९ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

राष्ट्रपतिद्वारा प्रथम क्रिकेट महोत्सव उद्घाटन (फोटो फिचरसहित)

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्कालाई मदन भण्डारी खेलकुद पुरस्कार प्रदान गर्दै । तस्बिर: दिपेन्द्र रोका

काठमाडौ– राष्ट्रपति विद्यादेवी भण्डारीले प्रथम क्रिकेट महोत्सवको शुक्रबार उद्घाटन गरेकी छन्। मदन भण्डारी स्पोर्ट एकेडेमी, क्रिकेट विभागद्वारा आयोजित महोत्सवको राष्ट्रपति भण्डारीले नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कालाई क्रिकेट ब्याट र बल प्रदान गरी शुुभारम्भ गरेकी हुन्। 

त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आयोजित दुईदिने महोत्सवमा पहिलो दिन ‘एक्जिविसन म्याच’ तथा राष्ट्रिय कलाकारबाट विशेष साङ्गीतिक प्रस्तुति दिनेछन् । महोत्सवमा क्रिकेट खेलसँग सम्बन्धित सामग्रीसम्बन्धी विभिन्न प्रदर्शनी कक्ष राखिएको छ । 

कार्यक्रममा बोल्दै युवा तथा खेलकुदमन्त्री राजनकुमार केसीले खेलकुदको माध्यमबाट स्वस्थ्य नागरिक उत्पादनका साथै अन्तराष्ट्रिय पहिचानमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।

सिमित स्रोत साधनका बाबजुद पनि सरकारले खेलकुद क्षेत्रको विकासलाई विशेष चासो दिएको उल्लेख गर्दै उहाँले नेपालमा आयोजना हुने आगामी दक्षिण एशियाली खेलकुद (साग) लाई लक्षित गरी पूर्वाधार निर्माणलाई तीव्रता दिएको बताए। 

नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्माले प्रचुर सम्भावना भए पनि खेलकुद क्षेत्र राज्यको प्राथमिकतामा पर्न नसकेको बताउँदै प्राकृतिक स्रोत साधनको अधिकतम प्रयोग गरी कला संस्कृतिको संवद्र्धन र खेलकुद क्षेत्रलाई अघि बढाउन विशेष ध्यान दिनुपर्ने आवश्यकता औल्याए।  

खेलाडी राष्ट्रलाई उचाइमा पुर्याउने इमान्दार सिपाही हुन् भन्दै उनले खेलाडीबाट राजनीतिक नेतृत्वले अनुशासन सिक्नुपर्ने बताए ।

नेकपा (एमाले)का कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले राष्ट्र र नागरिकलाई एकीकृत गराउन खेलकुद क्षेत्रको अहम् भुमिका हुनुपर्नेमा जोड दिए। 

मदन भण्डारी स्पोर्ट क्लबका अध्यक्ष विनोद श्रेष्ठले महोत्सवका बारेमा जानकारी गराउँदै खेलकुदको माध्यमबाट अनुशासित र समुन्नत समाज निर्माणमा योगदान पुगोस भन्ने हेतुले महोत्सव आयोजना गरिएको जानकारी दिए। 

सो अवसरमा यसै वर्षबाट शुरु गरिएको मदन भण्डारी क्रिकेट सम्मान नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कालाई नगद  २५ हजारसहित सम्मान गरिएको छ । त्यस्तै क्रिकेट महोत्सवलाई सहयोग गर्ने सुनिल भण्डारीलाई पनि सम्मान गरिएको छ । दुवै सम्मान राष्ट्रपति भण्डारीले प्रदान गरेकी थिइन्। (न्यूज स्टोरी रासस) सबै तस्बिर: दिपेन्द्र रोका/नागरिक

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्कालाई मदन भण्डारी खेलकुद पुरस्कार प्रदान गर्दै । तस्बिर: दिपेन्द्र रोका
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्कालाई मदन भण्डारी खेलकुद पुरस्कार प्रदान गर्दै । तस्बिर: दिपेन्द्र रोका
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्कालाई मदन भण्डारी खेलकुद पुरस्कार प्रदान गर्दै । तस्बिर: दिपेन्द्र रोका
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्कालाई मदन भण्डारी खेलकुद पुरस्कार प्रदान गर्दै । तस्बिर: दिपेन्द्र रोका
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्कालाई मदन भण्डारी खेलकुद पुरस्कार प्रदान गर्दै । तस्बिर: दिपेन्द्र रोका
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्कालाई मदन भण्डारी खेलकुद पुरस्कार प्रदान गर्दै । तस्बिर: दिपेन्द्र रोका
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्कालाई मदन भण्डारी खेलकुद पुरस्कार प्रदान गर्दै । तस्बिर: दिपेन्द्र रोका
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्कालाई मदन भण्डारी खेलकुद पुरस्कार प्रदान गर्दै । तस्बिर: दिपेन्द्र रोका
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App