४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

महोत्तरी ३ मा कांग्रेसले महन्थ ठाकुरलाई सघाउने

महोत्तरी - नेपाली कांग्रेसले महोत्तरी जिल्लाको निर्वाचन क्षेत्र नं. ३ मा राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई समर्थन गर्दै आफ्ना उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिएका छन।

नेपाली कांग्रेस केन्द्रीय कार्यालयले निर्वाचन क्षेत्र नं. ३ मा आफ्नो उम्मेदवार बजरंग नेपालीलाई मौखिक रुपमा राजपा नेपालको अध्यक्ष मण्डलका संयोजक ठाकुरलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता भएको जानकारी गराएको छ।

‘केन्द्रीय कार्यालयले आफुलाई आफ्नो उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ। ’ नेपालीले भने ‘पार्टी नेतृत्वबाट उम्मेदवारी फिर्ता लिन मौखिक निर्देशन आएको छ।’

उम्मेदवारी फिर्ताबारे निर्वाचन आयोगको कार्यालय पुगेर जानकारी लिँदा लिखित चिठी अझै नआएको उनले बताए।  'लामो अभ्यास आन्तिरिक प्रतिस्पर्धाबाट आफुलाई पार्टीले टिकट दिएको थियो', उनले भने, 'टिकट पाएर उम्मेदवारी पनि दर्ता गराए अहिले पार्टी पार्टीले फिर्ता लिन भनेको छ।

निर्वाचनको लागि सबै परिस्थिति नेपाली कांग्रेसको पक्षमा सकारात्मक नै थियो तर आईतबार एक्कासी केन्द्रीय तहबाट उम्मेदवारी फिर्ता लिई दिनु भन्दै निर्देशन आए पछि आफु आश्चार्य चकित भएको उनले बताए।

राष्ट्रिय राजनीतिको केहि कारण वस आफुलाई केन्द्रीय तहले उम्मेदवारी फिर्ता लिन आग्रहपुर्ण निर्देशन गरेको उनले बताए।

पार्टीको यो निर्णय ठिक नभएको र यसले नेपाली कांग्रेसलाई ठूलो घाटा हुनेबारे केन्द्रलाई पनि आफुले जानकारी गराइ सकेको नेपालीले बताए। 

'निर्वाचन कार्यालय पुगेको थिएँ तर दलको हकमा एकल उम्मेदवारले फिर्ता लिने व्यवस्था रहेको छैन', उनले भने, 'उम्मेदवारी मनोनयन पत्र जसको नाममा आएको थियो उसैले फिर्ता लिने व्यवस्था रहेको छ।' आफु जिल्ला निर्वाचन कार्यालय पुग्दासम्म फिर्ताको पत्र आइपुगि नसकेको उनले बताए।

पार्टीले दिएको उम्मेदवारी (टिकट) मा जसले हस्ताक्षर गरेको छ उसैले मात्र उम्मेदवारी फिर्ता लिन सक्ने कानुनी व्यवस्था रहेको छ।

यता मूख्य निर्वाचन अधिकृत ब्रजेस प्याकुरेलले निर्वाचन क्षेत्र नं. ३ का कांग्रेसका उम्मेदवार नेपालीको उम्मेदवारी फिर्ताबारे आधिकारिक पत्र नआएको बताए। यहाँबाट उम्मेदवारी फिर्ताबारे प्रक्रिया सहितको पत्र पठाइएको र केन्द्रबाट जानकारी आए लगतै उम्मेदवारी फिर्ता भए नभए वारे आधिकारी जानकारी दिने मूख्य निर्वाचन अधिकृत प्याकुरेलले बताए।

४ निर्वाचन क्षेत्र रहेको महोत्तरीमा अव प्रतनिधि सभा र प्रदेश सभा गरि २ सय १५ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन।

प्रकाशित: १९ कार्तिक २०७४ १०:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App