२४ असार २०८१ सोमबार
image/svg+xml

चिनियाँ दसैं

यही माघ १० गते मध्यरातदेखि चिनियाँले सुँगुर वर्ष बिदा गरेर मुसा वर्षलाई स्वागत गर्दै छन्। तसर्थ चीनमा शुक्रबारदेखि एक साता सार्वजनिक विदा हुन्छ।

चिनियाँ नजरमा नेपाल

चिनियाँ नायिका स्वी छिङले आफ्ना देशका नागरिकलाई भनिन्, ‘म आफ्ना फ्यानलाई इमान्दारीसाथ नेपाल घुम्न जानुहोस् भनेर सिफारिस गर्छु। तपाईं नेपाल जानुहोस् र आफैं अनुभव गर्नुहोस्।’

नयाँ वर्षमा सीको सन्देश

सत्तामा पुगेपछि ठूला मुद्दा सँगसँगै जनताका सानातिना समस्यालाई पनि कसरी ध्यान दिनुपर्छ भन्ने कुरा नेपाली नेताले चिनियाँ शासकबाट सिक्नुपर्छ।

बेइजिङ आउने नेपालीमा माओ आकर्षण

काम विशेषले वा भ्रमणका क्रममा बेइजिङ आउने नेपाली घन्टौं लाममा बसेर भए पनि चिनियाँ कम्युनिस्ट नेता माओको शव अवलोकन गर्छन्।

मकाउ समृद्धिको शिक्षा

पर्यटनको खानी नेपालले मकाउबाट थुप्रै शिक्षा लिन सक्छ। पर्यटन सेवा विस्तार गरेर विदेशी लगानी आकर्षण गरेमा बेरोजगारी समस्या समाधान हुन्छ।

अमेरिकाप्रति चीनको आपत्ति

चीनको व्यावसायिक शिक्षा प्रणालीविरुद्ध अमेरिकाले औंला ठड्याएको छ। ‘अमेरिका र उसका समर्थक मुलुकमा भएका आक्रमण मात्र आतंकवादी हुने तर चीनमा आक्रमण गर्नेलाई कारबाही गर्दा मानव अधिकार हनन हुने ?’

नेपाल भ्रमण वर्षको आधार

नेपाल भ्रमण वर्ष सुरु हुन अब १ महिना मात्र बाँकी छ। भ्रमण वर्षको मुख्य आधार नेपालका दुई छिमेकी मुलुक चीन र भारतबाट आउने पर्यटक हुन्। सरकारले भ्रमण वर्षमा २० लाख पर्यटक भिœयाउने लक्ष्य राखेको छ। नेपालमा चिनियाँ पर्यटकको व्यापक सम्भावना छ। यसैकारण नेपालले भ्रमण वर्षमा चीनबाट मात्रै ५ लाख पर्यटक तान्ने महŒवाकांक्षा राखेको हो।

किन कडा बोल्छन् चिनिया राष्ट्रपति ?

पछिल्लो समय सुपुर्दगी कानुन निर्माणका क्रममा हङकङमा देखिएको असन्तुष्टिमा खेलेर अमेरिकाले चीनमाथि हस्तक्षेप गर्न खोजिरहेको छ।

पर्खाल भत्काउने चीनको उद्घोष

दोस्रो चीन अन्तर्राष्ट्रिय आयात एक्स्पो कात्तिक १९ गते मंगलबारदेखि चीनको दक्षिणपूर्वको बन्दरगाह सहर साङ्हाइमा सुरु भएको छ। एक्स्पो कात्तिक २४ गते आइतबारसम्म चल्नेछ। एक्स्पो उद्घाटनका क्रममा मंगलबार बिहान चिनियाँ राष्ट्रपति सि चिनफिङले लामो सम्बोधन गरे। उनको सम्बोधनको मुख्य विषय चीनले अँगालेको खुलापनको बाटोलाई निरन्तरता दिनु रहेको छ।

काठमाडौँ र बेइजिङबीच सिधा हवाई उडान

काठमाडौँ र बेइजिङबीच सिधा हवाई सम्पर्क स्थापना भएको छ । नेपालको उड्डयन इतिहासमा पहिलो पटक उत्तरी छिमेकी मुलुक चीनको राजधानी बेजिङमा सिधा हवाई उडान सुरु गरिएको हो ।

सीका दुई सन्देश

कमसेमकम यो सरकारले ५ वर्षसम्म शासन गर्न पाउँछ भन्ने आशा हुँदाहुँदै पनि पार्टी एकता टुंगोमा नपुग्नु र विभिन्न गुट रहनुले शंका जन्माउनु स्वाभाविक हो। त्यही भएर चिनियाँ राष्ट्रपति सी चिनफिङले नेकपाका नेताहरूलाई एकताबद्ध भएर जनताको सेवा गर्न सुझाव दिएका हुन्।

सीको सल्लाह

नेताहरू हो ! अब समय कम छ। देश बनाउने ७० लाख युवा अरूको देश बनाउँदैछन्। व्यापार घाटा सगरमाथाभन्दा अग्लो हुन खोज्दैछ। सीको सल्लाह भालुलाई पुराण सुनाएजस्तो नहोस्।

सी भ्रमणपछिको नेपाल

सीको भ्रमणले नेपालमा चिनियाँ लगानी बढाउनेछ। आफ्ना राष्ट्रपतिले नेपालमा चिनियाँ लगानी बढाउने भनेसँगै चिनियाँहरूले नेपालबारे सोधखोज गर्न थालेका छन्।

कुम्लो बोकी बेइजिङतिर

‘काम कुरो एकातिर, कुम्लो बोकी थिमीतिर’ भन्ने उखान छ। कूटनीति, राजनीति, प्रशासनलगायतका धेरै क्षेत्रमा सुधार गर्दै जानुपर्ने वर्तमान युगमा जब राष्ट्र हाँक्नेहरू नै अल्मलिन्छन् तब राज्यसत्ता बरालिन्छ। कहिले ‘वार्सा प्याक्ट’ त कहिले ‘ग्लास्तनोस्त र पेरेस्त्रोइका’ जस्ता अभ्यास गर्दैछ सिंहदरबार। साइनाइड चाख्ने रहर प्राणघातक हुन्छ। शासन चलाउनेहरू महाशक्तिका कमैया, खेताला र गोठाला बन्न थाले भने जनताले कसरी भरोसा गर्छन् ? त्यसैले, विश्वासिलो शक्ति खोज्न थालेका छन् जनता।सन् १९१७ मा साम्यवाद उदायो रसियामा।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्