४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

चोरीका मोटरसाईकल प्रदर्शनीमा

बारा- प्रहरीले बिभिन्न समय र स्थानबाट नियन्त्रणमा लिएका चोरीका मोटरसाईकल आईतबारदेखि प्रदर्शनीमा राखेको छ।

मोटरसाईकल धनीहरुलाई चोरी भएको  मोटरसाइकल पहिचान गरी जिम्मा लगाउनको लागि नियन्त्रणमा लिएका मोटरसाइकलको प्रदर्शनी गरीएको बारा प्रहरीले जनाएको छ।

जिल्लाको विभिन्न स्थानमा चेकजाँच तथा खोजतलाश गर्ने क्रममा फेला परेका ९२ थान चोरी तथा कागजातहरु नभएका मोटरसाईकलहरुलाई वास्तविक धनी पहिचान गरी जिम्मा लागाउने उदेश्यले  प्रदर्शनी शुरु गरिएको  बाराका प्रहरी उपरिक्षक राजकुमार वैदवारले बताए।

प्रदर्शनीमा रहेका मोटरसाईकलका चेसिस तथा ईन्जिन नम्बरलाई ७५ जिल्ला प्रहरी कार्यलयमा पठाईने योजना रहेको नायब प्रहरी उपरीक्षक भुनेश्वर साहले जानकारी गराएका छन्।

प्रमुख जिल्ला अधिकारी विजय नारायण मानन्धरले प्रदर्शनीको उदघाटन गर्दै चोरी भएका  मोटरसाइकलहरु वास्तविक सवारी धनी पहिचान गरी लैजान सकिने व्यवस्था प्रहरीले गरेको कार्य सराहनिय रहेको बताए।

सवारी धनीले आवश्यक कागजात सहित मागदाबी गर्न आएमा एकिन गरी सम्बन्धित धनीहरुलाई बरामद मोटरसाईकल बुझाईने प्रहरी नायव उपरिक्षक साहले बताए।

 

 

 

 

 

 

 

प्रकाशित: २३ पुस २०७४ १४:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App