२९ पुस २०८१ सोमबार
image/svg+xml

घुम्ती साहित्य महोत्सव

पुस्तक प्रकाशक संस्था फाइनप्रिन्टले देशका विभिन्न ठाउँमा एकदिने ‘घुम्ती साहित्य महोत्सव ‘फाइनप्रिन्ट फिभर’ आयोजना गर्ने भएको छ। महोत्सव पहिलो चरणमा सुर्खेतमा वैशाख १५, धनगढीमा वैशाख १७ र कोहलपुरमा वैशाख १८ गते कार्यक्रम हुँदैछ।

विहावर क्षेत्र पर्यटन महोत्सव हुँदै

काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिकास्थित कुशादेवी क्षेत्रमा पर्यटन महोत्सव हुने भएको छ । विहावर क्षेत्रको प्रचार गर्ने उद्देश्यले कुशादेवी क्षेत्र सरोकार समाजले महोत्सव आयोजना गर्न लागेको हो।

प्रथम तार्केश्वर महोत्सव हुँदै

‘एक घर एक व्यापार, तार्केश्वर समृद्धिको आधार’ भन्ने नारासहित प्रथम तार्केश्वर महोत्सव–२०७५ हुन लागेको छ। छारमेन्दो युवा सेवा समाज र नुवाकोट पर्यटकीय पूर्वाधार विकास संस्थाको संयुक्त आयोजनामा वैशाख १७ देखि १९ गतेसम्म तार्केश्वर गाउँपालिका–१ फलाटेमा महोत्सव हुन लागेको हो।

१३ औं दरबारमार्ग सडक महोत्सव (फोटो फिचर)

काठमाडौंको दरबारमार्गमा वार्स्टाइनर वियरले आयोजना गरेको १३ औं दरबारमार्ग सडक महोत्सवको रौनक । प्रत्येक वर्ष हुँदै आएको सडक महोत्सवअन्तर्गत शनिबार सम्पन्न यसवर्षको महोत्सवमा नागरिककर्मी दिपेन्द्र रोक्काको क्यामेरामा कैद भएका तस्बिरहरुः

महोत्सवले इलामलाई ‘सन्तोषको सास’

स्थानीय तह पुनः संरचनापछि प्रशासनिक अधिकार गाउँ–गाउँमा प्रत्यायोजन भएर सुनसानझैं बनेको सदरमुकामले ‘इलाम महोत्सव’मा ‘सन्तोषको सास’ फेरेको छ।

चौँरी महोत्सवमा जे देखियो (फोटो फिचर)

पाँचथरको फालेलुङ गाउँपालिकामा दुई दिने चौंरी महोत्सव सम्पन्न भएको छ। नेपाल र भारतको सीमनामा रहेको उच्च पहाडी क्षेत्रमा सयौँको संख्यामा चौँरी भेला गरी महोत्सव सम्पन्न भएको हो।

इलाम महोत्सव सुरु (फोटो फिचर)

इलाम सदरमुकाम (खलंगा) स्थापना भएको २ सय वर्ष पुगेको अवसरमा ‘इलाम : हाम्रो गौरव’ नारासहित इलाम महोत्सव सुरु भएको छ। तीन दिनसम्म मनाइने महोत्सवको उद्घाटन शनिबार मध्याह्न उपराष्ट्रपति नन्दबहादुर मगरले गर्दैछन्।

पाँचथरमा चौरी महोत्सवको तयारी तीव्र

शनिबार र आईतबार नेपाल–भारतको सिमाना पाँचथरको फालेलुङको चाररातेमा सम्पन्न हुने दोस्रो चौरी महोत्सवको तयारी तीव्र रुपमा भइरहेको आयोजकले जानकारी दिएको छ।

आलु महोत्सवमा ८० लाखको कारोवार

कास्कीको हेम्जामा जारी नवौँ राष्ट्रिय हेम्जा आलु महोत्सवको बुधबार सातौँ दिनसम्म करिब रु ८० लाख बराबरको आलुको कारोवार भएको छ ।

इन्द्रावती गाउँपालिका महोत्सव हुने

आगामी वैशाख १ र २ गते इन्द्रावती गाउँपालिका महोत्सव हुने भएको छ । स्थानीय स्रोत साधन, भौतिक विकास र संस्कृतिको संरक्षणसँगै पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको गाउँपालिका अध्यक्ष वंशलाल तामाङले बताए । महोत्सवमा १२ वटै वडाका अध्यक्षको नेतृत्वमा स्थानीय तहको मौलिक पहिचान झल्कने विभिन्न सांस्कृतिक झाँकीसमेत प्रदर्शन गरिने छ।

नयाँ वर्षमा सडक खाना महोत्सव

धुलिखेलमा पर्यटक तान्न यहाँका संघ–संस्थाले प्रत्येक वर्षको अन्तिम दिन र नयाँ वर्षको पहिलो दिन पर्यटन मेला तथा सडक खाना महोत्सव गर्ने भएका छन्।

महोत्सव प्रचार गर्न मोटरसाइकल -याली, उपराष्ट्रपतिबाट उद्घाटन

इलाम सदरमुकाम (खलंगा) स्थापना भएको २ सय वर्ष पुगेको अवसरमा आउँदो वैशाखमा आयोजना गरिने महोत्सवको तयारी तीव्र पारिएको छ। यहीक्रममा सदरमुकाममा शनिबार मोटरसाइकल -यालीसमेत आयोजना गरियो।

मह शिकार महोत्सव हुँदै

पर्यटकलाई आकर्षित गर्न गलकोट नगरपालिका–४ स्थित निलुवामा ‘मह शिकार (हनी हन्टिङ)’ महोत्सव शनिबारबाट शुरु हुनेभएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्