१ मंसिर २०८१ शनिबार
image/svg+xml

सुदूरपश्चिममा कोरोना सङ्क्रमण शून्य

गएको २४ घण्टामा प्रदेशभर २५ जना कोरोना सङ्क्रमणमुक्त भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

सुदूरपश्चिम प्रदेशमा सार्वजनिक बिदा

सङ्घीय सरकारले यो वर्ष फूलपातीदेखि एकादशीसम्म जम्मा पाँच दिन दसैँ बिदा दिएको थियो। त्यसमा सुदूरपश्चिम प्रदेश सरकारले असोज ३१ गते दसैँकै अवसरमा थप एक दिन बिदा दिएको हो।

सुदूरपश्चिमः दसैँमा नौजनाको मृत्यु

चाडपर्वका समयमा गन्तव्यमा पुग्न सार्वजनिक सवारी समयमा नपाउनाले आफ्नै साना सवारीमा यात्रा गर्नेहरू बढी दुर्घटनामा परेको जनाइएको छ।

प्रदेश नं १ मा कोरोना सङ्क्रमण घट्दो क्रममा

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा सुनसरीमा १५, मोरङमा चार, झापामा दुई र उदयपुरमा एक जनामा सङ्क्रमण देखिएको हो।

जनताको अपेक्षाअनुसार काम हुनेछ: मन्त्री राना

मंगलबार पत्रकार भेटघाट कार्यक्रममा उनले आफ्नो कार्यकालमा जनताले अनुभूति गर्ने खालका काम गरेर देखाउने प्रतिवद्धता जनाए।

मोतीपुर घटनाका मृतक परिवारलाई प्रदेश सरकारले एक लाख दिने

मोतीपुरका वास्तविक सुकम्बासीको समस्या हल गर्नका लागि सकुम्बासी समस्या सामाधान सुझाव कार्यदल निर्माण गर्न रुपन्देहीका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका हुन्।

प्रदेश सरकारले जलविद्युतमा लगानी गर्ने

प्रदेश सरकारले प्रदेश पर्यटन बोर्ड र प्रदेश खेलकुद विकास बोर्डका पदाधिकारीहरूसमेत नियुक्त गरेको छ।

नवनियुक्त प्रदेश मन्त्री हमालको संघर्ष

‘मेरो परिवारै राजनीतिक परिवार हो, पञ्चायत कालमा पनि मेरो परिवारमा स्वर्गीय रणेन्द्र हमाल ‘भाईराजा’ हुनुहुन्थ्यो, जसले एक दशकसम्म नेपाली कांग्रेसमा योगदान पुर्याउनु भयो, मलाई पनि राजनीतिक नशाले छोयो, मैले खेलकुद र राजनीतिलाई सँग–सँगै अगाडि बढाएँ,’ हमाल सम्झन्छन्।

‘प्रजातन्त्रविरुद्ध जाने सपना कसैले नदेखे हुन्छ’

प्रधानमन्त्री शेरबहादुर देउवाले कसैलाई पनि प्रजातन्त्रविरुद्ध जाने सपना नदेख्न चेतावनी दिएका छन्। गण्डकी प्रदेशलाई साक्षर घोषणा गर्न आइतबार पोखरामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने, ‘सबैले सुने हुन्छ, प्रजातन्त्रको विकल्प प्रजातन्त्रबाहेक अरू केही हुन सक्दैन। कोही कसैले सपना नदेखे हुन्छ प्रजातन्त्रको खिलाफमा जाने। प्रजातन्त्रको विकल्प भनेको प्रजातन्त्र नै हो, यो कुरा स्पष्ट होस्।’

अखिल छैटौंमा विवाद:बुटवल र धनगढीमा छुट्टाछुट्टै सम्मेलन

सुदूर पश्चिम प्रदेशबाट विभाजनको संघारमा पुगेको राष्ट्रिय जनमोर्चा पार्टीको भ्रातृ संस्था अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैटौं) २२औं राष्ट्रिय सम्मेलन पनि विवादमा तानिएको छ।

विश्वासको मतमा मतदान नगरी ११ दिन स्थगित

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशसभाको आइतवारको बैठकमा विश्वासको मत लिन प्रस्ताव पेश गरेकी छिन्।

प्रदेश १ मा ११० जनामा कोरोना संक्रमण

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ४७, मोरङमा ३२, सुनसरीमा १५, धनकुटा र तेहृथुममा २–२, इलाममा १ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो।

गण्डकी ‘साक्षर प्रदेश’ घोषणा

गण्डकीलाई ‘साक्षर प्रदेश’ घोषणा गरिएको छ। गण्डकी प्रदेश सरकारद्वारा आईतबार पोखरामा आयोजित एक औपचारिक कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले गण्डकी प्रदेशलाई ‘साक्षर प्रदेश’ घोषणा गरेका हुन्।

सुदूरपश्चिम प्रदेशस्तरीय प्रथम भलिबल प्रतियोगिताको उपाधि डोटीले जित्यो

कैलालीको धनगढीमा सम्पन्न सुदूरपश्चिम प्रदेशस्तरीय प्रथम भलिबल प्रतियोगिताको उपाधि डोटीले जितेको छ। शनिबार भएको फाईनल खेलमा डडेल्धुरालाई ३–० को सेटमा हराएर डोटी प्रतियोगिताको उपाधि जित्न सफल भएको हो।

प्रदेश १ सरकारको निर्णयमा पौडेल र कोइराला चुप बसेः राजीव कोइराला

प्रदेश नं. १ बाट नेपाली काँग्रेसका तर्फबाट मुख्यमन्त्रीको दावी गरि रहेका राजीव कोइरालाले पार्टी सभापतिको निर्णयमा वरिष्ठ नेता रामचन्द्र पौडेल र कोइराला परिवारका नेता चुप बसेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्