोधी भएको भन्दै  अशब्दको प्रयोग गरि गालीगलौज गरेका थिए।  उनीहरुले लामाले आफ्नो राजनीतिक स्वार्थका लागि बुद्ध र तामाङ संस्कृति कुल्चिएको र क्षेत्री तथा बाहुनको धर्म सस्कृति अपनाएको आरोप लगाएका थिए।

‘मैले खादा ओढें भन्दैमा मैले आफ्नो धर्म संस्कृतिमाथि अपमान गरे भन्नु गलत हो,’ उनले भनिन्, ‘यही आरोपमा मलाई तल्लो स्तरको भाषा प्रयोग गरी सामाजिक संजालमा गाली गरिएको छ, यो मेरो चरित्र हत्या गर्ने प्रयास हो।’
उनले आफूलाई गृह जिल्लामा प्रवेश गर्न रोक लगाउन  अभियान नै चलाएको भन्दै दुख व्यक्त गरिन् । उनले कुनै पनि धर्म संस्कृतिको आडमा कसै माथि दुव्र्यवहार र अपमान गर्नु गलत भएको भन्दै नेपाल कानुनी राज्य रहेकाले आफू न्यायका लागि लड्ने बताइन्।

 

प्रकाशित: २५ भाद्र २०७३ ०५:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App