२९ पुस २०८१ सोमबार
image/svg+xml

‘सिस्टर्स फर सेल’ उत्कृष्ट

राजधानीमा आइतबार सम्पन्न सातौं संस्करणको ‘नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०१९’ मा वेन रेन्डालले निर्देशन गरेको अस्ट्रेलियन फिल्म ‘सिस्टर्स फर सेल’ले ‘उत्कृष्ट अन्तर्राष्ट्रिय नन–फिक्सन वृत्तचित्र’कोे अवार्ड जितेको छ।

आलुमय हेम्जा

आमा समूहका झाँकी सडककिनारमा लहरै थिए। झाँकीमा पनि महिलाले आलुको माला लगाए। कोही आलुको माला लगाउँदै किसानी गीतको टुक्का गाउँदै थिए। कोही अर्गानिक कृषिको परिचय दिन उद्यत। किसानले आफैंले फलाएको आलुकै माला लगाए, मुलाको चस्मा अनि केराउ र आलुको मालामा सजिने पनि कम्ती थिएनन्। त्यसले गर्दा थप रौनक बढेको थियो।

देम्बा महोत्सव तयारी पूरा

दोस्रो थोलेदेम्बा महोत्सवको तयारी पूरा भएको छ। ‘दिगो विकास र पर्यटन प्रवर्द्धनका लागि उत्सव, ऐतिहासिक दोस्रो थोलेदेम्बा महोत्सव’ भन्ने मूल नाराका साथ यही चैत २२ र २३ गते ओखलढुंगाको अग्लो डाँडा थोलेदेम्बामा हुने महोत्सवको तयारी पूरा भएको हो।

चौंरी महोत्सवको निम्तो

गुराँस फूल्न थालिसक्यो। बिस्तारै चौंरीगाई हिमालतिर चढ्दै छन्। उच्च पहाडी क्षेत्रमा गोठ पाल्ने संस्कृति रोचक देखिन्छ। बस्तीबाट माथि खर्कमा चौंरी पालिन्छ। डाँडामा चौंरी चरेका देखिन्छन्। दूध, घ्यु र छुर्पीका लागि गोठाला व्यस्त छन्। अचेल गोठलाई पशुपालनका रूपमा मात्र नलिई गोठ संस्कृतिका रूपमा समेत हेर्न थालिएको छ। यसै सन्दर्भमा फेरि फालेलुङ चौरी महोत्सव गरिँदै छ। तेस्रो चौंरी महोत्सव वैशाख १ गतेबाट चार राते (३,३४० मिटर)मा सुरु हुँदै छ।

चौरी महोत्सवको तयारी सुरु

पाँचथरमा चौरी महोत्सवको तयारी सुरु भएको छ। नयाँ वर्षको दिन जिल्लाको फालेलुङ गाउँपालिकास्थित चाररातेमा तेस्रो चौरी महोत्सवका लागि तयारी अघि बढाइएको हो।

पाश्र्व गायनमा नारायणगोपालको छवि

नेपालमा भएको पहिलो राष्ट्रिय चलचित्र महोत्सवमा सर्वश्रेष्ठ गायकको पुरस्कार नारायणगोपाललाई दिइने निर्णय भयो। उनलाई ‘कान्छी’ फिल्मको ‘छोरीको जन्म हारेको कर्म’ बोलको निम्ति पुरस्कार दिने निर्णय भएको थियो। तर, नारायणगोपालले त्यो पुरस्कार अस्वीकार गरिदिए, उनको अस्वीकृतिका पछाडि एउटै कारण थियो– पुरस्कार थापेपछि सित्तैमा गीत नगाउने।

१३ औं बिरुवा बजार महोत्सव सुरु

१३ औं बिरुवा बजार महोत्सव बिहीबार सुरु भएको छ। बालकन्या युवा क्लब र समाज कल्याण आमा समुहद्वारा आयोजित महोत्सव अगामी १० गतेसम्म चल्नेछ। महोत्सवको उद्घाटन गर्दै जिल्ला समन्वय समिति स्याङ्जाका उप–प्रमुख दीलिपकुमार बगालेले भने, ‘ग्रामीण भेगमा आयोजित मेला–महोत्सवले गाउँ–ठाउँको पहिचान गराउन सफल हुनेछ।’

शुक्लाफाँटा पर्यटन महोत्सव चैत १५ देखि

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटन प्रवर्द्धनका लागि शुक्लाफाँटा पर्यटन महोत्सव आयोजना हुने भएको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धनका लागि भीमदत्त नगरपालिकाको पहलमा निकुञ्जसँगको सहकार्यमा चैत १५ देखि २१ गतेसम्म महोत्सव आयोजना गर्न लागिएको हो।

जापानी फिल्म महोत्सव हुने

जापानी संस्कृतिको प्रवद्धन गर्दै राजधानी र पोखरामा जापानी फिल्म महोत्सव हुने भएको छ । महोत्सव शुक्रबारदेखि पोखराको गैरापाटनस्थित पोखरा उद्योग वाणिज्य संघको हलमा सुरु हुँदैछ । महोत्सवको उद्घाटनमा ‘सर्भाइभल फेमली’ नामक फिल्म प्रदर्शन हुनेछ ।

‘बुलबुल’ नेपाल–अमेरिका फिल्म फेस्टिभलमा

नेपाल–अमेरिका फिल्म महोत्सवमा नेपाली फिल्म ‘बुलबुल’ छनोट भएको छ । महोत्सवको ओपनिङ फिल्मको रूपमा ‘बुलबुल’ प्रदर्शन हुँदैछ।

कर्णाली समृद्धिको कथा

गाउँमा स्थानीय परम्पराअनुसार बिहे हुन्छ। विवाहपछि बुहारी गर्भवती हुन्छिन्। सासु र घरका सदस्यले सबै काममा बुहारीलाई सघाउँछन्।

घरेलु उद्योग महोत्सवमा साढे १५ करोडको कारोबार

१५ करोड चालिस लाख रुपैयाँको कारोबार गर्दै १५ औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला सम्पन्न भएको छ। आइतबार दुई करोड ९० लाखको कारोबार भएको थियो भने एक लाख ३५ हजारले अवलोकन गरेका थिए। यसैगरी सोमबार दुई करोड २५ लाखको कारोबार तथा एक लाख ५३ हजारले अवलोकन गरेका छन्।

दुई दिनमा सवा १० करोडको कारोबार

राजधानीको भृकुटीमण्डपमा जारी नेपाल १५ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०७५ मा तेस्रो दिन शनिबारसम्म सवा १० करोड रुपैयाँको कारोबार भएको आयोजकले जनाएको छ । शनिबारसम्म मेला एक लाख ८७ हजारजनाले अवलोकन गरेका छन्।

जातीय घरमा दर्शकको आकर्षण

खरले छाएको पुरानो शैलीको सानो घर । घरको बार्दलीमा राखिएको ढ्याङ्ग्रो, लावा, पिर्कामा सगुनसँगै राखिएको टटेलाको फूल, वरीपरी टाँगिएको लुङ्तर (तोरण), आँगनमा गाडिएको धज्र्यो लगायतका सामाग्रीले त्यो घर तामाङ जातिको हो भन्ने सजिलै चिन्न सकिन्छ।

‘रारा राष्ट्रिय नाटक महोत्सव’मा १३ नाटक

कर्णाली प्रदेशको सुर्खेतमा पहिलोपटक आयोजना हुन लागेको ‘रारा राष्ट्रिय नाटक महोत्सव २०७५’मा १३ नाटक मञ्चन हुने भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्