२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
अन्य

व्यक्तित्वमा ड्रेसको भूमिका

मानिसको व्यक्तित्वमा ड्रेसअप, मेकअप, आउभाउको महत्वपूर्ण भूमिका हुन्छ। पेशाअनुसारको ड्रेसअप गर्दा सुहाउँछ। ड्रेसअप नमिल्दा असुहाउँदिलो देखिन्छ। ड्रेसअप, मेकअपलगायतका विषयमा शुभ वस्त्र बुटिककी  फेसन डिजाइनर सुमी श्रेष्ठसँग उपेन्द्र खड्काले गरेको कुराकानी।

ड्रेससेन्सको कन्सेप्ट कस्तो देखिन्छ नेपालमा ?

नेपालमा पनि बिस्तारै ड्रेस सेन्समा ध्यान दिँदै गएको देखिन्छ।

विवाह, पार्टीमा जाँदा महिलाले कस्तो ड्रेसअप गर्दा सुहाउँछ ?

पार्टी, विवाह तथा भोजमा जाँदा महिलाले लेहेंगा—चोली लगाउने चलन बढ्दो छ। विवाहजस्ता पार्टीमा जाँदा लेहेंगा—चोलीमा महिलालाई सुहाउँछ पनि। पार्टी गाउन पनि सुहाउँछ विशेषगरी केही पाको उमेरका महिलाले साडी चोली लगाउने गरेको पाइन्छ भने विशेषगरी युवतीहरुले लेहेंगा चोली लगाउन मन पराएको देखिन्छ। साडी पिंक (गुलाफी) र चोली हरियो (ग्रिन) कलरको सुहाउँछ। कालो, रातो साडी–चोलीको सेट मिलाएर लगाउँदा पनि नसुहाउने कुरै भएन। रातो साडी पनि धेरै नै मन पराइने कलर हो। पार्टीमा जाँदा पार्टीवेर स्याण्डलै सुहाउँछ। 

अनुहारको वर्ण र मेकअपको कस्तो सम्बन्ध हुन्छ ?

अनुहारको वर्णअनुसारको मेकअप भएन भने सुहाउँदैन। त्यसैले अनुहार सुहाउँदो मेकअप गर्नुपर्छ। गोरो अनुहार भएका महिलाका लागि डार्क कलरको मेकअप गर्नु उपयुक्त हुन्छ। कालो तथा गहुँगोरो वर्णको अनुहार भएका महिलाका लागि हल्का उज्यालो किसिमको कलर मिलाएर गरेको मेकअप सुहाउँछ। जथाभावी भद्दा मेकअप नगर्नु नै उपयुक्त हुन्छ।

त्यसोभए भाषण गर्न जाने महिलाका लागि कस्तो ड्रेस उपयुक्त हुन्छ ?

भाषण गर्न जाने महिलाले पब्लिकको मन जित्नु पर्ने हुन्छ। त्यसैले भाषण गर्ने व्यक्तिको व्यक्तित्वमा डे«सको महŒवपूर्ण भूमिका हुन्छ। ड्रेसमा ध्यान दिनु उपयुक्त हुन्छ। भाषण गर्न जाँदा महिलाले सामान्य देखिने किसिमका साडी–चोली लगाउनु नै उपयुक्त हुन्छ। सादा साडीमा ढाकाको प्रिन्ट भएको चोली सुहाउँछ। उज्यालो कलरको ड्रेस उपयुक्त हुन्छ। हल्का डार्क (कालो) चोली सुहाउँछ भने निलो कलरको गाउन पनि सुहाउँछ।

पेशा अनुसार कपालको स्टाइल आवश्यक हुन्छ ?

महिलाले पेशाअनुसारकै कपालको स्टाइल बनाएको राम्रो। भाषण गर्न जाने महिलाले जुरो बाँधेर कपाल नछोडेकै राम्रो। सपक्क बनाएर सिम्पल देखिने किसिमको कपालको स्टाइल बनाउँदा राम्रो। पार्टी, विवाह, भोजमा जाँदा भने हल्का बाटेर कर्ली गर्नु उपयुक्त हुन्छ। अफिसमा काम गर्ने महिलाले भने कपाल ब्रोडाइ गरेर बेबिङ गरेर छोडेको राम्रो। ग्लामर पेशाका महिलाले भने आफ्नो पेशाअनुसारको कपालको स्टाइल बनाउन सकिन्छ। पेशाअनुसार जसरी ड्रेसको ख्याल गरिन्छ, त्यसरी नै कपालको स्टाइलमा पनि ध्यान दिनु पर्छ। 

पुरुषले पार्टीमा जाँदा कस्तो ड्रेस लगाउनु उपयुक्त हुन्छ ?

पुरुषले भने सामान्यतया पार्टीमा जाँदा सुट–पाइन्ट नै लगाउने चलन छ। दौरा सुरुवाल लगाउने चलन पनि कम छैन। सेरवानी लगाउँदा पनि सुहाउँछ। पुरुषलाई सेतो, मरुन, हल्का निलो कलरको सुट तथा ड्रेसमा सुहाउँछ।  गोरो अनुहार भएका व्यक्तिलाई विशेषगरी ग्रे कलरको ड्रेसमा सुहाउँछ। सामान्यतया  कालो कलरको कोट नै पुरुषका लागि सुहाउने कलर हो। तर सेटमा मिलेको हुनु पर्छ। ड्रेस अनुसारकै जुत्ताको छनाट गर्नु उपयुक्त हुन्छ। सेरवानीमा स्लिपर जुत्ता सुहाउँछ भने सुट—पाइन्टमा सामान्य जुत्ता पनि सुहाउँछ। 

कालो वर्ण भएका पुरुषका लागि कस्तो ड्रेस सुहाउँछ ?

कालो वर्णको अनुहार भएका पुरुषका लागि हल्का सेतो, क्रिम कलरको ड्रेस  सुहाउँछ। मरुन कलरको ड्रेस पनि सुहाउँछ। कालो वर्णको अनुहार भएका पुरुषका लागि हल्का चम्किलो कसिमको दौरा–सुरुवाल सुहाउँछ। ड्रेसमा ध्यान दिने पुरुषको संख्या पनि कम छैन। आफ्नो शरीरमा फिट हुने किसिमको ड्रेस गर्दा चट्ट सुहाउँछ। 

त्यसो भए भाषण गर्न जाने पुरुषलाई कस्तो ड्रेस उपयुक्त हुन्छ त ?

भाषण गर्न जाँदा पनि ड्रेसमा विशेष ध्यान दिनु पर्छ। विकसित देशमा त ड्रेसमा निक्कै ध्यान दिएको देखिन्छ। भाषण गर्न जाने पुरुषले सिम्पल किसिमको ड्रेस लगाउनु उपयुक्त हुन्छ। धेरै तडकभडक देखिने किसिमको ड्रेस  नलगाउनु नै उपयुक्त हुन्छ। भाषण गर्न जाँदा दौरा—सुरुवाल लगाउने हो भने सिम्पल देखिने खरानी कलरको दौरा—सुरुवाल सुहाउँछ। सुट लगाउँदा पुरुषलाई कालो कोट नै उपयुक्त हुन्छ। अफिसियल काम गर्नेलाई औपचारिक (फर्मल) ड्रेस नै उपयोगी हुन्छ। सुट पाइन्ट नै सुहाउँछ। पेसाअनुसार ड्रेसको छनोट गर्नु उपयुक्त हुन्छ। 

फोटो स्रोत : सुमी श्रेष्ठ

प्रकाशित: २१ फाल्गुन २०७५ ०६:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App