४ पुस २०८१ बिहीबार
image/svg+xml

शिवरात्रिमा सकेसम्म कम धुनी बाल्न अनुरोध

प्रदूषण तथ्यांकअनुसार बिहीबार साँझ चार बजे हावाको गुणस्तर सूचकांक (अक्वा) २१० पुगेर काठमाडौं संसारकै दोस्रो प्रदूषित सहर बनेको थियो।

महाशिवरात्रिको सूचना दिन नगर परिक्रमा

सनातन हिन्दु धर्मको जय ! हिन्दुराष्ट्र नेपालको जय ! शिवरात्रि महापर्वको जय ! आदि नारा लगाउँदै सनातनी हिन्दुहरूले मङ्गलबार काठमाडौंमा -याली प्रदर्शन गरेका छन्।

मन्दिर निर्माणमा पूर्वसभासद् दम्पतीले गरे ३५ लाख दान

उमाकुण्ड गाउँपालिका ६ गुप्तेश्वरमा ३५ लाख लगानीमा पशुपति मन्दिर स्थापना भएको छ। पूर्वसभासद् तथा राजपरिषद् सदस्य दालकुमारी सुनुवार दम्पतीले उक्त रकम जुटाएका हुन्।

चितायन मन्दिरमा भाण्टाको भार

महाशिवरात्रिका अवसरमा सर्लाहीको हरिपुरस्थित लक्ष्मीनाथ महादेव मन्दिर (चितायन मन्दिर) मा सोमबार दिनभर भक्तजनको घुइँचो लागेको छ। हरिपुर नगरपालिका–७ स्थित मन्दिरमा भाण्टाको भार तथा धानको मट्का चढाउन हजारौं भक्तजनको भीड लागेको हो। मुसालगायत छालासम्बन्धी रोग निको हुने विश्वासका साथ हरेक वर्ष महाशिवरात्रिका दिन चितायन मन्दिरमा भाण्टाको भार चढाउने चलन छ। त्यस्तै चिताएको कुरा पूरा हुने विश्वासमा भक्तजनले परालद्वारा बाँधिएको धानको मट्का (मौर) चढाउने गर्छन्। मन्दिर परिसर भक्तजनले चढाएको भाण्टाको भार र धानको मट्काले भरिभराउ भएको छ।

डोलेश्वर मन्दिरमा पनि भीड

महाशिवरात्रिका दिन सोमबार भक्तपुरको डोलेश्वर महादेव मन्दिरमा भक्तजनको भीड लागेको छ। केदारनाथको शिर मानिने डोलेश्वरमा दर्शनार्थीहरूलाई विशेष पूजाआजा, हवन र रुद्राभिषेक गरी पञ्चस्नान गराउनेसमेत व्यवस्था मिलाइएको छ।

यस्तो रह्यो पशुपतिमा शिवरात्री चहलपहल ( भिडियो )

आज महाशिवरात्रि पर्व । देशभरका शिवालयहरूमा भक्तजनको भीड लागेको छ । काठमाडौंको पशुपतिनाथ मन्दिरमा रातिदेखि नै दर्शनार्थीको लाइन लागेको थियो । दर्शनका लागि पशुपतिका चारै ढोका खुला गरिएका थिए ।

टुँडिखेलमा सेना दिवस ( भिडियो )

नेपाली सेनाले सेना दिवस विशेष कार्यक्रम गरेर मनाएको छ। महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आयोजना गरेको समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली लगायतका विशिष्ट व्यक्तिहरु सहभागि भए। नेपाली सेनाले २०४७ सालदेखि शिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ।

डोलेश्वर मन्दिरमा पनि भक्तजनको घुइँचो

महाशिवरात्रिका दिन सोमबार भक्तपुरको केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा भक्तजनहरूको भीड लागेको छ।

तस्बिरमा हेर्नुहोस् पशुपतिमा साधु सन्त

फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदैछ। पशुपति क्षेत्रमा भक्तजनहरुको भिड छ। शिवरात्रिको लागि आएका साधुहरुको पनि पशुपति क्षेत्रमा भिड रहेको छ। शिवरात्रिमा हरेक वर्ष नेपाल र भारतका विभिन्न स्थानबाट साधु सन्त आउने गर्छन्। उनीहरुलाई बाटो खर्च सहित विदा गर्ने परम्परा रहिआएको छ।

आज शिवरात्रि, पशुपतिलगायत देशभरका शिवालयमा भीड

महाशिवरात्रिका अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ।

महाशिवरात्रिको तयारी

महाशिवरात्रि मनाउन जुन किसिमको तयारी गर्नुपर्ने हो, त्यसतर्फ पनि कोषको पर्याप्त ध्यान पुगेको देखिन्न । सडकमा ढुंगा छाप्नेदेखि कतिपय संरचना निर्माण कार्य अलपत्र पारेर छाडिएका छन् । साधुसन्त बस्न व्यवस्था गरिएको दक्षिणपट्टिको स्थानको फोहोर सफाइमा ध्यान दिइएको देखिँदैन । भक्तजन हिँड्ने भित्री सडकका खाल्डाखुल्डी पनि त्यत्तिकै छाडिएका छन् ।

महाशिवरात्रिको सार्थकता

फागुन कृष्णपक्षको चतुर्दशीलाई हिन्दु धर्मावलम्बीहरू महाशिवरात्रिका रूपमा भगवान् शिव, शङ्कर, पशुपतिनाथको पूजा÷आराधना गरेर धूमधामले मनाउँछन्। हरेक महिनाको चतुर्दशी भगवान् शिवको पूजा गर्ने महान् दिन भए तापनि महाशिवरात्रि महानतम् दिन हो। हिन्दु धर्मका तीन सर्वोच्च शक्ति (ब्रह्मा,विष्णु महेश्वर) मा भगवान् शिवलाई प्रलय अर्थात् संहारका अधिष्ठाता मानिन्छ। वेददेखि लिएर पछिल्ला कालका अनेक भाषाका ग्रन्थमा भगवान् शिवको महŒवगान गरिएको पाइन्छ। यदि ती सबैलाई संग्रह गर्ने हो भने विशद् ग्रन्थ हजारौँ तयार हुन सक्छ।

कमजोर व्यवस्थापनले शिवरात्रिको चहलपहल कमी

यसपालि शिवरात्रि ढिप्कनै लागेको बेला आइतबार पशुपति छिर्दा त्यति चहलपहल देखिएन। साधुसन्तको संख्या पनि निकै कमी देखियो। भक्तजनले टेकेर मन्दिर पुग्ने भित्री सडक पनि खाल्डाखुल्डी मात्रै देखिए।’

महाशिवरात्रिका लागि यस्ताे छ ट्राफिक व्यवस्थापन

महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्रि पर्वलाई लक्ष्य गरी ट्राफिक व्यवस्थापन मिलाएको छ। महाशाखाले दर्शनार्थीलाई सहज रुपमा दर्शन गर्ने वातावरण मिलाउन ट्राफिक व्यवस्थापनलाई चुस्त र दुरुस्त बनाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्