२० आश्विन २०८१ आइतबार
image/svg+xml

ताप्लेजुङको फुङ्लिङमा आगलागी,पाँच लाख बराबर क्षति

ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिकामा आज बिहानै एउटा घरमा आगो लाग्दा त्यो नष्ट भएको छ भने पाँच लाख बराबरको क्षति भएको छ।

अवरुद्ध मेची राजमार्ग सञ्चालन

सुक्खा पहिरो खसेर अवरुद्ध बनेको मेची राजर्मागको ताप्लेजुङ खण्ड पुनः सञ्चालनमा आएको छ। फुङ्लिङ नगरपालिका-८ वैशाखे भिरमा खसेको सुक्खा पहिरोका कारण अवरुद्ध बनेको मेची राजमार्ग १९ घन्टापछि खुलेको हो।

तीन साताभित्र ३०६ तोला बढी सुन बरामद

उनीहरुले गरगहना लुटपाटको योजना काठमाडौँस्थित ग्राण्डी अस्पताल नजिक बसेर बनाएको प्रहरीको अनुसन्धानमा खुलेको छ। आरोपीविरुद्ध अदालतबाट थप १० दिनको म्याद थप गरी अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

ताप्लेजुङमा नयाँ दुई मतदानस्थल थप गर्न सिफारिस गरिने

उनका अनुसार फुङ्लिङ नगरपालिकाको वडा नं ९ हाङ्देवास्थित शिव आधारभूत विद्यालयमा ९ सय ७१ मतदाता कायम हुने गरी नयाँ मतदानस्थल सिफारिस गरिने छ।

फुङलिङ नगर कार्यपालिकाको ८ पदका लागि मतदान हुँदै

ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा आउने ८ जना कार्यपालिका सदस्य चयनका लागि मतदान चलिरहेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय (जिल्ला अदालत परिसर)मा सुरु भएको मतदानमा पहिलो मत नगरप्रमुख अमिर मादेनले खसाएका छन्।

कांग्रेसले स्थानीय तहका प्रमुख र वडाध्यक्षका उम्मेदवार टुङ्ग्यायो

नेपाली कांग्रेस ताप्लेजुङले आफ्ना भागबण्डामा परेका स्थानीय तहहरुमा उम्मेदवारको टुङ्गो लगाएको छ।

टीकाराम गौतम स्मृति प्रतिष्ठानद्वारा तीन बिधामा पुरस्कृत गरिदैं

टीकाराम गौतम स्मृति प्रतिष्ठानले ताप्लेजुङको सामाजिक क्षेत्रमा योगदान पुर्‍याउने रेडक्रस ताप्लेजुङको एक उपशाखासहित तीन बिधामा पुरस्कार वितरण गर्ने भएको छ।

वीरेन्द्र माविलाई ३ लाख बढी सहयोग

लक्ष्मी बैंकको ताप्लेजुङस्थित फुङ्लिङ शाखाले वीरेन्द्र माध्यमिक विद्यालय देवलिङ्गेमा ३ लाख रुपैयाँ बढी मूल्य बराबरको सहयोग गरेको छ।

सय रुपैयाँले बढ्यो कुखुराको मासु: उपभोक्ता मारमा

ताप्लेजुङमा ब्रोइलर कुखुराको मासुको मूल्य वृद्धि भएको छ। सदरमुकाम फुङ्लिङ बजारमा केही साता यता मासुको मूल्य प्रतिकिलोग्राम रु. १०० ले वृद्धि भएको हो।

एमसिसी विरुद्ध फुङ्लिङमा बिहीबार पनि प्रदर्शन

अमेरिकाको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)विरुद्ध हिमाली जिल्ला ताप्लेजुङमा प्रदर्शन गरिएको छ। सदरमुकाम फुङलिङमा एमसीसी विरोधमा प्रदर्शन गरिएको हो।

स्थानीय तह निर्वाचन: ताप्लेजुङबाट चुनिनेछन् तीन सय ४२ जना जनप्रतिनिधि

जिल्लाभरमै कार्यपालिका सदस्यको संख्या १ सय ३५ छ। सबैभन्दा बढी जनप्रतिनिधि फुङ्लिङ नगरपालिकामा चुनिने छन्।

फुङ्लिङका बैंकहरु अब हप्तामा ३ दिन मात्र खुल्ने

ताप्लेजुङ सदरमुकाम फुङ्लिङका बैंकहरु अब हप्तामा ३ दिन मात्र खुल्न पाउने भएका छन्। जिल्ला प्रशासन कार्यालयले सोमबार एक सूचनामार्फत प्रत्येक साताको आइतबार, मंगलबार र बिहीबार मात्र बैंकिङ सेवा सञ्चालन हुने निर्णय लिएको जनाएको छ।

पटकपटकको आगलागीले त्रासमा फुङ्लिङ बजार

ताप्लेजुङको फुङ्लिङ बजारमा पटकपटक आगलागीका घटना दोहोरिन थालेपछि स्थानीय त्रसित बन्न थालेका छन् ।

फुङ्लिङ बजारमा पसलै पिच्छे फरक मूल्य, सिल गर्ने अनुगमन समितिको चेतावनी

बजार अनुगमन समितिले ताप्लेजुङको फुङ्लिङ बजारमा गरेको अनुगमनका क्रममा पसलैपिच्छे फरक–फरक मूल्य पाएको छ। यो अवस्थामा पाएपछि अनुगमन समितिले बजारमूल्य भन्दा महंगो बिक्री गर्नेे पसलहरुमा शिलबन्दी गर्ने चेतावनी पनि दिएको छ।

फुङ्लिङ नगरका जनप्रतिनिधिको मासिक तलब कोरोना राहत कोषमा

सबै जनप्रतिनिधिको १ महिना बराबरको तलब सुबिधा कोषमा जम्मा गर्दै ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले २० लाख रुपैयाँको कोरोना भाइरस रोकथाम तथा राहत कोष खडा गरेको छ। नगर कार्यपालिकाको ४८ औं बैठकले नगरपालिकाभित्रका ६० जना जनप्रतिनिधिको १ महिनाको तलबमा नगरको रकम थप गरी २० लाख रुपैयाँको कोरोना भाइरस रोकथाम तथा राहत कोष बनाएको नगरपालिकाका प्रवक्ता मोहन न्यौपानेले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्