coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

नेपाल पत्रकार महासंघ रसुवा शाखाको अध्यक्षमा पौडेल

नेपाल पत्रकार महासंघ रसुवा शाखाको अध्यक्षमा केशवप्रसाद पौडेल निर्विरोध निर्वाचित भएका छन्। सोमबार भएको दावीविरोध कार्यक्रममा अध्यक्षका अर्का उम्मेदवार हेमनाथ खतिवडाले मनोयन फिर्ता लिएसँगै पौडेल निर्विरोध निर्वाचित भएका हुन्।  

कार्यसमितिको उपाध्यक्षमा अनु आचार्य, महिला उपाध्यक्षमा कविता स्याङ्बा, सचिवमा दावा तामाङ, सहसचिवमा हिमनाथ देवकोटा, सहसचिव (समावेशी) मा आसिस तामाङ र कोषाध्यक्षमा महेश्वर गजुरेल चयन भएका छन्। आइतबार भएको उम्मेदवारी दर्ताका क्रममा अध्यक्षमा बाहेक अन्य पदमा एकल उम्मेदवारी परेको थियो।  

त्यसैगरी सदस्यहरूमा विष्णुप्रसाद लामिछाने, सरस्वती न्यौपाने, सानुकान्छा (शैलेस) लोप्चनर संगिता लामा चयन भएका निर्वाचन समितिले जनाएको छ। केन्द्रीय परिषद् सदस्यहरूमा सुशील कोइरला र हरिप्रसाद गजुरेल रहेका छन्।

प्रकाशित: २३ चैत्र २०७७ ११:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App