२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

सुर्य नेपाल वेष्टर्न ओपनः लामा र राई शीर्ष स्थानमा टाई

सन्जय लामा र शुक्रबहादुर राईले समान १ अण्डर ६८ को कार्ड बनाउँदै सुर्य नेपाल वेष्टर्न ओपन गल्फको शीर्षस्थानमा छन् । मंगलबारदेखि पोखरा–१४ छिनेडाडाँस्थित हिमालयन गल्फको पार ६९ को कोर्षमा लामा र राईले समान १ अण्डर खेल्दै शीर्षस्थानमा रहेका छन् ।  

धरानका गल्फर बलभद्र राई भने लेभल पार ६९ को कार्ड बनाउँदै तेस्रो स्थानमा छन् । केही दिन अघि मात्रै सेन्टर ओपन विजेता भुवन नगरकोटीले भने पोखरामा कमजोर शुरुवात गरे । उनले पहिलो दिन १ ओभर ७० को कार्ड बनाउँदै चौथोस्थानमा रहदै पहिलो दिनको १८ होलको खेल टुग्याएका छन् ।  

२ ओभर ७१ को कार्ड बनाउँदै विनोद तामाङ तथा उनीसँगै  सुर्यप्रसाद शर्माले टाई खेलेका छन् । गतवर्षका वेष्टर्न ओपन गल्फ विजेता नेपाल आर्मी गल्फ क्लबका धनबहादुर थापाले भने खराब शुरुवात गरेका छन् । उनले ३ ओभर ७२ को कार्ड बनाउँदै मंगलबारको खेल टुंग्याएका छन् । उनीसँगै रितेश तामाङ र निरज तामाङले पनि समान ३ ओभर ७२ को कार्ड बनाउँदै टाई खेलेका छन् ।  

रामकृष्ण श्रेष्ठले ४ ओभर ७३ खेले । घरेलु गल्फर भूबहादुर गुरुङ(भुवन)ले पहिलो दिनमै ७ ओभर ७६ को कार्डमा रहेर १८ होल टुंग्याए । ‘१८ औं होलमा त्रिपल बोगी खेपे । खोलातिर ओभी हिर्काएपछि त्रिपल बोगी खेल्न पुगें ’ उनले भने,‘त्रिपल बोगीले खेल नै एकातिर लैदियो ।’ व्याक नाईनका अन्य होलमा लेभल पार खेल्दै आएपनि १८ औं होलमा त्रिपल बोगी खेल्नपुगेको उनको भनाई थियो ।  

एमेच्योर तर्फको प्रतिस्पर्धामा भने सुवास तामाङले अग्रता लिएका छन् । पोखराको कोर्षमा उनले १ ओभर ७० को कार्डमा पहिलो दिन टुग्याए । ५४ होल टुंगिदा २१ जनाले नगद पुरस्कार थाप्ने छन् । दोस्रो दिन ३७ जना प्रो मध्ये २१ जना अन्तिम प्रतिस्पर्धाको लागि छनोट हुने छन् । १४ जना एमेच्योरले प्रतिस्पर्धा गरेका छन् । कुल पुरस्कार राशी ७ लाख ३५ हजार रुपैयाँ रहेको छ ।

प्रकाशित: २४ चैत्र २०७७ १३:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App