३ माघ २०८१ बिहीबार
image/svg+xml

राईलाई सुर्य नेपाल वेष्टर्न ओपन गल्फ उपाधि

सन्जय लामा र भुवन नगरकोटीलाई ६ स्ट्रोकले पछि पार्दै शुक्रबहादुर राईले ६ अण्डर २०१ को कार्डसहित २० औं संस्करणको सुर्य नेपाल वेष्टर्न ओपन गल्फको उपाधि जितेका छन् ।

प्रधानमन्त्री ज्यू! मिथ्यांकमा होइन, तथ्यांकमा टेकेर बहस गरौँः गगन थापा

नेपाली कांग्रेसका सांसद तथा युवा नेता गगन थापाले मुलुकमा भइरहेका पूर्वाधार निर्माणमा समस्या रहेको बताएका छन्।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक चैत्र ३० गते बस्ने

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यहीं चैत्र २७ गते शुक्रबार बस्ने भनिएको बैठक चैत्र ३० गते सोमबार दिउँसो २ बजे बस्ने भएको छ। मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तीमा उक्त कुरा उल्लेख गरिएको हो।

काठमाडौँ प्लाजा खाली गर्न नेपाल ट्रस्टकाे अन्तिम चेतावनी

नेपाल ट्रस्टले काठमाडौँ प्लाजा खाली गर्न अन्तिम पटक भन्दै सूचना प्रकाशित गरी चेतावनी दिएकाे छ।

इयूले नेपाली हवाई उडानमा लगाएको बन्देज हटाउन माग

नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरले युरोपियन युनियन (इयू) ले नेपाली हवाई उड्डयनमा लगाएको प्रतिबन्ध हटाउन अनुरोध गरेका छन्। अध्यक्ष मोरले नेपालका लागि इयूकी राजदूत नोना डेप्रेजसँगको भेटवार्तामा त्यस्तो अनुरोध गरेका हुन्।

बाल सङ्गठनको अध्ययन प्रतिवदेन पारित

प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिको आजको बैठकले नेपाल बाल सङ्गठनको स्थलगत अध्ययन भ्रमण प्रतिवेदन २०७७ पारित गरेको छ।

सुर्य नेपाल वेष्टर्न ओपनः राईको दुई स्ट्रोकको अग्रता

दोस्रो दिनको ३६ होल समाप्ती हुँदा शुक्रबहादुर राईले चार अण्डर १३४ को स्कोरसहित शीर्षस्थानमा रहेका छन् । अघिल्लो दिए एक अण्डर ६८ खेलेका राईले दोस्रो दिन भने निकै लयमा रहे । उनले दोस्रो र तेस्रो होलमा बर्डी हिर्काउँदै फ्रन्ट नाईनमा दुई अण्डर राखे ।

एलिजा पछि लक्ष्मीले पनि छाडिन् ‘घिन्ताङ’, अब केकी अधिकारीकाे प्रवेश

दुई नायिकाले चलचित्र छाडेपछि निर्देशक श्रेष्ठले फेरी नायिका केकी अधिकारीलाई चलचित्रमा अनुवन्धित गरेका छन्। चलचित्रको वैशाख ६ गतेबाट छायांकन सुरु हुनेछ। चलचित्रमा केकीको साथमा नायक गौरव पहारी मुख्य भूमिका रहेकाे छ।

जोशीको निधनले देशले होनहार र उदयीमान नेता गुमायो : नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनले देशले होनहार र उदयीमान नेता गुमाएको बताएका छन्।

जोशीको निधनले पार्टी र देशले योग्य नेता गुमायो : सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनले पार्टी र देशले योग्य नेता गुमाएको बताएका छन्।

सुर्य नेपाल वेष्टर्न ओपनः लामा र राई शीर्ष स्थानमा टाई

सन्जय लामा र शुक्रबहादुर राईले समान १ अण्डर ६८ को कार्ड बनाउँदै सुर्य नेपाल वेष्टर्न ओपन गल्फको शीर्षस्थानमा छन् । मंगलबारदेखि पोखरा–१४ छिनेडाडाँस्थित हिमालयन गल्फको पार ६९ को कोर्षमा लामा र राईले समान १ अण्डर खेल्दै शीर्षस्थानमा रहेका छन् ।

नेपाल–चीनको सिमाना: सीमा सुरक्षा चौकीलाई सञ्चारमा जोडिन कठिनाइ

नेपाल–चीनको सिमाना हिल्सामा स्थापना भएको सीमा सुरक्षा चौकीलाई सञ्चार सम्पर्क गर्न कठिन भएको छ। नेपाल टेलिकमको ल्याण्डलाइनले काम नगर्दा र वल्र्डलिङ्कको इन्टरनेट सेवा बिग्रिएपछि चौकीसँग सञ्चार सम्पर्क गर्न कठिन भएको हो।

प्रहरी र तस्कर समूहबीच गोली हानाहान

सो क्षेत्रमा ठूलो मात्रामा लागुऔषध भित्रिन लागेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक प्रेम शाहीको नेतृत्वमा खटिएको प्रहरी टोली र भारतीय तस्करबीच गोली हानाहान भएको हो।

नेपाललाई एक्ल्याउने ओली रणनीति

नेपाल पक्षमा लागेका कतिपय नेतालाई ओली आफैंले मनाउने प्रयास गरेका छन्। आन्तरिक संघर्षका लागि समानान्तर कमिटी बनाइरहेको नेपाल पक्षलाई फुटाएर ओली आफू बलियो हुने दाउमा लागेका छन्। उनले आफू पक्षधर नेतालाई पनि परिचालन गरी नेपाल पक्षका नेतासँग कुराकानी गरिरहेका छन्।

नेपाल पत्रकार महासंघ रसुवा शाखाको अध्यक्षमा पौडेल

नेपाल पत्रकार महासंघ रसुवा शाखाको अध्यक्षमा केशवप्रसाद पौडेल निर्विरोध निर्वाचित भएका छन्। सोमबार भएको दावीविरोध कार्यक्रममा अध्यक्षका अर्का उम्मेदवार हेमनाथ खतिवडाले मनोयन फिर्ता लिएसँगै पौडेल निर्विरोध निर्वाचित भएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्