२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

कलिलाे उमेरमै विवाह गर्ने प्रहरीकाे नियन्त्रणमा

ओखलढुंगा - उमेर नपुग्दै विवाह गरेको आरोपमा ओखलढुंगामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। जिल्लाको चम्पादेवी गाउँपालिकाका १६ वर्षीय उत्तम खत्री र स्थानीय १८ वर्षीय एक किशाेरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। खत्री कक्षा १० मा किशाेरी कक्षा ९ मा अध्ययनरत विद्यार्थी हुन्।

उनिहरुले बालविवाह गरेको भन्दै चम्पादेवी–७ का वडा अध्यक्ष शुरेस थापाले प्रहरीलाई सुचना दिएका थिए। वडा अध्यक्ष थापाले दिएको सुचनाको आधारमा उनिहरुलाई सोधपुछका लागि नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक राजिब श्रेष्ठले जानकारी दिए। उनीहरुले आफुहरु प्रेममा परेको भएपनि विवाह नगरेको प्रहरीमा बयान दिएका छन्।

वास्तविकता बुझ्नकालागि उनिहरुकाे आफन्तलाई कार्यालयमा बोलाइएको प्रहरी निरिक्षक श्रेष्ठले बताए। बालविवाह गरेको हो वा होईन भन्ने बारेमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। भदौ १ देखी लागु भएको मुलुकी अपराध संहिता ऐन २०७४ मा उमेर २० वर्ष नपुगी कसैले विवाह गरेको पाईएमा विवाह स्वतः बदर हुनुका साथै त्यस्तो कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र ३० हजार सम्म जरीवाना हुने उल्लेख छ।

प्रकाशित: २० पुस २०७५ १०:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App