६ माघ २०८१ आइतबार
image/svg+xml

मिनीट्रक दुर्घटनामा दुईको मृत्यु

-काँक्रीबाट रुकुमकोटतर्फ आउँदै गरेको मिनीट्रक रुकुमकोट– ९ को रातापहर नजिकै आज दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बिहान ५ बजे बा १ ख ९६९१ नं को मिनीट्रक दुर्घटना हुँदा मारोवाङ– ३ की अन्दाजी १६ वर्षीया सपना सुनार र गाडी चालक सल्यान शिवरतका लालवीर विकको मृत्यु भएको हो । दुर्घटनामा परी अन्य तीन जना घाइते भएकामा दुई जनाको अवस्था गम्भीर छ ।

बन्दकर्ताद्वारा ट्रकमा आगलागी

बन्द आह्वानकर्ताले आइतवार बिहान ७ बजेतिर धनगढी अत्तरिया सडकखण्ड अन्तर्गत गेटामा से १ प ४३७ नम्बरको ट्रक जलाएका छन। दुई मोटर साइकलमा आएकाले धनगढीवाट अत्तरिया तर्फ गइरहेको उक्तट्रक रोकेर आगो लगाएको प्रहरी नायव उपरीक्षक दिलिप सिंह भण्डारीले बताए।

महिनैपिच्छे वनबाट तस्करीको काठसहित ट्रक बरामत

पूर्व–पश्चिम महेन्द्र राजमार्गभन्दा ५० मिटरभित्र धनसार पुल नजिकैको वनबाट तस्करी गरीएको काठहरु लोड गरी बाहिर लैजादै गरेको अवस्थामा बिहीबार राती नम्बर प्लेट नखुलेको ट्रकलाई वन कार्यालयले नियन्त्रणमा लाएको छ।

राष्ट्रकविसँग मुखर्जीले भने– ‘कविजी, हाउ आर यु ?’

‘गाउँछ गीत नेपाली, ज्योतिको पङ्खा उचाली... जय जय जय नेपाल, सुन्दर र शान्त विशाल ...।’ हरेक नेपालीको मनमस्तिष्कमा जीवन्त बास बसेका यी गीतका हरफहरु सङ्गीतमा तरङ्गित भइरहेको थियो। खुला चौरमा त्रिपाल त थियो नै । वरिपरि रुख र रुखमा रहेका चराचुरुङ्गीको आवाजसँगै राष्ट्रिय गीतमा विशिष्टजनले मन भुलाइरहेको प्रतीत हुन्थ्यो ।

ट्रकले ठक्कर दिँदा दुईको मृत्यु, एक घाइते

बिहीबार बिहान करिब १ बजेतिर बर्दियाको धधवार–६ माथिल्लो वनगाई चोकमा धनगढीबाट नेपालगन्जतर्फ जाँदै गरेको ना६ख ६२६७ नम्बरको ट्रक र सोको विपरीत दिशाबाट आउँदै गरेको रा१प ७८३३ नम्बरको मोटरसाइकल एकापसका ठक्कर खादा मोटरसाइकलमा सवार दुईको मृत्यु र एक घाइते भएका छन् ।

ट्रकको ठक्करबाट बसमा सवार ३ को मृत्यु, १३ घाइते

पूर्व पश्चिम राजमार्गको मिर्चैया-६ मा बुधबार राती ट्रकले यात्रु बस लाई ठक्कर दिदाँ बसमा सवार ३ जनाको मृत्यु भएको छ । बसमा सवार १३ जना घाइते भएका छन्।

ट्रकले किच्दा हजुरआमा र नातिनीको मृत्यु

कोहलपुर- कोहलपुरको मदनचोकमा मिनि ट्रकले किच्दा मंगलबार विहान हजुरआमा र नातिनीको मृत्यु भएको छ।

२५ जना यात्रु चढेको ट्रक दुर्घटना

क्षमताभन्दा धेरै करिब २५ जना यात्रु बोकेर घाटतर्फ जाँदै गरेको ट्रक सडकबाट करिब २५ मिटर तल पल्टिएको हो। गोरखाको मकैसिङ वडा नम्बर ७ बाट वडा नम्बर २ तर्फ घाटमा मलामी र दाउरा लिएर जाँदै गरेको ट्रक बिहीबार दुर्घटना हुँदा चारजना गम्भीर घाईते भएका छन्।

ट्रकले स्कुटर ठक्कर दिँदा युवतीको मृत्य

बुटवलको ट्राफिक चोकमा भएको सवारी दुर्घटनामा एक युवतीको मृत्यु भएको छ । बुधबार साँझ करिब साढे पाँच बजे बुटवल गोलपार्कबाट राजमार्ग चौराहतर्फ आइरेहेको ट्रकले ट्राफिक चोकमा बाटो क्रस गर्दै गरेको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार युवतीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

घाेप्टेभीरबाट त्रिशूलीमा ट्रक खस्यो

पृथ्वी राजमार्गअन्तर्गत दारेचोक गाविस–३ घोप्टेभिरबाट आज बिहान त्रिशूली नदीमा ट्रक खसेर बेपत्ता भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार भिरमा ट्रकको नम्बर प्लेट र चाउचाउ, बिस्कुटका प्याकेट भेटिएको छ । तर ट्रक भने नदीमा बेपत्ता भएको छ ।

मुग्लिन सडकमा लगातार दुर्घटना, त्रिशुलीमा खस्यो ट्रक (भिडियो)

मुग्लिन सडक खण्डको जलवीरे नजिकैबाट त्रिशुली नदीमा खसेको ट्रकका यात्रुको उद्दार गरिएको छ। शनिबार बिहान त्रिशूली नदीमा ट्रकसहित खसेका सात जनाको प्रहरीले उद्धार गरेको हो ।

ट्रकको ठक्करबाट स्कुटीमा सवारको मृत्यु

मध्यपुर थिमी नगरपालिका –१५ गठ्ठाघरमा भक्तपुरबाट काठमाडौंतर्फ गइरहेको बा.७१ प २३७८ नं को स्कुटीलाई सोही दिशातर्फ गइरहेको ना ५ ख ७८१३ नं को ट्रकले ठक्कर दिँदा स्कुटी पछाडी सवार जिल्ला धादिङ घर भई हाल काठमाडौं तार्केश्वर नगरपालिका–८ बस्ने वर्ष ३७ को ओसिर तामाङको मृत्यु भएको छ।

त्रिशुलीमा ट्रक खस्यो, सात जनाको उद्धार

नारायणगढ–मुग्लिन सडक खण्डको जलवीरे नजिकैबाट आज बिहान त्रिशूली नदीमा ट्रकसहित खसेका सात जनाको प्रहरीले उद्धार गरेको छ ।

'राष्ट्रको विपक्षमा आउने प्रस्ताव मान्दैनौं'

मधेसी मोर्चाको माग सम्बोधन गर्न संविधान संशोधनको विषय उठिरहेका बेला प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले जनता र राष्ट्रको विपक्षमा आउने कुनै पनि प्रस्ताव स्वीकार नगर्ने जनाएको छ। संविधान संशोधनको विषयमा सैद्धान्तिक रूपमा सकारात्मक दृष्टिकोण रहेको समेत उसले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्