१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

अवरुद्ध मेची राजमार्ग सञ्चालन

सुक्खा पहिरो खसेर अवरुद्ध बनेको मेची राजर्मागको ताप्लेजुङ खण्ड पुनः सञ्चालनमा आएको छ। फुङ्लिङ नगरपालिका-८ वैशाखे भिरमा खसेको सुक्खा पहिरोका कारण अवरुद्ध बनेको मेची राजमार्ग १९ घन्टापछि खुलेको हो।

ताप्लेजुङको दोखु-नाङ्खोल्याङ सडकखण्डस्थित खोक्से नजिक वैशाखे भिरमा माथिबाट ठूल्ठूला चट्टानसहित खसेको पहिराले सडक अवरुद्ध बनेको थियो। सडक डिभिजन कार्यालय इलामका अनुसार करिब ३० मिटर दूरीभित्र पूरै सडक ढाक्ने गरी खसेको पहिरोले बिहीबार दिनभर राजमार्ग अवरुद्ध भएको थियो।

पहिरो खसेर राजमार्ग अवरुद्ध बनेपछि बिहान सबेरैदेखि पहिरो हटाउने कार्यमा निरन्तर जुटेसँगै राति ९ बजेसम्ममा अवरुद्ध पन्छाउन सफल भएको सडक डिभिजन कार्यालय इलामका सुपरभाइजर नविन उप्रेतीले बताए।

सडक खुलेसँगै हिजो दिनभर रोकिएका सवारीसाधन आआफ्नो गन्तव्यतिर लागेका थिए। ताप्लेजुङ भित्रिने सवारीसाधन सदरमुकाम फुङ्लिङतर्फ प्रवेश गरेका छन् भने यहाँबाट बाहिरिने यातायातका साधन गन्तव्यतिर लागेका छन्।

प्रकाशित: १२ श्रावण २०८० ०४:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App