उपकरण प्रयोग गरेर फिल्मी शैलीमा चिट चोरी
राजीवकुमार सिंह चिकित्साशास्त्र अध्ययन संस्थानले लिएको एमबिबिएसको प्रवेश परीक्षा गज्जब भएकोमा दंग थिए । जोरपाटीमा रहेको नामी कलेजमा उनको परीक्षा केन्द्र तोकिएको थियो ।
राजीवकुमार सिंह चिकित्साशास्त्र अध्ययन संस्थानले लिएको एमबिबिएसको प्रवेश परीक्षा गज्जब भएकोमा दंग थिए । जोरपाटीमा रहेको नामी कलेजमा उनको परीक्षा केन्द्र तोकिएको थियो ।
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको कार चोरी भएको छ। वगन आर कार सचिवालयमा पाकिङ गरेको ठाँउबाट चोरी भएको हो।
नेपालका पाँच चिकित्सकहरुलाई इन्डोनेसिया स्थित बाली मेडिकल जर्नलले कालो सूचीमा राखेको छ। पाँच नेपाली बाहेक उक्त सूचीमा भारतीय चिकित्सक समेत छन्।
विद्युत चोरी नियन्त्रण अभियान अन्तर्गत सप्तरीका विभिन्न शहरी तथा ग्रामीण भेगमा पाँच दिन लगातार गरिएको अनुगमनमा ३० जनालाई पक्राउ गरिएको छ । नेपाल विद्युत प्राधिकरण केन्द्र राजविराज र जिल्ला प्रहरी कार्यालय सप्तरीको संयुक्त अनुगमन टोलीले जिल्लाका विभिन्न स्थानका खम्बाबाट विद्युत चोरी गर्ने ३० जनालाई पक्राउ गरेर विद्युत ऐना अन्तर्गतको कारवाही गरिएको जानकारी केन्द्रका प्रमुख चन्द्रनारायण साहले दिए ।
पैसा चोरेको आरोपमा मोरङको बेलवारीमा एक १४ वर्षिया दलित वालिकालाई चरम यातना दिइएको छ। बेस्सरी कुटपिटपछि ती वालिकाको अनुहारमा कालोमोसो दलेर जुत्ताको माला पहिर्याइदिएर बजार घुमाउने क्रममा प्रहरीले उद्दार गरेको हो।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले चाडपर्वमा दिउँसै सर्वसाधारणका घरमा पसी बहुमूल्य सुनका गरगहना तथा नगदसमेत चोरी गर्ने अभियुक्तलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ।
सप्तरीको राजविराज–१ बाट नेपाली काँग्रेसका उम्मेदवार आनन्द झाको घरमा चोरी भएको छ।
अज्ञात समूहले खोटाङ सदरमुकाम दिक्तेलको एक विद्यालयको ताला फोडेर चोरी गरेको छ । बुधबार राती रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित सरस्वती माविको ताला फोडेर ग्याँस चुलो, इन्टरनेटको राउटर लगायतका सामान चोरी गरेको हो ।
चोरी गरेर भाग्दै गर्दा दुई जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ। सुन, ल्यापटप र नगद चोरेर भाग्दै गर्दा उनीहरु पक्राउ परेका हुन्।
भारत सरकारले वस्तु तथा सेवा कर (जिएसटी) लागू गरेलगत्तैदेखि व्यापारीले कर छल्न थालेपछि प्रमुख भन्सार नाकाको राजस्व असुली दर घटेको छ ।
नुवाकोटको दुप्चेश्वर गाँउपालिकाको वडा नं. ६ समुन्द्रटारमा रहेको सुनचाँदी पसलबाट २६ तोला सुन चोरी भएको छ। विदुर नगरपालिका वडा नम्बर २ का रामशरण गहतराजले समुन्द्रटारका तिलकमान डंगोलको घरबाट सुनचाँदी पसल सञ्चालन गर्दै आएका थिए। २६ तोला सुनसहित पसलमा रहेको आधा किलो चाँदी र एक लाख रुपैयाँ समेत चोरी भएको छ।
बेलायतमा नेपालीका घरमा गरगहना चोरीका घटना दिन प्रतिदिन बढ्दै गएका छन्। नेपालीको उल्लेख्य रुपमा बसोबास रहँदै आएको अल्डरशट, फानवरो, हन्स्लोलगायतका क्षेत्रमा सुनका गरगहना चोरी हुने क्रम बढेको हो। यस्तै घटना हालै हन्स्लो काउन्सिल अन्र्तगतको फेलथानमा बस्ने एक नेपालीको घरमा दोहोरिएको छ।
चोरीको चारवटा मोटरसाइकल सहित रौतहट पुलिसले एक भारतीय सहित तीन जनालाई पक्राउ गरेको छ। रौतहटको माधवनारायण गाउँपालिका ७ का दीपेन्द्र यादव, गरुडा नगरपालिका ९ का शम्भु राय यादव र भारत सितामढी जिल्लाको बथनाहा ९ का राजीव कुमार राय समेतको टोलीले नेपाल र भारतको विभिन्न स्थानबाट मोटरसाइकल चोरी बिक्री गर्ने गरेको विशेष सूचनाको आधारमा दसीसहित तीनै जनालाई पक्राउ गरेको हो।
जिल्लाको माइजोगमाई गाउँपालिका–४, नामसालिङमा माटोमा गाडिसकेको शव खनेर सुनका गहना चोरिएको छ। अघिल्लो दिन शव गाढिएको ठाउँ (चिहान) खनेर शुक्रबार राति चारआनाको सुनको मंगलसूत्र चोरिएको हो।
भारतीय गीत नेपाली संगीतकर्मीले चार्ने गरेको खबर पढ्दै आएका पाठकका लागि नयाँ खबर छ। संगीतकार अर्जुन पोखरेलद्वारा संगीतबद्ध फिल्म 'प्रेमगीत'को शीर्ष गीत भारतीय संगीतकर्मीले चोरेका छन्। 'म यस्तो गीत गाउँछु' बोलको यो गीतलाई आसामी भाषामा अनधिकृत रूपमा गाएर युट्युबमा अपलोड गरिएको छ।