४ माघ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

वल्र्ड इकोनोमिक फोरममा ‘युनिभर्सल पिस सेन्चुरी’ को उद्घाट हुने

स्विजरल्यान्डको डेभोसमा हुने वल्र्ड इकोनोमिक फोरमको समारोहमा ‘युनिभर्सल पिस सेन्चुरी’ को उद्घाटन हुने भएको छ।

विश्व शान्तिका लागि भन्दै जनवरी २१ तारिखका दिन स्विजरल्यान्डको डाभोसमा हुने वल्ड इकोनोमिक फोरमको भव्य समारोहमा ‘युनिभर्सल पिस सेन्चुरी’को उद्घाटन हुने भएको हो।

लुम्बिनीमा निर्माणाधीन सेन्चुरीले संसारका विविध जटिल समस्याहरूको समाधानका लागि वार्ता तथा छलफल गर्ने, भगवान् गौतम बुद्धको उपदेशलाई संसारभर फैलाउनेजस्ता पवित्र उद्देश्यसहित युनिभर्सल पिस सेन्चुरी गठन गर्न लागिएको बौद्ध धर्मगुरु श्याल्पा रिन्पोछेले जानकारी दिए।

७० देशका करिब एक लाखभन्दा बढी व्यापारी सहभागी हुने वल्र्ड इकोनोमिक फोरममा सहभागी हुन स्विजरल्यान्ड जाने तयारीमा रहेका धर्मगुरु रिन्पोछेले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विश्वभरका मानवलाई शान्तिको मार्गमा डोर्‍याउँदै नेपालको विकासमा पनि हातेमालो गर्न सेन्चुरी गठन गरिएको बताए।

‘यो अभियानमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित ५० भन्दा बढी राजनीतिज्ञले केही दिनमै ऐक्यबद्धता जाहेर गर्नुहुने भएको छ। युनेस्कोको विश्व सम्पदा क्षेत्रमा परेको लुम्बिनीले आशाको दीप बनी संसारभर शान्ति र सम्बृद्धि फैलाउनेछ,’ उनले भने, ‘यसले केवल नेपालीको मात्रै नभइ सम्पूर्ण मानव जातिको दिगो विकास र समृद्धिको बाटो खोल्नेछ।’

सोहि विश्व शान्ति अभियानअन्तर्गत बुद्धको जन्मस्थल लुम्बिनीमा पाँच अर्ब रुपैयाँ लागत अनुमान गरिएको ४४ मिटर उचाइको चार तले विश्वशान्ति धामको निर्माण भइरहेको छ।

प्रकाशित: ३ माघ २०८१ २०:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App