७ आश्विन २०८१ सोमबार
image/svg+xml

वाम गठबन्धनविरुद्ध एक्लै भिड्दै कांग्रेस

प्रतिनिधिसभाका लागि एउटा मात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा नेपाली कांग्रेस र वाम गठबन्धनका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

सोलुमा बाम गठबन्धन र काँग्रेस कार्यकर्ताबीच झडप, घाइते एक जनालाई हेलिकोप्टरबाट काठमाडौं लगियो

सोलुखुम्बुको सोताङमा एमाले, माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप हुँदा काँग्रेस जिल्ला कोषध्यक्ष पेमा तामाङसहित ६ जनाभन्दा बढी घाइते भएका छन्। झडपमा काँग्रेसका ४ कार्यकर्ताघाइते भएको सोलु काँग्रेसले जनाएको छ। बाम गठबन्धनका केही कार्यकर्ता पनि घाइते भएका छन्।

मोरङ : कांग्रेस गढमा कडा टक्कर

राजनीति र औद्योगिक इतिहास बोकेको मोरङमा प्रतिनिधि र प्रदेश सभाको मतदान दोस्रो चरणअन्तर्गत मंसिर २१ गते हुँदैछ । देशभरमै सबभन्दा बढी ६ लाख ४४ हजार ७ सय ८२ मतदाता रहेको मोरङका ६ वटै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस र वाम गठबन्धनबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ ।

उपेन्द्रलाई सघाउने निर्णायप्रति कांग्रेस सप्तरीमा असन्तुष्टि

संघीय समाजवादी फोरम नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवलाई सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा सघाउने नेपाली कांग्रेस केन्द्रीय समितिले गरेको निर्णयप्रति पार्टीको जिल्ला नेतृत्व र स्थानीय नेता कार्यकर्ता असन्तुष्ट देखिएका छन् ।

प्रतिनिधिसभामा ८० सिट जित्ने कांग्रेस दाबी

नेपाली कांग्रेसले प्रतिनिधि र प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फ बहुमत आउने दाबी गरेको छ । एमाले, माओवादी केन्द्रसहितका वाम दल चुनावी तालमेल गरेर जाँदा मंसिर १० र २१ गते दुई चरणमा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा कांग्रेस पोजिसन कमजोर हुने आँकलन भइरहेका बेला उसले प्रत्यक्षतर्फ ८० भन्दा बढी सिट जित्ने दाबी गरेको हो ।

काँग्रेसद्वारा मिडिया सेन्टर स्थापना, बहुमत ल्याउने दाबी

प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा पूर्ण बहुमत ल्याउने दाबी गरेको छ। आसन्न निर्वाचनका लागि काँग्रेसको मिडिया सेन्टर उद्‌घाटन कार्यक्रममा पार्टीको केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँडले दुवै तहका प्रत्यक्ष निर्वाचनमा मुलुकभर सबैभन्दा बढी काँग्रेसले मात्र उम्मेदवारी दिएकाले बहुमत ल्याउने बताए।

रुपन्देहीमा कांग्रेसका वागी उम्मेदवारलाई कारबाही

नेपाली कांग्रेस रुपन्देहीले निर्वाचनका वागी उम्मेदवार र तिनका समर्थक र प्रस्तावकलाई कारवाही गरेको छ। आसन्न निर्वाचनमा पार्टीको विधान र नीति बिपरित प्रतिनिधि र प्रदेश सभाकालागि बागी तथा स्वतन्त्र उम्मेदवारी दर्ता गराएको भन्दै ६ जना उम्मेदवार सहित तीनका प्रस्तावक समथकलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको हो।

मधेसी आरक्षणमा परेका विनोद चौधरी काँग्रेसको चुनाव परिचालन समितिमा

नेपाली काँग्रेसको समानुपातिक सूचीमा मधेसी आरक्षणबाट उम्मेदवार रहेका व्यापारी विनोद चौधरी निर्वाचन परिचालन समितिमा मनोनित भएका छन्। पार्टीले गठन गरेको ७५ सदस्यीय चुनाब प्रचार तथा परिचालन समितिमा उनी परेका हुन्।

भक्तपुर : नेमकिपा भर्सेस कांग्रेस-एमाले

आगामी मंसिर २१ गते दोस्रो चरणअन्तर्गत हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भक्तपुरमा तीनवटा राजनीतिक दलबीच चुनावी प्रतिस्पर्धा हुने देखिएको छ । नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी एमाले र माओवदी केन्द्रबीचको वाम गठबन्धन र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बीच तीव्र प्रतिस्पर्धा हुने देखिएको हो ।

कांग्रेसको सातै प्रदेशमा सभा

नेपाली कांग्रेस संविधानसभाबाट जारी संविधानको कार्यान्वयन, लोकतन्त्रको रक्षासहित मुलुकलाई आर्थिक समृद्धिको बाटोमा अघि बढाउने मुख्य लक्ष्यसहित मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रचारमा जुटेको छ ।

काँग्रेसका पर्चा बाम गठबन्धनले जलायो

हिमाली जिल्ला रसुवामा चुनावी सरगर्मी बढेको छ। निर्वाचनको समय छोट्टिदै जाँदा उम्मेदवार भोट माग्न टोलटोल पुगेका छन्। बाम र लोकतान्त्रिक गठबन्धनले घरदैलो अभियान तथा विभिन्न ठाउँमा कोणसभा गरेर निर्वाचनको प्रचारप्रसार गरिरहेका छन्।

चित्रबहादुरको मैदानमा कांग्रेस एमालेका खेलाडी

लामो समयदेखि बागलुङ क्षेत्र नम्बर २ बाट निर्वाचित हुँदै आएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी दोस्रो संविधान सभा निर्वाचन २०७० मा प्रत्यक्ष चुनाव लडेनन्।

महन्थलाई कांग्रेसको साथ

नेपाली कांग्रेसले राष्ट्रिय जनता पार्टी अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरलाई प्रतिनिधिसभा निर्वाचनमा सहयोग गर्ने निर्णय गरेको छ।

सुनसरी ४ का फोरम उम्मेदवारद्वारा उम्मेदवारी फिर्ता, काँग्रेसलाई सघाउने

सुनसरी क्षेत्र नं. ४ मा संघीय समाजवादी फोरम नेपालले नेपाली काँग्रेसका उम्मेदवार ज्ञानेन्द्र कार्कीलाईं सघाउने भएको छ। फोरम नेपालका प्रतिनिधिसभाका उम्मेदवार मनोजकुमार यादवले आइतबार उम्मेदवारी फिर्ता लिएर कार्कीलाई सघाउने भएका हुन्।

महोत्तरी ३ मा कांग्रेसले महन्थ ठाकुरलाई सघाउने

नेपाली कांग्रेसले महोत्तरी ३ मा राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई समर्थन गर्दै आफ्ना उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्