१ माघ २०८१ मंगलबार
image/svg+xml

यसरी सुरु भयो ताप्लेजुङमा पाथीभरा महोत्सव (फोटो फिचर)

माथि ध्वजापतका, तल गेट र सडकभरी महोत्सवको स्वागतका लागि राखिएका घडा । साथमा झकिझकाउ नगर क्षेत्र । संगै पाथीभराको महिमा झल्काउने स्तुतिको मधुर स्वर । मंगलवार बिहानै देखिएको यो दृश्य हो, ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारको।

कञ्चनजंघा क्षेत्रको प्रवर्दन गर्न पाथीभरा पर्यटन महोत्सव

पाथीभरा मन्दिर र कञ्चनजंघा क्षेत्रको प्रवर्दन गर्ने उद्देश्यले तीनदिने पाथीभरा पर्यटन महोत्सव हुने भएको छ । धार्मिक सांस्कृतिक तथा प्राकृतिक गन्तव्यको रुपमा रहेको कञ्चनजंघा क्षेत्रको प्रवद्र्धनका लागि फागुन एक देखि तीन गतेसम्म उक्त महोत्सव गर्न लागेको हो ।

प्रादेशिक महोत्सवमा दुई करोड बढीको कारोबार

नेपालगन्जमा सञ्चालित प्रादेशिक महोत्सव–२०७४ सोमबार समापन भएको छ। समापन समारोहमा बोल्ने बक्ताले संघियता कार्यान्वयनमा आएपछि देशमै पहिलो पटक नेपालगन्जमा आयोजित प्रादेशिक महोत्सव सफल भएको दाबी गरे।

बारुदमाथि महोत्सव

भारत स्वतन्त्र हुनुभन्दा अघि त्यहाँ पाँचसय पैंसठ्ठीवटा राज्य थिए । सुरुमा, ब्रिटिस साम्राज्यको सिकार भए उनीहरू । दरबारमै बसेर अत्यन्त महँगा आभूषण र बस्त्रले सिँगारिए पनि ती राजा–महाराजाको कुनै राजनीतिक अधिकार बाँकी रहेन । सन् १९४७ पछि हैदरावादका निजाम (राजा) विद्रोही भएर उभिए तर सन् १९४८ को सेप्टेम्बर १३ तारिखमा बलपूर्वक सो राज्यलाई पनि भारतमा गाभियो । संकटमा माटोको रक्षा गर्न नसक्दा पराधीन बन्नुपर्छ । यस्ता उदाहरण धेरै छन्।

फागुन ३ देखि प्रदेशस्तरीय पाल्पा महोत्सव

आगामी फागुन ३ देखि १३ गतेसम्म तानसेनको टुँडिखेल मैदानमा पाल्पा महोत्सव–२०७४ हुने भएको छ। आयोजक पाल्पा उद्योग वाणिज्य संघले बुधबार तानसेनमा पत्रकार सम्मेलन गरेर प्रदेशस्तरीय महोत्सव सञ्चालन गर्न लागिएको जानकारी गराएको हो।

बर्दिवासमा प्रथम व्यापार महोत्सव हुने

महोत्तरीको बर्दिवासमा प्रथम बर्दिवास औद्योगिक, कृषि पर्यटन तथा पहिचान व्यापार महोत्सव २०७४ आयोजना हुन गईरहेको छ। बर्दिवासलाई ब्यापारिक क्षेत्र बनाउन र यहाँका व्यवसाय प्रवर्द्धनको लागि बर्दिवास उद्योग वाणिज्य संघको आयोजनामा प्रथम बर्दिवास औद्योगिक, कृषि पर्यटन तथा पहिचान व्यापार महोत्सव २०७४ हुन लागेको हो।

माघ १६ देखि ‘नेपाल महोत्सव’

नेपाल राज्य विस्तारको अढाइ सय वर्ष पुगेका अवसरमा नागरिकस्तरबाट यस वर्षभरि ‘नेपाल महोत्सव’ हुने भएको छ।  यही माघ १६ गते शहिद दिवसदेखि थालनी भई विभिन्न कार्यक्रमसहित महोत्सव मनाउन नेपाल सरकारका पूर्वमुख्यसचिव दामोदर गौतमको संयोजकत्वमा आयोजक समिति गठन गरिएको छ। ‘नेपाल राज्यको चतुर्थांश सहस्राब्दी’ नाम रहने महोत्सवअन्तर्गत शहिद दिवसमा माइतीघर मण्डलमा ज्ञातअज्ञात शहिदको सम्झनामा दीप प्रज्ज्वलन गरी उद्घाटन हुनेछ।

‘प्रादेशिक महोत्सव’ मा राजधानी नबनाउँदाको पीडा र आक्रोश

संघीयता कार्यान्वयका लागि सरकारले हालै स्थायी प्रादेशिक राजधानी कायम गर्दा मुलुकका थुप्रै ठाउँमा बन्द, हड्ताल र प्रर्दशन गरियो। प्रादेशिक राजधानीबाट बञ्चित हुन पुगेको नेपालगन्जमा स्थानीय उद्योग वाणिज्य संघले भने बन्द, हड्ताल र प्रर्दशनको सट्टा प्रादेशिक महोत्सव सञ्चालनको तयारी ग-यो।

खिचरा महोत्सव सम्पन्न, पाँच पत्रकार पुरस्कृत

‘राष्ट्रिय एकता र विविधता हाम्रो शान बहुजाति, भाषा, संस्कृति नेपालको पहिचान’ भन्ने नारासहित पुस २८ देखि चितवनको खैरहनीमा शुरु भएको पाँचौँ खिचरा माघी महोत्सव सोमबार समापन भएको छ ।

राष्ट्रपतिद्वारा प्रथम क्रिकेट महोत्सव उद्घाटन (फोटो फिचरसहित)

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रथम क्रिकेट महोत्सवको शुक्रबार उद्घाटन गरेकी छन्। मदन भण्डारी स्पोर्ट एकेडेमी, क्रिकेट विभागद्वारा आयोजित महोत्सवको राष्ट्रपति भण्डारीले नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कालाई क्रिकेट ब्याट र बल प्रदान गरी शुुभारम्भ गरेकी हुन्।

सर्लाहीमा मुक्तेश्वर मुर्तिया महोत्सव सुरु

सर्लाहीको ऐतिहाँसिक एवं धार्मिक स्थल मुक्तेश्वर धाममा बुधबारबाट मुर्तिया महोत्सव सुरु भएको छ। बरहथवा नगरपालिका–९ स्थित मुक्तेश्वरधाम नजिकै चौरमा आयोजित महोत्सवको नेकपा माओवादीका नेता प्रभु साह र सर्लाही क्षेत्र नं. ३का प्रतिनिधि सभा सदस्य रामेश्वर राय यादवले संयुक्त रुपमा उद्घाटन गरे।

रत्ननगर र गैंडाकोटमा महोत्सव सुरु

रत्नगर उद्योग वाणिज्य संघको आयोजानमा टिकौली जंगल नजिकको चौरमा बिहीबारबाट नवौं रत्ननगर महोत्सव सुरु भएको छ ।

माघे संक्रान्ति महोत्सव भृकुटीमण्डपमा

नेपाल मगर संघले आगामी माघ १ गते आफ्नो समुदायको वेशभूषा तथा संस्कृतिलाई उत्थान गर्न माघे संक्रान्ति महोत्सव भृकुटीमण्डपमा आयोजना गर्ने भएको छ ।

कविता महोत्सवका विजेतालाई पुरस्कार

गत असार ९ गते नेपाल प्रज्ञा प्रतिष्ठानको ६० औं वार्षिकोत्सवमा आयोजित ‘राष्ट्रिय कविता महोत्सव २०७४’मा विजयी भएका कविलाई मंगलबार पुरस्कृत गरिएको छ । राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरूलाई पुरस्कृत गरेकी हुन् ।

मिडिया महोत्सव पुस २२ मा हुने

नेवा पत्रकार राष्ट्रिय दबुले यही पुस २२ गते ‘समावेशी सञ्चारका लागि मिडिया महोत्सव–११३८’ ललितपुरको पाटन दरबार क्षेत्रमा आयोजना गर्ने भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्