२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

अनावश्यक विदेश भ्रमण नगर्न निर्देशन

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री र सचिवहरूलाई अनावश्यक विदेश भ्रमणमा नजान निर्देशन दिएका छन्। सरकारले मितव्ययी नीति लिएकाले अनावश्यक विदेश भ्रमण नगर्न निर्देशन दिएका हुन्। काममा परिणाम आउनेगरी केन्द्रीत हुन र जवाफदेही हुन निर्देशन दिएका छन्। आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम एवं बजेटको कार्यान्वयनसम्बन्धी समीक्षा बैठकलाई सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले शनिबार सो कुरा बताएका हुन्।

प्रधानमन्त्री ओलीले काममा परिणाम नआउने, काम नगर्ने तर प्रतिवेदनमात्र चुस्त बनाउँदा जनताले सेवाको अनुभूति नगर्ने भएकोले परिणाम देखिनेगरी काम गर्न निर्देशन दिएका थिए। प्रधानमन्त्री ओलीले तीन दिनसम्म आयोजना गरिएको प्रगति प्रतिवेदन बैठक परिकल्पनाको समिक्षा नभई कार्यन्वयनको अवस्थाको जानकारी लागि भएको बताएका छन्। ‘यो बैठक परिकल्पनाको समीक्षा होइन, सरकारका नीति,कार्यक्रम र बजेटको हालसम्मको कार्यान्वयनको अवस्था थाहा पाउनका लागि आयोजना गरिएको हो,’ प्रधानमन्त्री ओलीले भने ‘मन्त्रालयहरू केही न केही रचनात्मक हुन खोजेका छन्। कार्यन्वयनको राम्रै सुरुआत भएको छ। तर यसलाई तीव्रता दिनु पर्दछ।’ उनले जनतासँग सरोकार राख्ने आयोजनाका कार्यहरू समयमै सक्न पनि निर्देशन दिएका थिए।

शनिबारको समीक्षा बैठकमा गृह मन्त्रालयका सचिव प्रेमकुमार राईट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले आ–आफ्नो मन्त्रालयको प्रगति विवरण पेश गरेका थिए। यसैगरी रक्षासचिव बिष्णु प्रसाद लम्साल, संघीय मामिला तथा सामान्य प्रशासन सचिव दिनेश थपलिया, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव बुद्धिबहादुर खड्का, कानुन, न्याय तथा संसदीय मामिला सचिव राजीव गौतम र अर्थ मन्त्रालयका सचिव राजन खनाल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका निमित्त सचिव सुशीलनाथ प्याकुरेलले मन्त्रालयको प्रगति विवरण पेस गरेका थिए। बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडा र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.पुष्प कँडेलले पनि आफ्ना भनाइ राखेका थिए।

प्रकाशित: ९ मंसिर २०७५ ०१:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App