८ आश्विन २०८१ मंगलबार
image/svg+xml

प्रारम्भिक मतगणनामा कांग्रेसको अग्रता

स्थानीय तह तेस्रो चरणको सोमबार सम्पन्न निर्वाचको प्रारम्भिक मतगणनामा नेपाली कांग्रेसले अग्रता लिएको छ । आठ जिल्लाका १ सय ३६ तहका लागि भएको निर्वाचनमा अधिकांश तहमा प्रमुख राजनीतिक दलबीच नै मुख्य प्रतिस्पर्धा देखिए पनि प्रारम्भिक गणनामा कांग्रेसले अग्रता लिएको हो।

रौतहटमा माओवादी अगाडि पछ्याउँदै काँग्रेस

अठार स्थानीय तह रहेको रौतहटमा नेकपा माओवादी केन्द्रले सुरुवाती अग्रता लिएको छ। १६ नगरपालिका र २ गाउँपालिका रहेको रौतहटमा सबै स्थानीय तहको मतगणना प्रारम्भ भएको छ। प्रारम्भिक मतगणनामा माओवादी केन्द्रलाई नेपाली काँग्रेसले पछ्याइरहेको देखिएको छ।

काँग्रेस कार्यकर्ताले मतगणना स्थलमै एमाले उम्मेदवारको टाउको फुटाए

नेपाली काँग्रेसका कार्यकर्ताले मतगणनास्थलमै एमालेका उम्मेदवारसहित दुई जनालाई आक्रमण गरी घाइते बनाएका छन्। वृन्दावन नगरपालिकाको मतगणना भइरहँदा काँग्रेस–एमालेबीच झडप भएको थियो।

कांग्रेस कार्यकर्ताद्वारा स्याङ्जामा एक युवा कुटिए

नेपाली कांग्रेसका कार्यकर्ताको कुटपिटबाट स्याङजामा एक युवा घाइते भएका छन्।

वर्दिवास नगरपालिका १४ मा कांग्रेस विजयी

स्थानीय तह निर्वाचनमा वर्दिवास नगरपालिकामा नेपाली कांग्रेसले प्रारम्भिक नतिजा अनुसार एक वडामा विजय प्राप्त गरेको छ। नगरपालिकाको वडा नं १४ को वडाध्यक्षमा नेपाली कांग्रेसका भरत बहादुर हमाल विजयी भएका छन्।

जितपुरसिमरामा एमाले, महागढीमाईमा काँग्रेसको अग्रता

जिल्लाको १६ वटा स्थानीय तहहरुमा सोमबार सम्पन्न भएको तेस्रो चरणको निर्वाचनको मत गणना कार्य मंगलबार दिउँसोबाट शुरु भएको छ।

प्रदेश २ मा काँग्रेसको अग्रता

प्रदेश २ मा सोमबार भएको मतदानको प्रारम्भिक मतपरिणाम आउन थालेका छन्। मतगणना भइरहेका सिरहा, रौतहट, सर्लाही, धनुषाको प्रारम्भिक मतपरिणाम आउँदा सत्तारुढ काँग्रेस सबैभन्दा अगाडि देखिएको हो। मतगणना भइरहेकामध्ये १२ स्थानीय तहका मेयरमा काँग्रेसले अग्रता लिइरहेको छ। उपमेयरमा १३ ठाउँमा काँग्रेसको अग्रता छ।

कांग्रेसले प्रदेश र केन्द्रका उम्मेदवारको नाम असोज १५ भित्र सिफारिस गर्ने

नेपाली कांग्रेसले मंसिरमा हुने प्रदेश र केन्द्रको निर्वाचनका लागि असोज १५ भित्र उम्मेदवारको नाम सिफारीस गर्न जिल्लालाई परिपत्र गर्ने भएको छ। कांग्रेस कार्यसम्पादन समितिको आइतबार बसेको बैठकले प्रदेश र केन्द्रका लागि नाम सिफारीस गर्न जिल्लालाई परित्रप गर्ने निर्णय गरेको हो।

बेलायत काँग्रेसमा युवराज गुरुङ सर्वसम्मत

नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाली जनसम्पर्क समिति बेलायतको सभापतिमा युवराज गुरुङ निर्विरोध निर्वाचित भएका छन्। समितिको शनिवार हन्स्लोमा सम्पन्न चौथो अधिवेशनले गुरुङलाई निर्विरोध निर्वाचित गरेको हो।

काँग्रेस नेता पाैडेललाई जापान अध्यागमनले किन फर्कायो?

जापानस्थित जनसम्पर्क समितिको कार्यक्रममा सहभागी हुन आएका काँग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेललाई जापान अध्यागमनले फिर्ता पठाइदिएको छ। टोकियोस्थित हानेदा अन्तरार्ष्ट्रिय विमानस्थलस्थित अध्यामगनले २० घन्टासम्म नियन्त्रणमा लिएर उनलाई फर्काइदिएको हो। नेपाली जनसम्पर्क समिति जापानले आज आइतबारका दिन 'राष्ट्रिय एकता तथा आर्थिक समृद्धिमा प्रवासको भूमिका' विषयक अन्तरक्रिया कार्यक्रम राखेको थियो।

भरतपुर महानगर कार्यपालिकामा काँग्रेस–माओवादी गठबन्धन एमालेसँग पराजित

भरतपुर महानगरपालिकाको शुक्रबार सम्पन्न कार्यपालिका निर्वाचनमा काँग्रेस माओवादी गठबन्धनलाई धक्का लागेको छ। कार्यपालिकाका आठ सदस्यका लागि भएको निर्वाचनमा एमालेका छ जना विजयी भएका छन्। काँग्रेस माओवादी गठबन्धनबाट काँग्रेसका दुईजना उम्मेद्वार मात्रै निर्वाचित भए। यो जितसँगै भरतपुर कार्यपालिकामा एमालेको बहुमत कायम भएको छ।

दुई नम्बर प्रदेशमा सय सिट जित्ने कांग्रेस दाबी

नेपाली कांग्रेसले तेस्रो चरणको स्थानीय निर्वाचनमा कम्तीमा एक सय तहमा विजयी हुने दाबी गरेको छ । कांग्रेस केन्द्रीय प्रचारप्रसार समन्वय समितिका संयोजक रमेश लेखकले बिहीबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी २ नं. प्रदेशमा हुने चुनावमा कम्तीमा सय तहमा विजयी हुने दाबी गरेका हुन् ।

काँग्रेस नेतृत्वद्वारा मधेसलाई संविधान संशोधन र बाढी नियन्त्रणको आश्वसन

नेपाली काँग्रेसले आफ्नो सम्पूर्ण शक्ति दुई नम्बर प्रदेश केन्द्रित गरेको छ। पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला लगायतका दर्जनभन्दा बढी नेताहरु मधेश दौडामा रहेका छन्।

काँग्रेस—माओवादी गतिविधिले नेपालको अस्तित्व धेरै रहने छैन : रावल

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आचारसंहिताको उलंघन गर्दै राज्यको ढुकुटी रित्याउन जम्वो मन्त्रिपरिषद बनाएर लोकतन्त्रको खील्ली उडाएको बताएका छन। भारतको डिजाइनमा नेपाली काँग्रेस र माओवादी केन्द्रको गठबन्धन बनेको उल्लेख गर्दै यी दुई पार्टीका कारण देशको अस्तित्व खतरामा रहेको उनले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्