जडीबुटी चोरी–निकासी बढ्यो
जाजरकोटको वारेकोट गाउँपालिकामा रहेका विभिन्न सामुदायिक वनमा जडीबुटी चोरी–निकासी बढेको छ । सामुदायिक वन र वडा कार्यालयले जडीबुटी संकलन गर्न प्रतिबन्ध लगाए पनि भित्रभित्रै चोरी बढेको हो।
जाजरकोटको वारेकोट गाउँपालिकामा रहेका विभिन्न सामुदायिक वनमा जडीबुटी चोरी–निकासी बढेको छ । सामुदायिक वन र वडा कार्यालयले जडीबुटी संकलन गर्न प्रतिबन्ध लगाए पनि भित्रभित्रै चोरी बढेको हो।
पटक–पटक ताला तोडेर मन्दिरको भेटी चोरी हुन थालेपछि खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेबस्थानस्थित त्रि–धार्मिकस्थल हलेसीको सुरक्षा चिन्ता बढेको छ। तीन महिनाकै अन्तरमा हलेसी महादेब मन्दिरको भेटी चोरी भएपछि मन्दिरको सुरक्षा चिन्ता बढाएको हो।
सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ स्थित सुनचाँदी पसलबाट चोरी गर्ने चारजनालाई प्रहरीले पक्राउ गरेको छ। करिब रु २७ लाख बराबरको सुनचाँदीको गहनासहित उनीहरू पक्राउमा परेका हुन्।
खोटाङको हलेसी महादेबस्थानको भेटीसहित चार पसल चोरी भएको छ। हलेसी तुवाचुङ नगरपालिका–७ महादेबस्थानस्थित महादेबमन्दीरको भेटीघाटीसहित स्थानीय पदम राई, चन्देश्वर चौधरी, हामस राई र कृष्ण कार्कीको पसल चोरी भएको हो।
मोटरसाईकल चोरिएका खबर त सुनिएकै हो। तर शनिबार राति एक माइक्रोबस नै चोरी भएको छ। स्वयम्भूबाट शनिबार राति माइक्रोबस चोरी भएको प्रहरीले जनाएको छ।
प्रहरीले बिभिन्न समय र स्थानबाट नियन्त्रणमा लिएका चोरीका मोटरसाईकल आईतबारदेखि प्रदर्शनीमा राखेको छ।
प्रहरीले अवैध रुपमा वालुवा निकाली लोड गरिरहेको अवस्थामा गाडीसहित चालकलाई नियन्त्रणमा लिएको छ।
मोबाइल चोरी गरेपछिको विवाद बढ्दै जाँदा एकसाता अघि सराङकोटमा निर्माणाधिन होटलमा काम गर्ने सहकर्मी हत्या भएको खुलेको छ।
जिल्ला सदरमुकाम बागलुङ बजारमा पछिल्लो समय श्रृङ्खलावद्ध रुपमा चोरीका घटना बढेका छन्। मंसिर र पुसमा बागलुङ बजार भित्रका आधा दर्जन पसलमा चोरी भए। चोरीका घटनाहरु निरन्तर बढ्दै गएपछि सुक्ष्म रुपमा अनुसन्धानलाई अगाडि बढाएको जिल्ला प्रहरीले कार्यालयले चोरीको आरोपमा एक जना किशोरलाई पक्राउ गरेको छ ।
चितवन राष्ट्रिय निकुञ्जका गैंडा चोरीसिकारीभन्दा पनि बासस्थान विनाशका कारण बढी जोखिममा परेको एउटा अध्ययनले देखाएको छ ।
नाइजेरियामा गरिएको एक अनुसन्धानलाई पश्चिम नेपालमा गरिएको भन्दै बाली मेडिकल जर्नल र नेपाल मेडिकल जर्नलमा लेख प्रकाशित गर्ने चिकित्सकले यस्तो गल्ती नदोहोर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । यसरी लेख प्रकाशित गराउने पाँचसदस्यीय टोलीका एक काठमाडौं विश्वविद्यालयको बायोकेमेस्ट्री विभाग तथा नेपालगन्ज मेडिकल कलेज कोहलपुरका लेक्चरर मुकेशकुमार (एमके) श्रीवास्तवले विगतमा गल्ती गरेको बताए । ‘हामी बौद्धिक चोरीका बारेमा त्यति जानकार थिएनौं,’ श्रीवास्तवले भने, ‘टोलीका अन्य साथी देशबाहिर छन् । मसहित मेरो परिवारका सदस्य निकै ठूलो मानसिक दबाबमा छौं । मेरो बुबालाई हृदयाघात भयो ।’
महानगरीय प्रहरी प्रभाग खरिपाटी भक्तपुरले चोरीका दुईवटा मोटरसाइकलसहित एक जनालाई पक्राउ गरेको छ। सवारी चेकजाँचका क्रममा बा २६ प ४३४७ र बा ४१ प। १०३० नं को चोरीको मोटरसाइकलसहित चालक काभ्रे भकुण्डे नपा ५ का १७ वर्षीय विकास तामाङलाई नियन्त्रणमा लिएको छ भने अर्का चालक मोटरसाइल छाडेर फरार भएकाले त्यसको खोजी भइरहेको प्रहरीले जनाएको छ।
महानगरीय प्रहरी प्रभाग खरिपाटी भक्तपुरले चोरीका दुईवटा मोटरसाइकलसहित एक जनालाई पक्राउ गरेको छ। सवारी चेकजाँचका क्रममा बा २६ प ४३४७ र बा ४१ प १०३० नं को चोरीको मोटरसाइकलसहित चालक काभ्रे भकुण्डे नपा ५ का १७ वर्षिय विकास तामाङलाई नियन्त्रणमा लिएको छ भने अर्का चालक मोटरसाइल छाडेर फरार भएकाले त्यसको खोजी भइरहेको प्रहरीले जनाएको छ।
अनाधिकृतरूपमा ‘एटिएम कार्ड’को प्रयोग गरी रकम निकाल्ने एक बुल्गेरियन नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बुल्गेरियाका नागरिक भिटालिय भालेभिच्नेकिटलाई पक्राउ गरेको हो।
सुनचोरी गरेर फरार रहेका एक युवकलाई जिल्ला प्रहरी कार्यालय सल्यानले पक्राउ गरेको छ । कुमाखमालीका गाउँपालिका वडा नं. ४ बस्ने धनवीर सुनारलाई सुन सहित प्रहरीले प्रक्राउ गरेको हो।