१ माघ २०८१ मंगलबार
image/svg+xml

नयाँ वर्षमा चरिकोटमा ‘सडक महोत्सव’

दोलखा सदरमुकाम चरिकोटमा नयाँ वर्षमा सडक महोत्सव हुने भएको छ। नयाँ वर्ष २०७५ सुरु हुने अघिल्लो दिन चैत ३० गते सुन्दर पर्यटकिय नगरी चरिकोटको मुख्य बजार क्षेत्रमा बुद्धनगर टोल सुधार समितिको आयोजना र बजारका अन्य आठवटा टोल सुधार समितिको सहआयोजनामा सडक महोत्सव आयोजना हुन लागेको हो।

हेम्जामा आलु महोत्सवको रौनक (फोटो फिचर)

आलु उत्पादनका दृष्टिले अब्बल मानिएको हेम्जामा बिहीबारदेखि नवौं संस्करणको आलु महोत्सव सुरु भएको छ। स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न र कृषि पर्यटनमा जोड दिनका लागि आलु महोत्सव गरिएको आयोजकले बताएका छन्।

सर्वनाममा अन्तर्राष्ट्रिय एकल नाट्य महोत्सव

आफ्नी छोरी, चेली र श्रीमती बलात्कृत हुँदा परिजनको अवस्था कस्तो होला रु पक्कै पनि त्यो अवस्था कसैलाई सह्य हुँदैन । यतिबेला नेपाली समाजमा बलात्कार रुपी विकृति फैलँदै गएको छ।

पर्यटन महोत्सव हुने

बज्रयोगिनी मणिचुड पर्यटन महोत्सव–२०७५ वैशाख १ गते हुने भएको छ।काठमाडौंको शंखरापुर नगरपालिका–८, बज्रयोगिनी घुमारचोकस्थित ऐतिहसिक एवं धार्मिक पर्यटकिय क्षेत्र मणिचुडमा आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धन गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गर्न लागेको बज्रयोगिनी मणिचुड पर्यटन प्रवर्द्धन समितिले जनाएको छ।

तेस्रो गुल्मी महोत्सव सुरु

गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा आधारित व्यापारको विकास’ भन्ने नारासहित गुल्मीको सदरमुकाम तम्घासमा शनिबारदेखि तेस्रो गुल्मी महोत्सव तथा कृषि, पर्यटन, व्यापार एवं औधोगिक मेला–२०७४ सुरु भएको छ । महोत्सवको शुक्रबार उद्घाटन गर्ने कार्यक्रम रहेको भएपनि विशेष कारणले शनिबार उद्घाटन भएको हो।

आलु गाउँमा आलु महोत्सव

आलु गाउँका रुपमा ख्याती कमाएको कास्कीको हेम्जामा आगामी चैत २२ गतदेखि ३० गतेसम्म नवौं राष्ट्रिय हेम्जा आलु महोत्सव हुनेभएको छ।

सर्वनाममा एकल नाटक महोत्सव

दर्जन देशका तीन दर्जन रंगकर्मी राजधानीमा भेला हुने भएका छन्। नाटक र कलामा सक्रिय सर्वनामले आगामी अप्रिल २ देखि ५ सम्म राजधानीमा आयोजना गर्न लागेको  ‘अन्तर्राष्ट्रिय एकल नाटक महोत्सव’मा विभिन्न देशका कलाकारले आफ्नो नाट्य प्रस्तुति देखाउनेछन्।

गुल्मी महोत्सव आजदेखि

‘गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा आधारित व्यापारको विकास’ भन्ने मूल उद्देश्यका साथ सञ्चालन हुन लागेको तेस्रो गुल्मी महोत्सवको तयारी पुरा भएको छ ।कृषि, पर्यटन र उद्योगको व्यापार प्रर्वद्धन गर्न भन्दै सञ्चालन हुन लागेको तेस्रो गुल्मी महोत्सवको तयारी पूरा भएको हो।

‘इलाम हाम्रो गौरव’ नारासहित महोत्सव

इलाम सदरमुकाम अहिलेको स्थानमा आएर बसेको २ सय वर्ष पुगेको अवसरमा तामझामसहित महोत्सव आयोजना गरिने भएको छ। इलाम नगरपालिकाले ‘इलाम हाम्रो गौरव’ नारासहित आउँदो २०७५ सालभर विभिन्न कार्यक्रम आयोजना गरी महोत्सव मनाउने तयारी गरेको छ।

बुधबारबाट मानव अधिकार फिल्म महोत्सव

मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको छैटौं संस्करण बुधबारबाट राजधानीमा सुरु हुने भएको छ।

पाँचौं नुवाकोट महोत्सव सुरु

‘समृद्ध नुवाकोट, हाम्रो अठोट’ नारासहित पाँचौं नुवाकोट महोत्सव बुधबार सुरु भएको छ । नुवाकोट उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सव २६ गतेसम्म चल्नेछ । कृषि उब्जनीको बिक्री एवं कला, संस्कृति, पर्यटन तथा धार्मिकस्थलको प्रवर्द्धन गर्न महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ । महोत्सवमा दुई सय ७५ स्टल राखिएका छन्।

व्यवसाय प्रवर्द्धन गर्न धादिङ महोत्सव

‘समृद्ध धादिङको कामना, एक घर एक व्यवसाय हाम्रो चाहना’ नारा साथ बुधबार धादिङ महोत्सव सुरु भएको छ । साना तथा मझौला व्यवसायी महासंघ जिल्ला शाखा धादिङको आयोजनामा सुरु भएको महोत्सवको पूर्वअर्थमन्त्री रामशरण महतले उदघाटन गरेका छन्।

धार्मिक पर्यटक बढाउन ‘श्री पशुपतिनाथ महोत्सव’

पशुपतिनाथ मन्दिरमा आन्तरिक तथा बाह्य धार्मिक पर्यटकको संख्या बढाउने उद्देश्यले यही फागुन ३० गतेदेखि चैत ६ गतेसम्म पाशुपत क्षेत्रमा ‘श्री पशुपतिनाथ महोत्सव’ हुने भएको छ।

पाँचथरमा यस्तो देखियो च्याब्रुङ महोत्सव (फोटो फिचर)

लिम्बु संस्कृतिमा आधारीत रहेको च्याब्रुङ नाचको प्रवद्र्धन, प्रचार प्रसार तथा विकासका लागि भन्दै पाँचथर सदरमुकाम फिदिममा अन्तराष्ट्रिय केलाङ (च्याबु्रङ नाच) महोत्सव सुरु भएको छ। मंगलबारबाट सुरु भएको महोत्सवको उद्घाटन प्रदे् नम्वर १ का प्रमुख गोविन्द्र सुब्बाले गरे।

शास्वत धाममा वसन्त महोत्सव सुरु

नवलपरासीको शास्वत धाममा ३५औं वसन्त महोत्सव सुरु भएको छ । धर्मको रक्षा गरे धर्मले हामीलाई रक्षा गर्छ भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दै शास्वत धाममा वसन्त महोत्सव सुरु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्