१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

इजरायलबाट नेपाली ल्याउन दुई विमान तयारी अवस्थामा छः मन्त्री साउद

फाइल तस्बिर

सरकारले इजरायलमा रहेका नेपालीको उद्धारका लागि दुई वटा विमान तयारी अवस्थामा रहेको जनाएको छ।

आज बसेको प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा रहेका नेपालीहरूको बारेमा जानकारी गराउँदै त्यहाँ रहेका नेपाली नागरिकलाई स्वदेश फिर्ता गर्न नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्सलाई तयारी अवस्थामा राखिएको बताए।  

उनले इजरायलबाट स्वदेश फर्किनका लागि हालसम्म २ सय जनाले आवेदन दिएको पनि बैठकमा जानकारी गराए।  

मन्त्री साउदले इजरायलमा ४५ सय केयर गिभर र २६५ विद्यार्थी रहेकोमा दक्षिणी क्षेत्रमा हमासको आक्रमणमा १० जनाको निधन भएको र ४ जनाको उपचार भइरहेको तथा एकजनाको अवस्था पहिचान नभएको जानकारी गराए।

यस्तै ५५ जना विद्यार्थीलाई सुरक्षित स्थानमा सारिएको बताउँदै उनले उत्तरी क्षेत्रमा रहेकाहरूलाई बंकरमा राख्ने व्यवस्था गरिएको पनि बैठकमा जानकारी दिए।

प्रकाशित: २३ आश्विन २०८० ०६:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App