२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

मनाङको तापक्रम माइनस २२ डिग्री सेल्सियस

हिमाली जिल्ला मनाङको तापक्रम दैनिकरूपमा घट्दै गएको छ। माघ लागेसँगै यहाँको तापक्रम घटेर माइनस २२ डिग्री पुगेको छ। दिउँसोको समयमा नै यहाँको तापक्रम माइनस १२ पुग्दछ। हिमपात कम भए पनि चिसो अत्यधिक बढेको छ।

माइनस १६ डिग्रीमा झर्‍यो मनाङको तापक्रम, बेँसी झर्न थाले स्थानीय

मङ्सिरको अन्तिम साता आइपुग्दा यहाँको तापक्रम घटेर माइनस १६ डिग्री सेल्सियस पुगेको छ।

हिउँको घुम्टोमा मनाङ (फोटो फिचर)

हिमाली जिल्ला मनाङमा हिमपात सुरु भएको छ। हिउँको घुम्टोमा लुकेझैँ लाग्छ सुन्दर मनाङ। हिउँले जनजीवन असहज भएपनि बाली सप्रने भन्दै किसान खुसी भएका छन्

मनाङमा छ महिनामा भित्रिए नौ हजार सात सय बढी पर्यटक

हिमाली जिल्ला मनाङ घुम्नका लागि अहिलेको मौसम अनुकूल मानिन्छ। भ्रमणको अनुकूल वातावरण हुनासाथ पर्यटकको आगमन वृद्धि हुन थालेको छ।

मनाङका किसानले स्याउ टिप्न थाले

हिमाली जिल्ला मनाङमा किसानले स्याउ टिप्न थालेका छन्। जिल्लाको तल्लो क्षेत्रमा लगाइएका गाला, मेमा र रेड डेलिसियस प्रजातिका स्याउ टिप्न थालिएको हो।यहाँ विभिन्न स्याउमध्ये गाला, मेमा र रेड डेलिसियस, फुजी, किकु, रेड जोना, प्रिन्स र गोल्डेन प्रजातिका स्याउ उत्पादन हुँदै आएका छन्।

तटबन्धले फर्कायो खुसी

हिमाली जिल्ला मनाङमा ठूलो बाढीपहिरो आएको दुई वर्ष पूरा भयो। मानवीय क्षति नभए पनि धेरै संरचनामा क्षति पुग्यो। बाढीपहिराका कारण अहिले यहाँका कतिपय स्थानको संरचना नै फेरिएको छ।

लम्पी स्किनः गाडीमा उक्लेका किराले मनाङसम्मै संक्रमण !

पशुको आउजाउ र लसपस कम हुने हिमाली जिल्ला मनाङ र मुस्ताङसम्म लम्पी स्किन रोग कसरी उक्लियो त? जबकी हिमाली जिल्लाबाट अरु छिमेकी जिल्लामा पशुको आउजाउ खासै हुँदैन। चरनका लागि पनि तल्लो भेगका पशु माथि लगिदैन भने माथिबाट पनि तल झारिँदैन। पशु चिकित्सक भन्छन, ‘पशु आउजाउ नभएपनि गाडी पर्याप्त मात्रामा तलमाथि (मनाङ–लम्जुङ) गुडेका छन्। गाडी चढेर गएका झिंगा, लामखुट्टेले पशुमा रोग सारेका हुन्। त्यो बाहेक हिमाली जिल्लासम्म यो रोग उक्लिनुमा अरु कुनै कारण छैन।’

अज्ञात रोगले मनाङका चौरी बिरामी

हिमाली जिल्ला मनाङका चौरीगोठमा अज्ञात रोग देखिएको छ। मनाङ ङिस्याङ गाउँपालिका–३ र ५ वडाका चौरी खर्कमा रहेका चौरीमा अज्ञात रोग देखिएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मनाङले जनाएको छ।

एक वर्षमा बन्नुपर्ने पुल सात वर्षसम्म बन्न सकेन

विसं २०७३ को असारमा मनाङको साविक थोंचेगाउँ विकास समितिस्थित दूधखोलामाथि पुल बनाउन द क्याराभान कम्पनीलाई ठेक्का दिइएको थियो। विसं २०७४ मा एक वर्षको अवधिमा सम्पन्न गर्नुपर्ने गरी साविक जिल्ला विकास समितिसँग सम्झौता भयो तर सात वर्ष बितिसक्दासमेत हालसम्म पुल निर्माण हुन सकेको छैन।

मनाङमा थपिए ४९ नयाँँ उद्योग

एक वर्षको अवधिमा जिल्लामा ३१ कृषि तथा वन पैदावरमा आधारित नयाँ उद्योग थपिएको घरेलु तथा साना उद्योग कार्यालय मनाङका प्रमुख ऋषिराम पौडेलले जानकारी दिए। उनका अनुसार जिल्लामा १७ पर्यटन उद्योग र सेवा मुलक उद्योग एउटा थपिएको छ।

थोराङला पास गराएर मनाङमा खाद्यान्न ढुवानी तयारी

बाढी पहिरोले सडक क्षतविक्षत पारेपछि हिमाली जिल्ला मनाङमा एकमहिना देखि खाद्यान्न आपूर्ति रोकिएको छ । बेसीसहर–चामे सडक तत्काल खुल्ने अवस्था नहुँदा खाद्य संकटको सम्भावना रहेको स्थानीयले बताएका छन् । कतिपय दैनिक उपभोग्य बस्तु अभाव भईसकेको उनीहरुको भनाई छ । तर, स्थानीय प्रशासनले अझैसम्म खाद्य अभाव नभएको बताएको छ ।

हिमपातले सकस

हिमाली जिल्ला मनाङको नार र फु (करिब ११ हजार फिट उचाइ) गाउँका बासिन्दा यतिबेला रातिको समयमा माइनस १५ डिग्रीको चिसो खेपिरहेका छन्। दिउँसोमा पनि माइनस ७ डिग्री हुन्छ त्यहाँको तापक्रम। घाम लाग्दा दिउँसोमा चिसो केही कम हुने भए पनि बिहानबेलुका घरबाहिर निस्कन मुस्किल पर्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्