३ मंसिर २०८१ सोमबार
image/svg+xml

उपचारको नाममा जथाभावी औषधी

तपाईं होमियोप्याथी उपचारमा जाँदै हुनुहुन्छ ? गलत उपचारमा पुग्नु त भएन ? सचेत हुनुहोस् है । नेपालमा पछिल्लो समयमा होमियोप्याथी उपचारमा विकृति बढ्दै गएको होमयिोप्याथी चिकित्सकहरुले बताएका छन्।

निःशुल्क उपचारका नाममा पीडा थपियो

निःशुल्क उपचार सुविधा पाउने आसमा जिल्ला अस्पताल धादिङबेसी पुगेका नीलकण्ठ नगरपालिका–९ काफलपानीका तुलबहादुर परियारलाई उपचार होइन पीडा थपिएको छ।

औषधि अभावले उपचार प्रभावित

जिल्लाका स्वास्थ्य संस्थामा औषधि अभाव भएको छ। क्षेत्रीय कार्यालयले जिल्लामा औषधि नपठाउँदा र स्थानीय तहले खरिद नगर्दा यहाँ औषधि अभाव चुलिएको हो। जिल्ला स्वास्थ्य कार्यालयमा ७० प्रकारका औषधि निःशुल्क पाइने भए पनि हाल कुनै प्रकारका औषधि नपाइएको बिरामीले गुनासो गरेका छन्।

कपिल शर्मालार्इ प्रेमिकाको सुझाव– मानसिक उपचार गराउ

कमेडियन कपिल शर्मालाई पूर्व प्रेमिकाले मानसिक उपचार गराउन सुझाव दिएकी छिन्। कपिलको कम्पनीकी पूर्व म्यानेजर समेत रहेकी प्रेमिका प्रिती सिमोन्सले आइतबार मानसिक उपचारका लागि आग्रह गरेकी हुन्।

‘शहीदपुत्र’को उपचारका लागि सहयोग माग

ब्लड क्यान्सरका कारण मृत्युसँग लडिरहेका माडी गाउँपालिका– ५ भाबाङ रोल्पाका २९ वर्षीय सन्तोष बुढा मगरको उपचारमा विभिन्न संघसंस्था, व्यक्ति र प्रवासी नेपालीबाट रु १८ लाख १७ हजार ५७७ संकलन भएको छ।

निःशुल्क उपचारका नाममा पीडा मात्रै

निःशुल्क भन्ने साथ मानिसहरू जतिसुकै टाढा र जुनसुकै महत्वपूर्ण काम पन्छाएर सेवा लिन आतुर रहन्छन्। जतिसुकै धन सम्पति होस तर निःशुल्क सेवाको सदुपयोगमा लाग्ने गर्छन्।

अर्थतन्त्रको उपचार

एउटा अर्थमन्त्रीले यति बृहत् र सशक्त ढंगले मुलुकको आर्थिक स्वास्थ्यबारे खुलासा गरिसकेपछि यसको उपचारका लागि पक्कै पनि कदम चालिनेछ भन्ने अपेक्षा यतिबेला गर्न सकिन्छ । सबैलाई खुसी पार्ने गरी अर्थात् ‘पोलिटिकल्ली करेक्ट’ हुन खोजेका भए सम्भवतः उनले यसरी यी विषयलाई सार्वजनिक गर्ने थिएनन् । आर्थिक कुरा खस्रा नै मिठा हुन्छन्।

ब्लड बैंक नहुँदा उपचारमा समस्या

प्रसूतिका लागि श्रीमती लिएर जिल्ला अस्पताल खोटाङ पुगेका हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारका सञ्जीव तिलुङ राईलाई रक्तदाता तयार पार्न लगाए। ब्लड बैंकको व्यवस्था नहुँदा अस्पतालले आकस्मिक चाहिने रगतका लागि राईलाई रक्तदाता खोज्न लगाएको हो । आवश्यक परेको बेलामा श्रीमतीलाई आफैले रगत दिने भनेपछि अस्पतालमा बच्चा जन्माउनेक्रममा शल्यक्रियाको प्रक्रिया अघि बढेको राईले बताए

अस्पताल भर्ना भएकी १२ वर्षीय गर्भवती बालिकाको अझै उपचार भएन

जबरजस्ती करणीबाट गर्भवती बनेकी बालिकाको पेटको बच्चा ७ दिनमा फाल्न दिएको सल्लाह अनुसार विराटनगर स्थित कोशी अञ्चल अस्पतालमा भर्ना भएकी बालिकाको ५ दिन बित्दा पनि उपचार भएको छैन्।

आफैं रगत जुटाएर उपचार गर्न बाध्य बिरामी

डेलीभरीका लागि श्रीमती लिएर जिल्ला अस्पताल खोटाङ पुगेका हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारका सञ्जीव तिलुङ राईलाई रक्तदाता तयार पार्न लगाइयो।

१२ वर्षीया गर्भवती बालिकाको उपचार खर्च जुटदै

जबरजस्ती करणीबाट गर्भवती भएकी १२ वर्षीया बालिकाको उपचार खर्च संकलन हुन थालेको छ। मंगलबार १० हजार सहयोग गरेका झापाको दमकका हेम बस्नतेले बालिकाको अवस्था दयनीय देखेपछि बुधबार थप २५ हजार सहयोग गरेका छन्।

जटिल घाउ पुर्ने नौलो उपचार

लामो समयसम्म निको नभएका घाउको उपचारमा एलपिआरएफ (ल्युकोकोटी एन्ड प्लेटलेट रिच फाइब्रिन) प्रविधि प्रभावकारी भएको पाइएको छ ।

युवा संघका अध्यक्ष पहारीलाई निमोनिया, उपचार हुँदै

नेकपा (एमाले) निकट युवा संघ नेपालका अध्यक्ष राजीव पहारी विरामी भई उपचाररत छन्। बुधबार साँझ एक्कासी अस्वस्थ भएका अध्यक्ष पहारीको नयाँ बानेश्वरस्थित एभरेष्ट हस्पिटलमा उपचार भइरहेको संघका महासचिव किरण पौडेलले जानकारी दिए। पहारीलाई निमोनिया भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।

अदालतकै आँगनमा प्रहरीले महिला कुट्यो, जिल्ला अस्पतालमा उपचार हुँदै

रौतहट प्रहरीले महिलाको अति संवेदनशील अंगमा प्रहार गरी अलोकतान्त्रिक चरित्र प्रदर्शन गरेको छ। रौतहट जिल्ला अदालतको मुखैमा छाती तथा प्राइबेट अंगमा बुटले हिर्काउँदै लछारपछार गरेर घाइते बनाएको घटनाले प्रहरी अझै लोकतान्त्रिक हुन नसकेको प्रमाणित भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्