९ मंसिर २०८१ आइतबार
image/svg+xml
विचार

नेपाल भ्रमण वर्षको आधार

नेपाल भ्रमण वर्ष सुरु हुन अब १ महिना मात्र बाँकी छ। भ्रमण वर्षको मुख्य आधार नेपालका दुई छिमेकी मुलुक चीन र भारतबाट आउने पर्यटक हुन्। सरकारले भ्रमण वर्षमा २० लाख पर्यटक भिœयाउने लक्ष्य राखेको छ। नेपालमा चिनियाँ पर्यटकको व्यापक सम्भावना छ। यसैकारण नेपालले भ्रमण वर्षमा चीनबाट मात्रै ५ लाख पर्यटक तान्ने महŒवाकांक्षा राखेको हो।

सन् २०१८ मा १ लाख ६५ हजार चिनियाँ पर्यटकले मात्र नेपाल भ्रमण गरेका थिए। चालु वर्ष चिनियाँ पर्यटकको संख्या २ लाख पुग्न पनि हम्मे छ। चालु वर्षको दोब्बरभन्दा बढी चिनियाँ पर्यटक भिœयाउने लक्ष्य राखे पनि त्यसका लागि तयारी भने न्यून मात्र देखिन्छ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाल भ्रमणलगत्तै भ्रमण वर्ष परेकाले धेरै चिनियाँ पर्यटकले नेपाल भ्रमण गर्ने सम्भावना छ।

त्यसो त नेपाल मात्र होइन, विश्व पर्यटन बजार नै चिनियाँ पर्यटकले धानेका छन् भन्दा अत्युक्ति हुँदैन। सन् २०१८ मा १४ करोड ९७ लाख २० हजार चिनियाँले विभिन्न मुलुक भ्रमण गरेको चाइना डेलीले उल्लेख गरेको छ। ती चिनियाँ पर्यटककले सन् २०१८ मा मात्र १ खर्ब ३० अर्ब अमेरिकी डलर खर्च गरेका छन्। विश्व पर्यटन बजारमा चिनियाँ पर्यटक सबैभन्दा बढी छन् र सबैभन्दा खर्चालु पनी उनीहरू नै हुन्।

नेपालमा पनि चिनियाँ पर्यटक नै सबैभन्दा धेरै खर्च गर्नेमा पर्छन्। सन् २०१० मा नेपाल राष्ट्र बैकले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकले दैनिक सरदर ८० अमेरिकी डलर खर्च गर्छन्। अन्य देशका पर्यटकले भने ४३ डलर मात्र खर्च गर्ने गरेको तथ्यांकमा उल्लेख छ। चिनियाँ पर्यटन ब्युरोका अनुसार विदेश भ्रमण गर्ने चिनियाँ पर्यटकमा ६४ प्रतिशत महिला छन्। महिलाले किनमेल बढी गर्ने भएकाले पनि चिनियाँ पर्यटकको खर्च उच्च रहेको हो। तर अन्य देशका पर्यटकको तुलनामा चिनियाँ पर्यटकको नेपाल बसाइ छोटो हुने गरेको छ। तसर्थ उनीहरूको बसाइ लम्ब्याउन सके मात्र पनि पर्यटन उद्योगमा निकै उपलब्धि हुनेछ।

पछिल्लो समय नेपाली पर्यटन बजार ‘अफ सिजन’ हुँदा पनि चिनियाँ पर्यटकले धानेका छन्। चिनियाँ पर्यटकको संख्या वृद्धि गर्न नेपाल सरकार तथा निजी क्षेत्रले छाती फराकिलो बनाएर काम गर्न आवश्यक छ।

चीन सरकारले नेपाललाई पर्यटकीय गन्तव्य सूचीमा सन् २००१ (नोभेम्बर)मै राखेको हो। सन् २००० अप्रिल १५ तारिख नेपाल र चीनबीच नेपालमा चिनियाँ पर्यटकका लागि भ्रमण खुला गराउने सम्झौतामा हस्ताक्षर भएपछि त्यसको १ वर्षपश्चात् चीनले नेपाललाई गन्तव्य सूचीमा समावेश गरेको हो। चीन सरकारले सन् २००२ मा आफ्नो राष्ट्रिय पर्यटन प्रशासनलाई औपचारिक रूपमा चिनियाँ पर्यटकलाई नेपाल भ्रमण गराउन निर्देशन दिएपछि सोही वर्षको जुनमा चिनियाँ नागरिक पहिलोपटक पर्यटकका रूपमा नेपाल भ्रमणमा गएका थिए। त्यसभन्दा अगाडि चिनियाँहरू ‘अफिसियल भिजिट’का रूपमा नेपाल जाने गर्थे। सर्वसाधारण चिनियाँ पर्यटकलाई नेपाल भ्रमण गर्न चीन सरकारले अनुमति दिएको थिएन।

नेपाल भ्रमण वर्ष २०२० लाई नेपालले सन् २०११ को नेपाल पर्यटन वर्ष र २०१२ को लुम्बिनी भ्रमण वर्षजस्तो टालटुले बनाउनु हुँदैन। अहिलेसम्मका प्रचारप्रसार हेर्दा उधुमै हुन्छ त भन्न सकिन्न तैपनि यो अवसरलाई सफल बनाउन सबै एकजुट हुन आवश्यक छ। यसबीच नेपालले मूलतः तीन सन्देश विश्वलाई दिनुपथ्र्यो; पहिलो– नेपालमा राजनीतिक स्थिरता कायम भई शान्तिपूर्ण वातावरण छ। पहिलेजस्तो दैनिक बन्द, हडताल, चक्काजाम हुँदैन। नेपाल भ्रमण गर्न सर्वथा सुरक्षित र व्यवस्थित अवस्था छ। यो सन्देश विश्वका विविध माध्यम र भाषाबाट प्रवाह गर्नुपथ्र्यो। प्रभावकारी रूपमा त्यो हुन सकेन। अब त्यसका लागि निकै ढिला भइसकेको छ।

दोस्रो– नेपालका आकर्षणहरूलाई विभिन्न भाषामा प्रवद्र्धन गर्नुपर्छ। नेपालको पहिचानका रूपमा रहेका प्याराग्लाइडिङ, कायाकिङ, ¥याफ्टिङ,  ट्रेकिङ, बन्जी जम्पिङजस्ता साहसिक मनोरञ्जनसँगै नेपालका सांस्कृतिक र भौगोलिक सौन्दर्य झल्किने ससाना भिडियो चिनियाँ भाषामा बनाएर चीनमा प्रचार गर्नुपर्छ। किन चिनियाँ भाषामा भनिएको हो भने नेपालमा भारतपछि सबैभन्दा धेरै पर्यटक चीनबाट भित्रिन्छन्। अन्य देशबाट नेपाल भ्रमणमा आउने पर्यटकले अंग्रेजी भाषा सजिलै बुझ्ने भए पनि अधिकतर  चिनियाँले बुझ्दैनन्। त्यसरी बनाइएका भिडियो चीनका विभिन्न सञ्चारमाध्यमबाट प्रचार गर्नुपर्नेमा त्यो शून्यप्रायः छ। नेपाल पर्यटन बोर्डले वर्षौंदेखि चिनियाँ भाषामा वेभसाइट बनाउने भने पनि बनेको छैन।

तेस्रो– विभिन्न देशका सेलिब्रिटीलाई बोलाएर नेपालको प्रचारप्रसार गर्न सकिन्छ। यसमा चिनियाँ नायिका स्वी छिङको उदाहरण लिन सकिन्छ। उनले नेपाल भ्रमण गरेको कुरा चिनियाँ ट्विटर ‘विइपा’मा राखेका तस्बिर र जानकारीले थुप्रै चिनियाँले आफू नेपालप्रति आकर्षित भएको प्रतिक्रिया दिएका छन्। भूकम्पपछि नेपाल भ्रमणमा गएकी आमी चोउले नेपालबारे राम्रो प्रचार गरेकी थिइन्। उनले विइपोमा नेपालको पर्यटन र संस्कृतिका विषयमा लेखेका कुरा चिनियाँहरूले निकै मन पराएका थिए र नेपाल भ्रमण गर्ने मनसाय व्यक्त गरेका थिए। आमी चोउलाई विइपोमा पछ्याउने चिनियाँ लाखौं छन्। सीमित सेलिब्रेटीबाट मात्र सबैतिर प्रचारप्रसार हुँदैन। केही वर्षअगाडि नेपालमा छायांकन गरिएको चिनियाँ चलचित्र ‘तङफङलाइ’ ले केही हदसम्म चीनमा नेपालको पर्यटन प्रवद्र्धन गरेको थियो। स्वी र आमी चोउजस्तै १०–२० चिनियाँ सेलिब्रिटीलाई नेपाल भ्रमण गराउन सके चिनियाँ पर्यटक ह्वात्तै बढ्नेमा दुईमत हुन सक्दैन।

नेपालमा चिनियाँ पर्यटकको व्यापक सम्भावना हुँदाहुँदै पनि केही समस्या छन्। नोभेम्बर २५ तारिखमा बेइजिङमा ‘युटुर’ नामक चिनियाँ पर्यटन कम्पनीले आयोजना गरेको नेपाली पर्यटन प्रवद्र्धन कार्यक्रममा उसले केही महŒवपूर्ण सुझावहरू प्रस्तुत गरेको छ। सन् १९९५ मा स्थापित युटुर चीनका ठूला पर्यटन कम्पनीमध्ये एक हो। सन् २०१४ मा सनचन स्टक एक्सचेन्जको ‘क’ श्रेण्ीमा सूचीकृत यो निजी क्षेत्रबाट सञ्चालित पहिलो चिनियाँ पर्यटन कम्पनी पनि हो। उसका अनुसार चीनमा नेपालको पर्यटन प्रवद्र्धन अत्यन्त सुस्त छ। नेपाल पर्यटन बोर्डले चीनमा व्यापक रूपमा पर्यटन प्रवद्र्धन गर्नुपर्छ। अहिले पनि थुप्रै चिनियाँलाई नेपालबारे थाहा छैन। चीनमा भगवान् बुद्ध भारतमा जन्मिएका हुन् भन्ने मान्यता अझै छ। चीनसँगै सीमा जोडिएको नेपालमा अथाह पर्यटन खानी हुँदा पनि नेपालले त्यसलाई बेच्न सकेको छैन।

केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री हुँदा २०१६ जनवरी १ देखि चिनियाँ पर्यटकलाई निःशुल्क भिसा दिने व्यवस्था गरिएको छ। नेपालमा चिनियाँ पर्यटक बढाउन यो एउटा प्रभावकारी कदम भए पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा चिनियाँले घण्टौं लाइनमा बस्नुपर्ने गुनासो आफ्ना ग्राहकले गरेको युटुरले जनाएको छ। अनलाइनमा भिसा फर्म भरेर विमानस्थल आइपुगे पनि चिनियाँका लागि छुट्टै लाइन नभएकाले उनीहरूले गुनासो गरेका हुन्। अध्यागमन कार्यालयमा नेपालीका लागि एउटा लाइन छ। अनि भारतीयका लागि छुट्टै लाइन छ तर नेपालको अर्को छिमेकी मुलुक चीनका नागरिकका लागि छुट्टै लाइन छैन। सबै पर्यटक एउटै लाइनमा बस्नुपर्ने भएकाले घण्टौं लाग्ने गरेको चिनियाँ पर्यटकको गुनासो छ। सरकारले एकै वर्षमा ५ लाख चिनियाँ पर्यटक नेपाल भिœयाउनले लक्ष्य राखेको छ। यो लक्ष्य पूरा हुन दैनिक १३ सयभन्दा बढी चिनियाँ पर्यटक नेपाल जानुपर्ने हुन्छ। यति ठूलो संख्याको पर्यटकका लागि छुट्टै लाइन व्यवस्था गर्नु कुनै महाभारत होइन। भ्रमण वर्ष सुरु हुनै लाग्दा यो सुझाव लागू हुनेमा चिनियाँ पर्यटक आशावादी छन्। चिनियाँ कम्पनीले दिएका सुझावहरूमा नेपालको सडक स्तरोन्नति हुनुपर्ने, चिनियाँ पर्यटक गाइडलाई नियमित तालिम दिनुपर्ने र चिनियाँ भाषामा प्रशस्त पर्यटन सामग्री बनाउनुपर्ने छन्।

पछिल्लो समय नेपाली पर्यटन बजार ‘अफ सिजन’ हुँदा पनि चिनियाँ पर्यटकले धानेका छन्। चिनियाँ पर्यटकको संख्या वृद्धि गर्न नेपाल सरकार तथा निजी क्षेत्रले छाती फराकिलो बनाएर काम गर्न आवश्यक छ। चीनमा आयोजना हुने विभिन्न पर्यटन गोष्ठी तथा मेलामा सरकारी क्षेत्रको उपस्थिति झारा टार्ने खालको देखिन्छ भने निजी क्षेत्रका प्रतिनिधिले यसलाई आफ्ना श्रीमती र आफन्त घुमाउने पिकनिकका रूपमा लिएको देखिन्छ। चिनियाँ पर्यटकका लागि पूर्वाधार निर्माण गर्न र चीनमा पर्यटन प्रवद्र्धन गर्न प्रभावकारी कार्यक्रमसहित राम्रो लगानी गर्न आवश्यक छ। चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाल भ्रमणलगत्तै नेपाल भ्रमण वर्ष परेकाले धेरै चिनियाँले नेपाल भ्रमण गर्ने सम्भावना छ। भ्रमण वर्षको आधार नै चिनियाँ पर्यटकलाई मानेर नेपालले मनग्गे लाभ लिन सक्नुपर्छ। आचार्य बेइजिङस्थित चिनियाँ अन्तर्राष्ट्रिय रेडियो सिआरआई नेपाली सेवामा विदेशी विशेषज्ञका रूपमा कार्यरत छन्।

प्रकाशित: १२ मंसिर २०७६ ०३:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App