९ मंसिर २०८१ आइतबार
image/svg+xml
कला

असारमा तामाङ सेलो नाट्य महोत्सव

नाटक ‘सोनाम ग्याल्मो’ रिहर्सलको क्रममा कलाकारहरु । तस्बिरः नागरिक

काठमाडौं – तामाङ समुदायले सेलोलाई आफ्नो समुदायको सांस्कृतिक पहिचानका रुपमा मान्छन् । गायन र नृत्य मात्र नभई लोकनाटक र संस्कृतिका अनेक रंगमञ्चीय आयाम सेलोमा लुकेका हुन्छन् । यिनै आयाम उजागर गर्न राजधानीमा ‘तामाङ सेलो नाट्य महोत्सव’ हुने भएको छ।

नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठान र सेलो फाउन्डेसनले आगामी असार २ गतेदेखि तीन दिने महोत्सव गर्न लागेको हो । प्रतिष्ठानका रंगमञ्च विभाग प्रमुख एवं प्राज्ञ पुष्कर गुरुङका अनुसार महोत्सवको लागि ५ वटा नाटक छानिएका छन् ।

छनोटमा परेका नाटकमा भाषाविद् अमृत योञ्जन तामाङको लेखन र निशा पाख्रिनको निर्देशन रहेको नाटक ‘स्यालगार’, फूलमान वलको लेखन र सोनाम तामाङको निर्देशन रहेको ‘सोनाम ग्याल्मो’, बसन्त चौधरीको लेखन र शान्ति वाइवाको निर्देशन रहेको कविता नाटक ‘ङाला फ्रेङबा धोङला टा’, ल्हाप्साङ कर्पो म्युजिकको तर्फबाट रोशन फ्युबाले संयोजन गरेको लोकनाटक ‘लालिमो’, सत्यदेवी काठमाडौं सम्पर्क समाजको तर्फबाट मारनेन वाइबाले संयोजन गरेको लोकनाटक ‘ताचेमा’ (घोडाचडी) छन्।

बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा हुने महोत्सव पुस्तक तथा भेषभूषा प्रदर्शनी एवं तामाङ मौलिक खाना महोत्सव पनि हुनेछ । नाटक ‘सोनाम ग्याल्मो’मार्फत पहिलोपटक तामाङ नायिका चा“दनी मोक्तान, गायकहरु फूलकुमार बमजन र सुसन लामा रंगमञ्चमा देखिँदैछन् । महोत्सवमा तामाङ र नेपाली दुवै भाषामा नाटक मञ्चन गरिने सेलो फाउन्डेशनका अध्यक्ष जगत तामाङले जनाए ।

 

प्रकाशित: २५ जेष्ठ २०७५ ०५:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App