२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

बालविवाह विरुद्ध क्लबको अभियान

अछामको वान्नीगढी जयगढ गाँउपालिका उपाध्यक्ष लोगबहादुर साउद आइतवार दिउँसो कार्यालयको काममा व्यस्त थिए। कार्यालयमा झुण्डिएको घडीले २ः३० बजेको संकेत गरिरहेको थियो। दुई जना कलिला नानीहरु साउदलाई खोज्दै उनको कार्यकक्षमा आइपुगे। ‘सर हाम्रो गाँउमा बालविवाह भयो रोकिदिनु पर्यो’ भन्दै नानीहरुले गाँउपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक साउदलाई निवेदन बुझाए।

अलिना ‘टप अफ द वल्र्ड नेपाल’

विवाहित महिलाहरूमा लक्षित ‘मिसेस् टप अफ द वल्र्ड २०१९’ नामक अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताका लागि नेपाली सुन्दरी अलिना तुलाधर छनोट भएकी छन्।

जुम्लामा पहिलोपटक बालविवाह मुद्दा दर्ता

तिला गाउँपालिका ३ की परिवर्तित नाम जेटक्यू लाई चन्दननाथ नगरपालिका १० वस्ने दीपक कामीले ललाईफकाई भगाएको जाहेरी जिल्ला प्रहरी कार्यालयमा परेपछि पहिलो पटक जिल्लामा बालविवाह कसुर मुद्दा दर्ता भएको हो।

अष्ट्रेलिया मोहमा ‘कागजपत्र’

पछिल्लो दशकमा नेपाली युवापुस्तालाई अष्ट्रेलिया मोहले राम्रै छोएको छ। यही मोहले उनीहरू दिनानुदिन कानूनी कागजी विवाह गरी अष्ट्रेलिया गइरहेका छन्। यस्तै कथालाई समेटिएको फिल्म ‘कागजपत्र’ आगामी शुक्रबारबाट प्रदर्शनमा आउँदैछ। फिल्मको लेखन र निर्देशनक अपिल विष्ट हुन्।

बालविवाह गराउने बाबु पक्राउ

प्रहरीले बालविवाह गराउने दुलाहा र दुलहीका बुवालाई पक्राउ गरेको छ। आइतबार पक्राउ परेका उनीहरुलाई बालविवाह अन्तर्गतको मुद्दा दायर गरिएको छ।

भुकुटीमण्डपको जुत्ता मेलामा ३० वटा ब्रान्ड

भृकुटीमण्डपमा विवाह तथा पार्टीलाई लक्ष्य गरेर सुरु गरिएको ‘शुभविवाह महाकुम्भ जुत्ता मेला’मा विभिन्न ३० ब्रान्डको जुत्ता राखिएको छ। फागुनमा विवाहको लगन र पार्टी हुने समय भएकाले उपभोक्तालाई चाहिने सबै प्रकारका जुत्ता मेलामा उपलब्ध गराइएको छ।

विवाह वा मृत्यु संस्कारका लागि सामुदायिक घर

खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१३, नुनथलामा सामुदायिक पाटी घर निर्माण गरिएको छ। स्थानीय तामाङ र शेर्पा समुदायको विवाह, घेवा (मृत्युपछिको संस्कार), चाडपर्व, सामूहिक भोजलगायतका सार्वजनिक कार्यक्रम गर्न नुनथला गैरीमा सामुदायिक पाटी घर निर्माण गरिएको हो।

प्रेम सम्बन्धका कारण सामूहिक आत्महत्याको प्रयास, एक युवतीको ज्यान गयो

पर्सामा एक युवा र दुई युवतीले मुसो मार्ने आषधि खाएर सामूहिक रुपमा आत्महत्याको प्रयास गरेका छन्। यसमध्ये एक युवतीको ज्यान गएको प्रहरीले जनाएको छ। प्रहरीले जनाएअनुसार पटेर्वासुगौली गाउँपालिका वडा नम्बर ४ सढी टोलकी २७ बर्षकी सजिता कुमारीको मृत्यु भएको छ भने सोही ठाउँ बस्ने १३ बर्षकी मजिता कुमारी र जिराभवानी गाउँपालिका वडा नं २ सेढवा २२ वर्षका सञ्जय दास बिरामी छन्। घट्ना भने जिराभवानी –२ सेढवामा भएको हो।

बेहुला मदिरा सेवन गरेर बिहे मण्डपमा आएपछि...

भारतको बिहार राज्यस्थित डुमरी छपिया गाउँकी एक बेहुलीले मदिरा सेवन गरेर बिहे मण्डपमा आइपुगेका बेहुलासँग विवाह गर्न अस्वीकार गरेकी छिन्। रिन्की कुमारीको बब्लु कुमारसँग शनिबार विवाह गर्नेगरी तय भएको थियो। छोरीका बाबु त्रिभुवन साहले भने, “बेहुला यति धेरै मदिरा सेवन गर्दा रहेछन् कि आफू कहाँ आइपुगें भन्ने समेत पत्तो हुँदो रहेनछ। बिहे मण्डपमै उनले अभद्र व्यवहार देखाए, त्यसपछि छोरीले बिहे गर्न मानिनन्।”

व्यक्तित्वमा ड्रेसको भूमिका

पार्टी, विवाह तथा भोजमा जाँदा महिलाले लेहेंगा—चोली लगाउने चलन बढ्दो छ। विवाहजस्ता पार्टीमा जाँदा लेहेंगा—चोलीमा महिलालाई सुहाउँछ पनि। पार्टी गाउन पनि सुहाउँछ विशेषगरी केही पाको उमेरका महिलाले साडी चोली लगाउने गरेको पाइन्छ भने विशेषगरी युवतीहरुले लेहेंगा चोली लगाउन मन पराएको देखिन्छ।

बालविवाहविरुद्ध १५ हजारलाई प्रतिबद्ध गराइने !

बालविवाहविरुद्ध १५ हजार व्यक्तिले साझा प्रतिबद्धता जनाउने भएका छन्। सोमबारबाट सुरु बालविवाहविरुद्धको सञ्चार अभियानमा देशभरिका ७७जिल्लाका १५ हजार व्यक्तिले प्रतिबद्धता जनाउनेछन्।

विवाहको १९ वर्षपछि बल्ल नागरिकता

यहाँकी एक महिला विवाह गरेको १९ वर्षपछि पतिको नामबाट नागरिकता लिन सफल भएकी छिन्। लालबन्दी नगरपालिका–२, जुटपानी निवासी ३५ वर्षीया आशाकुमारी देवीले आइतबार इलाका प्रशासन कार्यालय (हरिवन)बाट नेपाली नागरिकताको प्रमाणपत्र लिएकी हुन्।

युवा नेताको प्रेम : विश्वप्रकाशको रोचक ‘लभ स्टोरी’, योगेश भट्टराई ‘फ्यान’

राजनीतिमा प्रेम सजिलो छैन्। झन् पञ्चायतकालमा त कतिखेर कहाँ पक्रराउ परिने हो वा मारिने हो भन्ने निश्चित हुँदैनथ्यो। त्यो समयमा राजनीति र प्रेममा सफल बनेका विश्वप्रकाश शर्मा सबैका लागि प्रेरणाको पात्र बनेका छन्। अहिले नेपाली कांग्रेसको प्रवक्ता रहेका विश्वप्रकाश राजनीतिक वृतमा सफल प्रेमीका रुपमा चिनिन्छन्।

रोकिएन मुगुमा बालविवाह : ३२ वर्षको उमेरमा ७ सन्तान

छायानाथ रारा नगरपालिका ३ साँयाखोलाकी २५ वर्षीया ईश्वरमाया कामी २५ वर्षकी भइन्। उनको १६ वर्षको उमेरमा बिहे भएको हो। विपन्न परिवारकी उनी ६ बच्चाकी आमा भइसकिन्। उमेर २५ वर्षको भए पनि उनको शरीर ४० वर्षकी महिलाको जस्तै देखिन थालिसक्यो। उनका पति ज्याला मजदुरी गर्छन् भने उनी बच्चा बोकेरै भए पनि गिट्टी कुट्ने काम गर्छिन्। कामी मात्र होइन, किशोरावस्थामै आमा बन्ने किशोरी मुगुमा थुप्रै छन्। दशकअघि बालविवाहको चरम रुप देखिने मुगुमा यो संख्या अझै उस्तै छ।

पनौतीमा अविवाहित महिलालाई पनि भत्ता

पनौती नगरपालिकाले संघीय सरकारद्वरा निर्धारित मापदण्डमा नपरेका महिलालाई पनि लाभग्राहीको दायरामा ल्याई विशेष सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको छ। नगरपालिकाको यस योजनाअन्तर्गत ३५ वर्ष उमेर पुगेका अविवाहित महिला, सम्बन्धविच्छेद भएका महिला र पति बेपत्ता भएको १५ वर्ष पूरा भएका महिलालाई लाभग्राहीका रुपमा समेटिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्