२० आश्विन २०८१ आइतबार
image/svg+xml

कम्बोडियाका प्रधानमन्त्री हुन सेन काठमाडौंमा (भिडियो)

कम्वोडियाका प्रधानमन्त्री हुन सेन काठमाडौं आइपुगेका छन्। नेपालको राजकीय भ्रमणमा रहेका उनले एशिया प्यासिफिक सम्मेलनमा भाग लिने छन्।

पाहुनाको सुरक्षा रक्षामन्त्रीकै निगरानीमा

सरकारले एसिया प्यासिफिक समिटमा भाग लिन आउने विशिष्ट पाहुनाको सुरक्षा व्यवस्था मिलाउन रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गृहमन्त्री रामबहादुर थापालाई जिम्मेवारी दिएको छ। शुक्रबार सुरु हुने समिटमा सहभागी हुने राष्ट्रप्रमुख, सरकार प्रमुख तथा अन्य विशिष्ट व्यक्तिको सुरक्षा प्रबन्ध चुस्त बनाउन सरकारको तर्फबाट रक्षा र गृहलाई जिम्मेवारी दिइएको हो।

सबै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागु हुन्छ : मन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले अब सबै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागु गर्ने तयारी गरेको बताएका छन्।

कम्बोडियाका प्रधानमन्त्री र म्यान्माका विदेशमन्त्री एकैदिन नेपाल अाउँदै

प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा कम्बोडियाका प्रधानमन्त्री हुन सेन र म्यान्माका स्टेट काउन्सिलर एवम् विदेशमन्त्री आङ साङ सुकी दुईदिने नेपाल भ्रमणमा आउन लागेका छन्। परराष्ट्र मन्त्रालयले मंगलवार एक विज्ञप्ति प्रकाशित गरी उनीहरु सद्भावना भ्रमणका क्रममा यही विहीवार नेपाल भ्रमणमा आउन लागेकाे जनाएको छ।

यो तामझाम किन? सरकार खोज्नेलाई देखाउनः प्रधानमन्त्री अाेली

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको समाजिक सुरक्षा योजना विश्वकै लागि उदाहरणीय रहेको बताएका छन्। प्रज्ञा भवन कमलादीमा आयोजित पहिलो सामाजिक सुरक्षा दिवसका तथा समाजिक सुरक्षा योजना कार्यान्वयन कार्यक्रममा ओलीले गर्भमा रहेदेखि मृत्युपर्यान्तसम्म व्यक्तिलाई सामाजिक सुरक्षा प्रदान गर्न सरकार सफल भएको बताए।

सामाजिक सुरक्षा दिवस नयाँ युगको शुरुआत : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘प्रथम सामाजिक सुरक्षा दिवस’ नयाँ युगको शुरुआत भएको बताएका छन्।

पर्यटनमन्त्री अधिकारीलाई गृह जिल्लामा कालो झण्डा, ६ पक्राउ

गृह जिल्ला कास्की पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री रवीन्द्र अधिकारीलाई पोखरामा पोखरामा कालोझण्डा देखाइएको छ।

छोटो समयमै छिटाे विकास गरेर देखाउँछौः प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको गतिलाई अब तीव्र रुपमा बढाइने बताएका छन्। सरकारले गठन गरेको मानव संसाधन प्रक्षेपण कार्यदलको बैठकलाई आज सिंहदरबारमा सम्बोधन गर्दै ओलीले छोटो समयमा छिटो विकास गर्ने बताएका हुन्।

राजनीतिक तुरुप कि सांस्कृतिक?

‘उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको १२ डिसेम्बरमा हुने जनकपुरधाम यात्रा नितान्त सांस्कृतिक हुनेछ,’ काठमाडौंस्थित भारतीय दूतावासले नागरिकसँग भन्यो। दूतावास स्रोतका अनुसार योगीले रेलसेवा शिलान्यास गर्नेछैनन्, विवाह पञ्चमीमा जन्तीका रूपमा जनकपुरधाम आएर सोही दिन जन्तीकै रूपमा फर्कनेछन्। योगी निकटस्थका अनुसार जन्तीकै रूपमा पुनः अयोध्या फर्किएपछि महत्वपूर्ण घोषणा हुन सक्छ, जसले राजनीतिमा विशेष महत्व राख्छ।

पर्यटनमन्त्रीको नाच: कलाकारसँग रुँदै, हाँस्दै र नाच्दैछन् पौंदेली

बमबहादुर कार्की र शिवा आलेको जोडीले रोइला गीत प्रस्तुत गर्दा महोत्सव उद्घाटन गर्नका लागि आइपुगेका नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसँगै सांसद देवेन्द्र पौडेल, गाउँपालिका अध्यक्ष मेयरसिंह पाइजासँगै सबै पाहुना र दर्शक नाचे।

अनावश्यक विदेश भ्रमण नगर्न निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री र सचिवहरूलाई अनावश्यक विदेश भ्रमणमा नजान निर्देशन दिएका छन्। सरकारले मितव्ययी नीति लिएकाले अनावश्यक विदेश भ्रमण नगर्न निर्देशन दिएका हुन्।

समृद्ध नेपाल नभएसम्म विश्राम लिन्नः मुख्यमन्त्री पौडेल

तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले ‘समृद्ध नेपाल सुखी नेपाली’ अभियान सफल नभएसम्म विश्राम नलिने बताएका छन्।

भारतीय राष्ट्रपति र अस्ट्रेलियाका प्रधानमन्त्रीबीच भेटवार्ता

अस्ट्रेलिया भ्रमणमा रहेका भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले बिहीबार सिड्नीमा शिष्टाचार भेट गरेका छन्।

किन भएन काम?

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ९ महिने सरकारबाट अपेक्षित परिणाम आउन नसकेको यस घडीमा समीक्षा बैठक गरेका छन्। मुलुकमा यतिबेला अहं प्रश्न उठेको छ– किन काम भएन ?

प्रधानमन्त्री ओली माघको पहिलो साता स्वीट्जरल्याण्ड जाने

प्रधानमन्त्री केपी शर्मा ओली आगामी माघको पहिलो साता विश्व आर्थिक मञ्चको वार्षिक बैठकमा भाग लिन स्वीट्जरल्याण्ड जाने भएका छन्। मञ्चको वैठक स्वीट्जरल्याण्डको डाभोसमा हुँदैछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्