१९ असार २०८१ बुधबार
image/svg+xml

महासचिव गुटेरेसलाई राजकीय सुरक्षा

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस चारदिने भ्रमणका लागि कात्तिक १२ गते काठमाडौं आउने कार्यक्रम तय भएको छ ।

राष्ट्रसङ्घका महासचिव नेपाल आउँदै,परराष्ट्रमन्त्री अमेरिका जाँदै

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले यही कात्तिक १२ देखि १५ गतेसम्म नेपालको औपचारिक भ्रमण गर्ने भएका छन्।

इजरायल आक्रमणमा निधन भएका ५ जनाको शव ल्याउने तयारी भइरहेको छ: परराष्ट्रमन्त्री साउद

परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले इजरायलमा हमासको आक्रमणमा परी निधन भएका ५ जनाको शव नेपाल ल्याउने तयारी गरिएको बताएका छन्।

नेपालीलाई स्वदेश ल्याउन परराष्ट्रमन्त्री आज राति २ बजे इजरायल जाँदै

इजरायलमा आतङ्कवादी समूह हमासको आक्रमणपछि स्वदेश फर्कन चाहने नेपाली नागरिकलाई ल्याउन नेपाल एयरलाइन्सको विमान आज राति २ बजे त्यसतर्फ जाने भएको छ।

शव ल्याउन सहजीकरण गरिदिन परराष्ट्रमन्त्री साउदले गरे समकक्षी कोहेनसँग आग्रह

परराष्ट्रमन्त्री साउदले हमासको आक्रमणमा परी मृत्यु भएका नेपाली नागरिकहरुको शव नेपाल ल्याउनका आवश्यक समन्वय र सहजीकरण गरिदिन पनि विदेशमन्त्री कोहेनसँग आग्रह गरेका छन्।

इजरायलबाट नेपाली ल्याउन दुई विमान तयारी अवस्थामा छः मन्त्री साउद

सरकारले इजरायलमा रहेका नेपालीको उद्धारका लागि दुई वटा विमान तयारी अवस्थामा रहेको जनाएको छ।

संसदमा परराष्ट्रमन्त्रीको जानकारी: इजरायलमा १२ विद्यार्थी सम्पर्कविहीन

आइतबार प्रतिनिधिसभाको बैठकमा इजरायल घटनाबारे जानकारी गराउँदै परराष्ट्र मन्त्री साउदले १२ नेपाली सम्पर्कविहीन भएको बताएका हुन्।

प्रधानमन्त्रीको चीन भ्रमण पूर्णरूपमा सफल : परराष्ट्रमन्त्री साउद

प्रधानमन्त्री पुष्पकमल दाहालको चीन औपचारिक भ्रमण सफलतापूर्वक सम्पन्न भएको परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले टिप्पणी गरेका छन्। प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा सँगै रहेका मन्त्री साउदले आर्थिक एवं कूटनीतिक दृष्टिकोणले प्रधानमन्त्रीको भ्रमण सफल भएको बताए।

नेपालद्वारा विविएनजे सम्झौतामा हस्ताक्षर

नेपालले वायो डाइभर्सिटी विओण्ड नेशनल जुरिडिक्सन (विविएनजे) सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ। संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन आएकापरराष्ट्रमन्त्री एनपी साउदले राष्ट्रसङ्घले प्रस्ताव गरेको उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन।

परराष्ट्रमन्त्री साउद र राष्ट्रसङ्घका उपमहासचिव लाक्रोक्सबीच भेट

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन न्यूयोर्क आएका परराष्ट्रमन्त्री एनपी साउद र शान्ति सञ्चालन मामिलाका लागि राष्ट्रसङ्घीय उपमहासचिव जिन पिएरेरे लाक्रोक्सबीच भेटघाट भएको छ।

विकासशील राष्ट्रलाई नेतृत्वदायी भूमिका प्रदान गर्न परराष्ट्रमन्त्रीको अपिल

परराष्ट्रमन्त्री एनपी साउदले जलवायु परिवर्तनले पारेको असरबाट जुध्न विकासशील राष्ट्रलाई नेतृत्वदायी भूमिका प्रदान गर्न विकसित राष्ट्रलाई अपिल गरेका छन्।

परराष्ट्रमन्त्री साउद र राष्ट्रसङ्घका उपमहासचिवबीच भेट

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन न्यूयोर्क आएका परराष्ट्रमन्त्री एनपी साउद र राजनीति तथा शान्ति स्थापना मामिलाका लागि राष्ट्रसङ्घीय उपमहासचिव रोजम्यारी डि कार्लोबीच भेटघाट भएको छ।

परराष्ट्रमन्त्री साउद न्यूयोर्कमा

संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभामा भाग लिन नेपालका परराष्ट्रमन्त्री नारायणप्रसाद साउद मङ्गलबार अबेर न्यूयोर्क आइपुगेका छन्। मन्त्री साउदलाई राष्ट्रसङ्घका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापा, न्यूयोर्कस्थित नेपाली कन्सुलेट जनरल विष्णु गौतमलगायतका अधिकारीले स्वागत गरेका थिए।

प्रधानमन्त्रीको आसन्न विदेश भ्रमण सफल बनाउन राजनीतिक तहमा सहमति छः परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले प्रधानमन्त्रीको आसन्न अमेरिका र चीन भ्रमण सफल बनाउन सबै राजनीतिक तह तप्कामा सहमति भएको बताएका छन्।

पराष्ट्रमन्त्रीसँग समावेशीबारे जानकारी लिँदै समिति

ससदीय सुनुवाइ समितिले प्रस्तावित छ राजदूत सिफासिका सम्बन्धमा उठेको समावेशीको मुद्दाका विषयमा परराष्ट्रमन्त्रीसँग परामर्श गर्ने निर्णय गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्