काठमाडौं- कम्वोडियाका प्रधानमन्त्री हुन सेन काठमाडौं आइपुगेका छन्। नेपालको राजकीय भ्रमणमा रहेका उनले एशिया प्यासिफिक सम्मेलनमा भाग लिने छन्।
हुनलाई त्रिभुवन विमानस्थलमा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले स्वागत गरे। प्रधानमन्त्री केपी शर्मा ओलीले हुनको सम्मानमा आज होटल द्वारिकाजमा रात्री भोजको आयोजना गरेका छन्। उनले राष्ट्रपति विद्या भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनसँग भेट गर्ने छन्। यस्तै उनले केही धार्मिक तथा पर्टकीय स्थलको भ्रमण गर्ने कार्यक्रम समेत रहेको छ।
प्रकाशित: १३ मंसिर २०७५ ०८:२२ बिहीबार