२३ आश्विन २०८१ बुधबार
image/svg+xml

१३ वर्षमै एकल

गत वर्षको असोज महिनामा रीता गजमेरको मोबाइलमा अपरिचितको फोन आयो। फोन उठाइन्, बोलिन्। नचिनेको मान्छे भएकाले रङ नम्बर भनेर फोन काटिन्। त्यसपछि त्यही नम्बरबाट दैनिक फोन आउन थाल्यो। सुरुसुरुमा धेरै कुराकानी नभए पनि पछि फोनमै चिनजान भयो। उनलाई फोन गर्ने सुनिल विक रहेछन्। रीता र सुनिलबीच कुराकानीको क्रम लम्बिन थाल्यो। रीताले सुनिलसँग कुरा गर्ने क्रम बढाइन्।

एउटै अभियोगमा आमालाई जन्मकैद, बाबुलाई सफाइ

पूर्णबहादुर थापा मगर र गुनिसा थापामगरले २०६९ वैशाखमा प्रेम विवाह गरे। विवाहपश्चात् उनीहरुको जीवन सामान्यरुपमा बितिरहेको थियो। उनीहरुको आर्थिक अवस्था कमजोर रहेकाले पूर्णबहादुरले विदेश जाने सोच बनाए। श्रीमती गुनिसासमेतको घरसल्लाहमा दुई वर्षपछि पूर्णबहादुर वैदेशिक रोजगारीका लागि मलेसिया गए। पूर्णबहादुर मलेसिया जाँदा गुनिसा ६ महिनाकी गर्भवती थिइन्।

ओखलढुंगामा रोकिएन बहुविवाह

एक सय ६५ वर्ष पुरानो मुलुकी ऐन विस्थापित भई २०७५ भदौ १ बाट देवानी र फौजदारी नयाँ संहिता लागु भयो। जसमा फेरि पनि बहुविवाहलाई कडा अपराध मानिएको छ। उक्त अपराध संहिता ऐनको दफा (१७५) ले बहुविवाहलाई बर्जित गरेको छ। तर, बहुविवाहमा भने कमी आएको छैन।

बहुविवाह गर्ने कर्मचारी बर्खास्त नहुने

सरकारले संघीय निजामती सेवा ऐनको मस्यौदामा राखिएको बहुविवाह गर्ने कर्मचारीलाई बर्खास्त गर्ने व्यवस्था सुटुक्क हटाएको छ। लोकसेवा आयोगमा सहमतिका लागि पठाइएको मस्यौदामा बहुविवाह गर्ने कर्मचारीलाई बर्खास्ती गर्ने व्यवस्था हटाइएको आयोग स्रोतले बतायो।

सन्तानकै कारण पुनर्विवाह रोज्दैनन् ‘एकल महिला’

मानेभन्ज्याङ गाउँपालिका–३ उबुँकी पुतलीमाया राईको १६ वर्षको उमेरमा विवाह भयो। २५ वर्षकी उनी अहिले ‘एकल महिला’ हुन्। चार वर्षअघि उनका पतिको निधन भएको थियो। पतिको निधन हुँदा उनको छोरो १६ महिनाको थियो। अहिले साढे पाँच वर्षीय छोराको हेरचाह र घरको काम गरेर दिनचर्या बिताउँदै आइरहेकी उनलाई परिवारजनको माया र साथ छ। तर उनलाई एक्लोपनको महसुस हुन्छ, हरक्षण जीवनसाथीको अभाव खड्किरहन्छ।

सरोजको नौटंकी रविको विवाह बिजयको अनसन र मेनुका पौडेल

चिकित्सा शिक्षा विधेयक र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताको नाममा रहेका अस्पताललाई वेवास्ता गरेको विषयमा प्रतिनिधिसभाको मंगलवारको बैठकमा घम्साघम्सी भएको छ।

रवि र निकिताको ‘पेपर म्यारिज’

चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेल र पत्रकार रवि लामिछानेले ‘कानुनी विवाह’ गरेका छन्। उनीहरूले सोमबार काठमाडौं जिल्ला अदालतमा ‘पेपर म्यारिज’ गरेका हुन्। कानुनी विवाह गरे पनि औपचारिक विवाह भने २०७६ को वैशाखमा गर्ने दुवैले जनाएका छन्।

१७ वर्ष नपुग्दै दुई सन्तान

जिल्लाको सर्केगार्ड गाउँपालिका–३ उनापानीकी मनमती सार्की भर्खर १७ वर्षमा लागिन्। उनी दुई सन्तानकी आमा हुन्। पहिलो सन्तान जन्माउँदा उनी १४ वर्षकी मात्र थिइन्। उनका तीन वर्षका छोरा र ६ महिनाकी छोरी छन्।

सम्बन्ध विच्छेदको मुख्य कारण वैदेशिक रोजगार

सँगै मर्ने सँगै बाँच्ने कसम खाएर विवाह बन्धनमा बाँधिएका धादिङका कैलाश अधिकारी र सान्नानी अधिकारी (नाम परिवर्तन) को सम्बन्ध पाँच वर्ष पनि टिक्न सकेन। पत्नी र आमाबुबालाई सुख दिने अभिलाषा बोकेर तीन वर्ष (२०७२ साल) अघि कैलाश मलेसिया गए। दुई वर्ष काम गरेर गत वर्ष मात्रै घर फर्किएका उनले पत्नी सान्नानीबाट पहिलेको जस्तो माया पाएनन्।

उमेर नपुग्दै आमा

कानुनले बाल विवाहलाई बर्जित गरे पनि हुम्लामा भने प्राय उमेर नपुग्दै किशोरीहरु विवाह गर्ने र कलिलै उमेर आमा बन्दै आएका छन्। बाल विवाह गर्नु कानुन विपरित भए पनि यसको वेवास्ता गर्दै यहाँ बाल विवाह रोकिएको छैन्।

पुसमा पन्चेबाजा घन्किँदा

मंसिर महिना पछि आउने पुसमा न विवाह नै हुन्छ न त ब्रतबन्ध। लगन नभएको यो महिनामा धादिङबेसीमा पन्चेबाजा बज्दा स्थानीयहरू कान ठाडो पार्दै भेला हुन थाले। जिल्लाका विभिन्न ठाउँबाट भेला भएका पन्चेबाजाको समूह धादिङबेसीमा घन्किँदा छुट्टै रौनक छायो। लोप हुँदै गएको पन्चेबाजाको तालमा बच्चादेखि वृद्धवृद्धाहरू झुम्मिदा बाहुन, मगर, दलितलगायत विभिन्न जातजातिहरूले आफ्नै भेषभुषामा पन्चेबाजा बजाउन व्यस्त थिए।

नितान्त व्यक्तिगत

जे हुनु हुँदैनथ्यो, त्यही भयो। तर, अब यस्तो सोचिन्न। अब त्यो जमाना छैन, जहाँ यसलाई पापकर्म अनि कुन्नि के–के ठानिन्थ्यो। अब त यो नितान्त व्यक्तिगत कुरो भइसक्यो। निजी सम्पत्ति। अनुभव पनि सम्पत्ति न हो।,

कलिलाे उमेरमै विवाह गर्ने प्रहरीकाे नियन्त्रणमा

उमेर नपुग्दै विवाह गरेको आरोपमा ओखलढुंगामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। जिल्लाको चम्पादेवी गाउँपालिकाका १६ वर्षीय उत्तम खत्री र स्थानीय १८ वर्षीय एक किशाेरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। खत्री कक्षा १० मा किशाेरी कक्षा ९ मा अध्ययनरत विद्यार्थी हुन्।

बालविवाह गर्ने भारतीयलाई कैद

बालविवाह गरेको आरोपमा भारत बिहार राज्य मधुबनी जिल्ला न्यौरग्राम पञ्चायतका २३ वर्षीय नसरुल भनिने निसरुल मियाँलाई एक वर्ष कैद र पाँच हजार जरिवाना गरिएको छ।

हुँदै गरेको विवाह प्रहरीले रोक्यो

बराहताल गाउँपालिका–९ स्थित थारीगाउँकी रत्नकला मर्याङ्गीको घरमा छोराको विवाहको तयारी धुमधामका साथ चलिरहेको थियो। निम्त्याइएका आफन्त, इष्टमित्र र छरछिमेकीहरुले घर आँगन ढाकिएको थियो। ध्वजापताकाले घर सजाइएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्