२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

कम्बोडियाका प्रधानमन्त्री र म्यान्माका विदेशमन्त्री एकैदिन नेपाल अाउँदै

काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा कम्बोडियाका प्रधानमन्त्री हुन सेन र म्यान्माका स्टेट काउन्सिलर एवम् विदेशमन्त्री आङ साङ सुकी दुईदिने नेपाल भ्रमणमा आउन लागेका छन्। 

परराष्ट्र मन्त्रालयले मंगलवार एक विज्ञप्ति प्रकाशित गरी उनीहरु सद्भावना भ्रमणका क्रममा यही विहीवार नेपाल भ्रमणमा आउन लागेकाे जनाएको छ। भ्रमणका क्रममा कम्बोडियाका प्रधानमन्त्री हुन सेनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ। प्रधानमन्त्री ओली र उनका समकक्षी हुन सेनबीच आपसी हित, द्विपक्षीय चासोका विषयमा विचारविमर्श हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। कम्बोडियाका प्रधानमन्त्रीको यो पहिलो नेपाल भ्रमण हो। 

यस्तै म्यानमाका विदेशमन्त्री सुकीले पनि राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। स्टेट काउन्सिलर एवम् परराष्ट्रमन्त्रीको हैसियतमा भने सुकीको पनि यो पहिलो भ्रमण हो। नोबेल शान्ति पुरस्कार विजेताको हैसियतमा भने उनी यसअघि पनि नेपाल भ्रमणमा आएकी थिइन।

प्रकाशित: ११ मंसिर २०७५ १६:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App