तामाङ ज्ञान महोत्सव सम्पन्न
तामाङ पहिचान दिवसको उपलक्ष्यमा आयोजना गरिएको तेस्रो दुई दिने तामाङ ज्ञान महोत्सव आज सम्पन्न भएको छ। भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा सुरु भएको महोत्सवमा ३० वटा कार्यपत्र प्रस्तुत गरिएका छन्।
तामाङ पहिचान दिवसको उपलक्ष्यमा आयोजना गरिएको तेस्रो दुई दिने तामाङ ज्ञान महोत्सव आज सम्पन्न भएको छ। भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा सुरु भएको महोत्सवमा ३० वटा कार्यपत्र प्रस्तुत गरिएका छन्।
पाँचथर र ताप्लेजुङको सिमानामा रहेको तिम्बुपोखरी र आसपासका क्षेत्रको प्रचार प्रसार गर्ने उदेश्यका साथ तिम्बुपोखरी महोत्सवको तयारी सुरु भएको छ।
इच्छाकामना गाउँपालिकामा कृषि, पर्यटन, उद्योगलाई प्रवद्र्धन गर्न ‘प्रथम इच्छाकामना महोत्सव–२०७५’ आयोजना गरिने भएको छ । चितवनको एकमात्र गाउँपालिका इच्छाकामनामा भदौ २६ देखि असोज ६ गतेसम्म महोत्सव आयोजना गर्न लागिएको हो।
संस्कार र संस्कृतिको प्रवद्र्धनका लागि खोटाङमा वृहत तीज महोत्सव हुने भएको छ । लोपोन्मुख संगिनी नाच, मारुनी नाच, पञ्चैबाजा कुसुले नाच, धुपीधुपी नाच प्रदर्शन एवम् तीजसम्बन्धी लोकदोहोरी प्रतियोगिता गर्दै महोत्सव आयोजना हुन लागेको हो।
उच्च पहाडी क्षेत्रमा पर्ने जिल्लाको उत्तरी फालेलुङ गाँउपालिका–४ मा पर्ने चारराते भन्ने ठाँउमा बैशाख–१ र २ गतेसम्पन्न भएको दोश्रो चौरी महोत्सवको आयव्यय सार्वजनिक गरिएको छ। ४ सय ३१ रुपैँया बराबरको नाफा भएको मुल आयोजक समितिले सर्वाजनिक गरेको प्रतिवेदनमा उल्लेख रहेको छ।
युवाको क्षमता र सम्भावनालाई सम्बोधन गर्न राज्यको ध्यानाकर्षण गराउने उद्देश्यसहित इलाम सदरमुकाममा ‘१ नम्बर प्रदेशस्तरीय युवा महोत्सव’ बिहीबार सुरु भएको छ। ३ दिनसम्म चल्ने महोत्सवमा सहभागी हुन प्रदेशभरका जिल्लाका युवा इलाममा भेला भएका छन्।
१ नम्बर प्रदेशस्तरीय युवा महोत्सव बिहीबार सदरमुकाममा सुरु हुँदैछ। विविध कार्यक्रमसहित शनिबारसम्म चल्ने महोत्सवको सबै तयारी पूरा भएको छ।
तामाङ समुदायमा विवाह संस्कारको चुरो मानिने चारदाम विधिमाथि लेखिएको नाटक ‘चारदाम’को मञ्चनसँगै राजधानीमा तीन दिनदेखि जारी ‘सेलो नाट्य महोत्सव २०७५’ सकिएको छ । भाषाविद् अमृत योञ्जनले झन्डै तीन दशकअघि लेखेको नाटकको परिमार्जित संस्करणले नाटकको मैझारो गरेको हो।
तामाङ समुदायले सेलोलाई आफ्नो समुदायको सांस्कृतिक पहिचानका रुपमा मान्छन् । गायन र नृत्य मात्र नभई लोकनाटक र संस्कृतिका अनेक रंगमञ्चीय आयाम सेलोमा लुकेका हुन्छन् । यिनै आयाम उजागर गर्न राजधानीमा ‘तामाङ सेलो नाट्य महोत्सव’ हुने भएको छ।
काभ्रे जिल्ला दक्षिणी भेगको बेथान्चोक गाउँपालिका–२, ढुंखर्कमा जिल्लाकै पहिलो आलु महोत्सव आयोजना गरिएको छ। फस्टाउँदो आलु खेती र यसका नौलो परिकारबारे जानकारी दिन महोत्सवको आयोजना गरिएको हो।
नेपाल क्यानोनिङ संघले धादिङको थाक्रे गाउँपालिकामा राष्ट्रिय क्यानोनिङ (छाँगा) महोत्सव गर्ने भएको छ । संघले जेठ २५ र २६ गते गाउँपालिकाको वडा नम्बर ६ स्थित रानीझरनामा छाँगा महोत्सव गर्न लागेको हो।
विवाद र चर्चामा रहेको ‘रुकुम पर्यटन तथा साँस्कृतिक महोत्सव २०७५’ अन्ततः सूरु भएको छ। स्थानीय सरकार सञ्चालन ऐन अनुसार वडालाई दिइएको अधिकार अनुसार महोत्सव आइतबारबाट सुरु भएको हो।
सार्क राष्ट्रको नमूना ग्रामीण पर्यटकीय होमस्टे घलेगाउँमा आएका पर्यटक तथा सो क्षेत्रका स्थानीयबासी १९ औं घलेगाउँ महोत्सवको रौनक छाएको छ।
नेपालमा पहिलो पटक पृथक किसिमको खुकरी रम महोत्सव सुरु भएको छ । खुकरी थ्रि एक्स रमले काठमाडौंमा पहिलो पटक उक्त महोत्सव आयोजना गरेको हो । यस महोत्सव उपत्यका सहित देशको मुख्य सहरहरुका प्रसिद्ध रेष्टुरेन्टहरुमा भइरहेको छ।
पहिलो मारवाडी महोत्सव शनिबार काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न भएको छ। झापा मारवाडी समाजले आयोजना गरेको महोत्सवको उद्घाटन प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले गरेका थिए। महोत्सव १२ हजारभन्दा बढीले अवलोकन गरेको आयोजकले जनाएको छ।